लोकतान्त्रिक संविधान उत्कृष्ट छ : प्रदेश प्रमुख गुरुङ | Khabarhub Khabarhub

लोकतान्त्रिक संविधान उत्कृष्ट छ : प्रदेश प्रमुख गुरुङ


४ मंसिर २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

पोखरा – गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले नेपालमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रले संवैधानिक प्रणालीमार्फत राज्यका हरेक तहमा समावेशी प्रतिनिधित्व गराउने हुँदा यसको रक्षा गर्नुपर्नेमा जोड दिएका छन् ।

पोखरा–१० रामघाटस्थित बौद्ध अघौँ सदनको नवनिर्मित भवनको आज उद्घाटन गर्दै प्रदेश प्रमुख गुरुङले नेपालको संविधानले राज्य सञ्चालनका आधारभूत कुराहरू उल्लेख गरी त्यसका आधारमा समावेशी प्रतिनिधित्व गराएकै कारण यो व्यवस्थालाई आक्रमण हुन दिन नहुने बताए ।

“नेपाली जनताले पटक–पटक गर्दै आएको ऐतिहासिक जनआन्दोन, सशस्त्र संघर्ष, त्याग र बलिदानको परिणाम स्वरूप प्राप्त उपलब्धिलाई रक्षा गर्नु हामी सबैको दायित्व हो” उनले भने, “संविधानप्रति विमति राख्ने केही पक्ष पनि निर्वाचनको प्रक्रियामा सहभागी भएकाले संविधानप्रतिको स्वीकारोक्ति बढेको छ ।”

सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणालीद्वारा मुलुकमा दिगो शान्ति, सुशासन, विकास र समृृद्धि प्राप्त गर्ने उद्देश्य लिइएको र यसै प्रणालीलाई आत्मसात गरी कार्यान्वयन र अभ्यासमा सबै जुट्नुपर्ने भनाइ उनको छ । कानुनी राज्यमा संविधानको सर्वोच्चता र विधिको शासन अनुरूप शासन सञ्चालन हुने भएकाले आमनेपालीको भविष्य यसैमा रहेको उनले बताए ।

गुरुङको उद्गम थलो गण्डकी प्रदेशको राजधानी पोखरामा अवस्थित बौंद्ध अघौँ सदन गुम्बा स्थानीय बौद्ध धर्मालम्बीको धार्मिक आस्था केन्द्र बनेको बताउँदै उनले सदनले पूजापाठ, मृत्यु संस्कार, कर्मकाण्डका साथै बौद्ध शिक्षाको प्रवर्द्धन र विकासमा सहयोग गर्दै आएको बताए।

सङ्घीय सांसद मनबहादुर गुरुङले बौद्ध मार्गीको आस्थाको केन्द्र बौद्ध अघौँ सदनको नवनिर्मित आधुनिक गुम्बाले मानवीय सेवामा अतुलनीय योगदान पु¥याएको बताए । आधुनिक गुम्बा निर्माणले यसको काममा गति थपिनुको साथै उद्देश्य प्राप्त गर्न थप सहयोग पुग्ने विश्वास उनको छ ।

गुम्बामा नौ फिट अग्लो बुद्धको विशाल मूर्तिविभिन्न व्यक्ति तथा समाजसँग सहयोग सङ्कलन गरी रु १८ करोडको लागतमा निर्माण गरिएको हो । भित्तामा एक हजार ५० साना मूर्तिहरु रहेका छन् भने सबै मूर्तिमा सुनको जलप लगाइएको जानकारी सदनका अध्यक्ष भुवनसिं गुरुङले दिए ।

विसं २०३५ मा स्थापना गरिएको उक्त बौंद्ध अघौँ सदन १४ रोपनी क्षेत्रफलमा फैलिएको छ ।

प्रकाशित मिति : ४ मंसिर २०८०, सोमबार  १० : २० बजे

कर्णाली सरकारलाई निजामती कर्मचारीको नीति, कार्यक्रम लक्षित सुझाव (पूर्ण पाठसहित)

सुर्खेत– कर्णाली प्रदेशको नीति तथा कार्यक्रम र बजेटमा आउन लाग्दा

सरकारको नीति तथा कार्यक्रम राष्ट्रिय सभाबाट पनि पारित

काठमाडौं – आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि सरकारले पेश

आव ०८२/८३ को बजेटमा नेप्सेको संरचनागत सुधार गरिने

काठमाडौं–आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटमा सरकारले नेपाल स्टक एक्सचेञ्ज

भरतपुरमा भूमिगत विद्युतीकरणको काम ७५ प्रतिशत सकियो

चितवन- भरतपुर महानगरपालिकाको सहरी क्षेत्रमा शुरु गरिएको भूमिगत विद्युतीकरणको काम

यस्तो छ आगामी बजेटका सिद्धान्त र प्राथमिकता (प्रतिवेदनसहित)

काठमाडौं – सरकारका उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सङ्घीय संसद्‌मा