लोकतान्त्रिक संविधान उत्कृष्ट छ : प्रदेश प्रमुख गुरुङ « Khabarhub

लोकतान्त्रिक संविधान उत्कृष्ट छ : प्रदेश प्रमुख गुरुङ


४ मंसिर २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

पोखरा – गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले नेपालमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रले संवैधानिक प्रणालीमार्फत राज्यका हरेक तहमा समावेशी प्रतिनिधित्व गराउने हुँदा यसको रक्षा गर्नुपर्नेमा जोड दिएका छन् ।

पोखरा–१० रामघाटस्थित बौद्ध अघौँ सदनको नवनिर्मित भवनको आज उद्घाटन गर्दै प्रदेश प्रमुख गुरुङले नेपालको संविधानले राज्य सञ्चालनका आधारभूत कुराहरू उल्लेख गरी त्यसका आधारमा समावेशी प्रतिनिधित्व गराएकै कारण यो व्यवस्थालाई आक्रमण हुन दिन नहुने बताए ।

“नेपाली जनताले पटक–पटक गर्दै आएको ऐतिहासिक जनआन्दोन, सशस्त्र संघर्ष, त्याग र बलिदानको परिणाम स्वरूप प्राप्त उपलब्धिलाई रक्षा गर्नु हामी सबैको दायित्व हो” उनले भने, “संविधानप्रति विमति राख्ने केही पक्ष पनि निर्वाचनको प्रक्रियामा सहभागी भएकाले संविधानप्रतिको स्वीकारोक्ति बढेको छ ।”

सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणालीद्वारा मुलुकमा दिगो शान्ति, सुशासन, विकास र समृृद्धि प्राप्त गर्ने उद्देश्य लिइएको र यसै प्रणालीलाई आत्मसात गरी कार्यान्वयन र अभ्यासमा सबै जुट्नुपर्ने भनाइ उनको छ । कानुनी राज्यमा संविधानको सर्वोच्चता र विधिको शासन अनुरूप शासन सञ्चालन हुने भएकाले आमनेपालीको भविष्य यसैमा रहेको उनले बताए ।

गुरुङको उद्गम थलो गण्डकी प्रदेशको राजधानी पोखरामा अवस्थित बौंद्ध अघौँ सदन गुम्बा स्थानीय बौद्ध धर्मालम्बीको धार्मिक आस्था केन्द्र बनेको बताउँदै उनले सदनले पूजापाठ, मृत्यु संस्कार, कर्मकाण्डका साथै बौद्ध शिक्षाको प्रवर्द्धन र विकासमा सहयोग गर्दै आएको बताए।

सङ्घीय सांसद मनबहादुर गुरुङले बौद्ध मार्गीको आस्थाको केन्द्र बौद्ध अघौँ सदनको नवनिर्मित आधुनिक गुम्बाले मानवीय सेवामा अतुलनीय योगदान पु¥याएको बताए । आधुनिक गुम्बा निर्माणले यसको काममा गति थपिनुको साथै उद्देश्य प्राप्त गर्न थप सहयोग पुग्ने विश्वास उनको छ ।

गुम्बामा नौ फिट अग्लो बुद्धको विशाल मूर्तिविभिन्न व्यक्ति तथा समाजसँग सहयोग सङ्कलन गरी रु १८ करोडको लागतमा निर्माण गरिएको हो । भित्तामा एक हजार ५० साना मूर्तिहरु रहेका छन् भने सबै मूर्तिमा सुनको जलप लगाइएको जानकारी सदनका अध्यक्ष भुवनसिं गुरुङले दिए ।

विसं २०३५ मा स्थापना गरिएको उक्त बौंद्ध अघौँ सदन १४ रोपनी क्षेत्रफलमा फैलिएको छ ।

प्रकाशित मिति : ४ मंसिर २०८०, सोमबार  १० : २० बजे

बैठक बस्न नसकेपछि पार्टी कार्यलयबाट निस्किए केपी ओली

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पार्टी केन्द्रीय कार्यालय

ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

मस्को- युक्रेन युद्ध पाँचौँ वर्षमा प्रवेश गरिरहेका बेला क्रेमलिनको सत्तामाथिको

देवानगञ्जमा युवकलाई गोली हानिएको घटना प्रहरीले किन लुकायो ?

विराटनगर- सुनसरीको देवानगञ्ज गाउँपालिका–१ मा शनिबार भएको घटनामा स्थानीय निरजकुमार

उपासनाको एकतर्फी प्रेममा सोनम, यस्तो छ ‘जलाकी’को फष्टलुक टिजर

काठमाडौं– अभिनेत्री उपासना सिंह ठकुरीको मुख्य भूमिका रहेको नयाँ नेपाली

रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

रियाद– यमनमा द्वन्द्व पुनः सुरु भएयता पहिलो पटक साउदी राजधानी