भारतमा निर्माणाधीन रङ्गशाला भत्किँदा ३ जनाको मृत्यु, १० घाइते « Khabarhub

भारतमा निर्माणाधीन रङ्गशाला भत्किँदा ३ जनाको मृत्यु, १० घाइते


४ मंसिर २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


360
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – दक्षिणी भारतीय राज्य तेलङ्गानामा निर्माणाधीन इनडोर स्टेडियमको एक भाग सोमबार भत्किँदा कम्तीमा तीन जनाको मृत्यु भएको छ भने, अन्य १० जना घाइते भएका छन् । घाइतेमध्ये केहीको अवस्था गम्भीर छ।

सो दुर्घटना तेलङ्गानाको राजधानी हैदराबादबाट ३० किलोमिटर पश्चिममा रहेको रङ्गा रेड्डी जिल्लाको मोइनाबाद गाउँमा भएको हो।

घाइतेहरूलाई तुरुन्तै नजिकको अस्पतालमा लगिएको प्रहरी अधिकारीले बताएका छन् । रङ्गशालाको स्ल्याब र पर्खाल भत्किँदा थुप्रै कामदारहरू भाग्नावशेष मुनि फसेका थिए । सो दुर्घटना हुँदा कम्तिमा २० जना कामदार घटनास्थलमा रहेको बताइएको छ।

निर्माण विज्ञहरूका अनुसार प्रायः निर्माण नियमहरू उल्लङ्घन, प्रशासनको लापरबाही र भ्रष्टाचारजन्य गतिविधिका कारण भारतमा यस्ता दुर्घटना हुने गरेको पाइएको छ । साथै कम गुणस्तरका सामग्रीको प्रयोग, अपर्याप्त सुपरिवेक्षण र कामदारहरूको कमजोर सुरक्षा मापदण्ड पनि दुर्घटनाका मुख्य कारण मानिएका छन् ।

प्रकाशित मिति : ४ मंसिर २०८०, सोमबार  १० : ४६ बजे

बलिउड अभिनेता हर्षवर्धन राणे नयाँ फिल्म ‘शूटआउट इन दुबई’सँग जोडिँदै

काठमाडौं– बलिउड अभिनेता हर्षवर्धन राणेलाई चर्चित ‘शूटआउट’ फ्रेन्चाइजको नयाँ अध्याय

निर्धारित समयभित्र काम सम्पन्न गर्ने व्यवसायी सम्मानित

म्याग्दी– म्याग्दीको बेनी नगरपालिकाले चालु आर्थिक वर्ष २०८२–०८३ थप ५०

परपीडामा रमाएको राजनीति

केपी ओली नेतृत्वको सरकारले गरेको संसद् विघटनको प्रस्ताव सदर गर्दा

‘जीवनोपयोगी शिक्षा आवश्यक छ’

भक्तपुर– प्रधानसेनापति अशोकराज सिग्देलले समाज र राष्ट्रप्रति उत्तरदायित्व वहन गर्न

निःशुल्क आँखा शिविरमा ५१० जनाको परीक्षण 

गण्डकी– समय–समयमा आँखा परीक्षण नगराउँदा मोतियाबिन्दुको समस्या रहेको पाइएको छ