माओवादी पदाधिकारी बैठक आज पनि बस्दै | Khabarhub Khabarhub

माओवादी पदाधिकारी बैठक आज पनि बस्दै


४ पुस २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक आज पनि बस्दै छ ।

दिउँसो ३ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा आगामी माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचन, सरकारको एक वर्षको समीक्षा, आगामी केन्द्रीय कमिटी बैठक, विधान अधिवेशन, पार्टीले सञ्चालन गरेको अभियान लगायत विषयमा छलफल हुनेछ ।

हिजो सुरु भएको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रियसभा निर्वाचन, पार्टीको रूपान्तरण अभियान, विधान सम्मेलन, एकता समायोजन लगायत समसामयिक विषयका बारेमा ब्रिफिङ गरेका थिए ।

पार्टीको रूपान्तरण अभियानको बारेमा विभिन्न प्रदेशका इन्चार्जहरूले रिपोर्टिङ गरेका थिए । पदाधिकारी बैठकले हिजोबाट सुरु भएका छलफलका विषयमा निर्णय समेत गर्नेछ ।

प्रकाशित मिति : ४ पुस २०८०, बुधबार  ८ : २० बजे

भारतविरुद्ध इंग्ल्यान्डको रोमाञ्चक जित, सिरिजमा २–१ को अग्रता

लन्डन– भारतविरुद्धको टेस्ट सिरिजमा इंग्ल्यान्डले दोस्रो जित निकालेको छ ।

पाकिस्तानमा मनसुनको प्रकोपः १११ जनाको मृत्यु, थप वर्षाको चेतावनी

इस्लामाबाद – पाकिस्तानमा जून अन्त्यदेखि सुरु भएको मनसुन वर्षाले अहिलेसम्म

बबई नदीमा नुहाउने क्रममा बेपत्ता भएका दुई जनाको शव भेटियो

दाङ – बबई नदीमा नुहाउने क्रममा आज दिउँसो डुबेर बेपत्ता

माडीमा रेबिजको सङ्क्रमण बढ्दो

चितवन – चितवन को माडी नगरपालिकामा रेबिजको सङ्क्रमण बढेको छ

बीमा प्राधिकरणका अध्यक्ष ओझा निलम्बित, छानबिन गर्न समिति गठन

काठमाडौं – बिमा प्राधिकरणका अध्यक्ष शरद ओझा पदबाट निलम्बित भएका