स्पेनिस ला लिगा : गेटाफेसँग बराबरीमा रोकियो एट्लेटिको मड्रिड « Khabarhub

स्पेनिस ला लिगा : गेटाफेसँग बराबरीमा रोकियो एट्लेटिको मड्रिड


४ पुस २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


183
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– स्पेनिस ला लिगा फुटबलमा एट्लेटिको मड्रिड गेटाफेसँग बराबरीमा रोकिएको छ । गएराती सम्पन्न खेलमा दुवै टोलीले ३–३ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् ।

गेटाफेले खेलको ९३औँ मिनेटमा पाएको पेनाल्टीलाई गोलमा परिणत गर्दै खेल बराबरी गरेको थियो । त्यसअघि ३–१ ले पछि परेको गेटाफेका लागि ८७औँ मिनेटमा ओस्कार रोड्रीगेजले दोस्रो गोल गरेका थिए । त्यस्तै गेटाफेका लागि बोर्जा मायोरलले दुई गोल गरेका थिए ।

त्यस्तै एट्लेटिको म्याड्रिडका लागि एन्टोनी ग्रीजम्यानले २ गोल गरे भने अल्भारो मोराटाले एक गोल थपेका थिए । खेलको ३८औँ मिनेटमा स्टेफान साभिकले रातो कार्ड पाएपछि एट्लेटिको १० खेलाडीमा समिति भएको थियो ।

यो बराबरीपछि एटलेटिको म्याड्रिड १७ खेलबाट ३५ अंकसहित तेस्रो स्थानमा रहेको छ । समान ३५ अंक नै रहेको बार्सिलोना गोल अन्तरका आधारमा चौथो स्थानमा रहेको छ । १८ खेलबाट २६ अंक बटुलेको गेटाफे आठौँ स्थानमा छ ।

प्रकाशित मिति : ४ पुस २०८०, बुधबार  १० : २३ बजे

५ हजार ५ सय मत गणना हुँदा कसले कति मत ल्याए ? (सूचीसहित)

काठमाडाैं – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत जारी मतगणनामा उपसभापतिमा चन्द्रकान्त

सुनका गरगहना चोरीमा संलग्न पाँच जना पक्राउ

काठमाडौं – भक्तपुरको मध्यपुरथिमि नगरपालिका-१ लोकन्थलीस्थित एउटा घरबाट सुनका गरगहना,

बूढीगण्डकी बाढी : पाँच जना सम्पर्कविहीन, ८२ जनाको उद्धार

काठमाडौं – गोरखाको बूढीगण्डकी नदीमा आएको आकस्मिक बाढीका कारण पाँच

दोधारा-चाँदनी झोलुङ्गे पुल मर्मतका लागि एक करोड बजेट

कञ्चनपुर – सुदूरपश्चिम प्रदेश सरकारले कञ्चनपुरको भीमदत्त र दोधारा-चाँदनी जोड्ने

शक्तिशाली भूकम्पका परकम्पपछि पानामामा सङ्कटकाल घोषणा

काठमाडाैं – शक्तिशाली भूकम्पपछि लगातार आएका परकम्पले बस्ती हल्लाएसँगै पानामा