कुमारी बैंकको नयाँ अफर सार्वजनिक « Khabarhub

कुमारी बैंकको नयाँ अफर सार्वजनिक


४ पुस २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


150
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कुमारी बैंक लिमिटेडले आउँदै गरेको क्रिसमस, यःमरि पुन्हि तथा तमु ल्होसारलाई लक्षित गरी नागरिक बचत खातामा आकर्षक छुट तथा अफर प्रदान गर्ने निर्णय गरेको छ ।

नागरिक बचत खाताका ग्राहकहरूको सेवा–सुविधालाई मध्यनजर गर्दै चाडपर्व लक्षित आकर्षक छुट अफर सार्वजनिक गरिएको बैंकले जनाएको छ ।

८ पुसदेखि २० पुससम्म नयाँ खोलिने खातामा पहिलो एक वर्षसम्म डेबिट कार्ड, मोबाइल बैंकिङ तथा इन्टरनेट बैंकिङ सुविधाहरु निःशुल्क प्रदान गरिने र सो खातामा न्यूनतम रकम एक हजार रुपैयाँ हुनुपर्ने बैंकले जनाएको छ ।

आफ्ना देशव्यापी ३०९ शाखा–सञ्जाल, ३१४ एटिएम, ६५ शाखा रहित बैंकिङ इकाई तथा ४९ एक्स्टेन्सन काउन्टर मार्फत वित्तीय सेवा सुविधा दिँदै आएको कुमारी बैंकले आगामी दिनमा प्रभावकारी तथा ग्राहकमुखी सेवा विस्तार गर्दै जाने प्रतिबद्धता जनाएको छ ।

प्रकाशित मिति : ४ पुस २०८०, बुधबार  १२ : १४ बजे

आज २०८२ साल माघ ४ गते आइतबारको राशिफल

काठमाडौं – आज २०८२ साल माघ ४ गते आइतबार ।

एमालेमा टिकट वितरणपछि असन्तोष, योगेश भट्टराईको गम्भीर आपत्ति

काठमाडौं – नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले फागुन २१

ओलीको तालमेल रणनीति : प्रचण्ड र राप्रपासँग बार्गेनिङका लागि रुकुमपूर्व र झापा–३ खाली राखे

काठमाडौं – नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले आगामी प्रतिनिधिसभा

विष्णु पौडेलले छाडे रुपेन्देही–२, पाल्पाबाट निर्वाचन लड्ने

काठमाडौं – नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल पाल्पा–२ बाट चुनाव

ओखलढुंगामा यज्ञराज रोकेर अस्मितालाई दिए ओलीले टिकट

काठमाडौं – अनेरास्ववियुबाट राजनीति थालेकी ओखलढुंगाको लिखु गाउँपालिकाकी उपाध्यक्ष अस्मिता