जाडोमा प्यारालाइसिसको जोखिम, उच्च रक्तचाप बढ्न नदिनुस् | Khabarhub Khabarhub

जाडोमा प्यारालाइसिसको जोखिम, उच्च रक्तचाप बढ्न नदिनुस्


४ पुस २०८०, बुधबार  

पढ्न लाग्ने समय : 3 मिनेट


1.4k
Shares
  • change font
  • change font
  • change font

प्यारालाइसिस, हामीले सुन्दै र भोग्दै आएको समस्या हो । नेपालीमा यसलाई पक्षघात भनेर बुझिन्छ । पक्षघात हुनु भनेको शरीरका प्रभावित अंग नचल्नु वा कार्यसंचालन गर्न नसक्नु हो । यस्तो अवस्थामा हाम्रो दिनचर्या नै प्रभावित हुन्छ । हामी शारीरिक रुपले अशक्त हुन्छौं । 

चिकित्सकका अनुसार मान्छेको जीवनमा हरेक ४ जनामा एक जनालाई कुनै न कुनै प्रकारको स्टोक हुन्छ भन्ने तथ्याङ्क छ । तुलनात्मक रुपमा यसको समस्या बढी जाडो महिनामा हुन सक्छ । प्यारालाइसिस किन हुन्छ? प्यारालाइसिस  भइसकेको अवस्थामा कसरी त्यसबाट सामान्य जीवनमा फर्कने? यस्तै विषयमा लामो समयदेखि नोबेल अस्पताल विराटनगरमा कार्यरत न्यूरो सर्जन डाक्टर प्रकाश काफ्लेसँग गरिएको कुराकानी 

प्यारालाइसिस कस्तो रोग हो ?
ब्रेन या स्पाइनको कारण शरीरका कुनैपनि अंग चलेन अथवा नराम्रो तरिकाले चल्यो भने त्यसलाई प्यारालाइसिस भनिन्छ । जस्तै दिमागमा दाहिने भागमा ब्रेन स्टोक भएको छ भने देब्रे भाग चल्दैन । देब्रेमा भयो भने दाहिने भाग निष्क्रिय हुन्छ । 

यसका लक्षण के के हुन् ?
ब्रेन स्टोक भएर प्यारालाइसिस भएको छ भने बोल्दै गरेको मान्छेको बोली हराउने, दाहिने अथवा देब्रे हात तल झर्ने, बोली लर्बराउने, मान्छे एकोहोरिने, मुख बाङ्गिने, शरीरका अन्य अंगमा स्टोक भएको छ भने आँखाको ज्योति गुम्ने यी सबै स्टोक अर्थात प्यारालाइसिसका लक्षण हुन् ।  

यसबाट बच्न के गर्ने ?
प्यारालाइसिसबाट बच्न शरीरमा प्रेसर हुन दिनुभएन । नियमित व्यायाम गर्ने, स्वच्छ खाना त्यसमाथि फलफूल, फाइबरयुक्त खाना खाने, लागूपदार्थको सेवन नगर्ने, धूमपान नगर्ने, मधुमेहका बिरामीले कम गर्ने जस्ता कुरामा ध्यान दियौं भने केही हदसम्म यसबाट बच्न सकिन्छ ।

घरेलु उपचार के छ ?
प्यारालाइसिसका कारण हातखुट्टाहरु नचल्ने, मुख बाङ्गिने, जस्ता लक्षण देखिए भने उसमा डिप्रेसन शुरु हुन्छ । त्यसैले सबैभन्दा पहिले बिरामीको आत्मबल बढाउने । त्यसपछि शरीरको नचल्ने भागलाई चलायमान बनाउन फिजियोथेरापी, कसैको आवाज गुमेको, बोली लर्बरिएको छ भने स्पीक थेरापी गर्नुपर्छ । त्यसको साथसाथै रक्त सञ्चार सन्तुलित राख्ने, मधुमेह र शरीरमा बोसोको तत्व बढ्यो भने धेरै स्टोक हुनसक्छ । त्यस्तो तत्व घटाउन शारीरिक व्यायाम गराउने जस्ता विधि अपनाउन सकिन्छ । 

कस्तो अवस्थामा अस्पताल जाने ?
मुख बाङ्गियो, हातखुट्टा कमजोर भयो, बोली लर्बरायो, एक्कासि टाउको दुख्यो भने स्टोक भएको निश्चित गरी तुरुन्तै अस्पताल गएर सिटिस्क्यान गर्नुपर्छ ।  त्यसपछि कस्तो खालको स्टोक हो थाहा हुन्छ । रगतको नसा सुक्ने र फुट्ने दुईवटा स्टोक हुन्छ । नसा फुट्ने खालको स्टोक हो भने अप्रेसन गर्नुपर्ने हुनसक्छ । नसा सुक्ने खालको स्टोक हो भने औषधीको प्रयोगले पगाल्न सकिन्छ ।

सामान्य जीवनमा फर्काउने सम्भावना कति रहन्छ ?
शरीरको कुन भागमा स्टोक भएको हो । त्यो अवस्था हेरेर हुन्छ । रगतको नसा जाम भएर समस्या भएको हो र बिरामीलाई साढे ४ घण्टाभीत्र अस्पताल पुर्‍याउन सकियो भने रगतको थोपा निकालेर धेरैजसो बिरामीलाई पुरानै अवस्थामा फर्काउन सकिन्छ । त्यस्तै रगतको नसा फुटेको छ भने सामान्य अवस्थामा फर्काउन अलि कठिन हुन्छ । 

बिरामीको अवस्था के छ ?
अहिलेको खानपान, मादक पदार्थ सेवन, शारीरिक अभ्यास कम गर्नु जस्ता कारणले प्यारालाइसिसका बिरामीको संख्या नेपालमा बढिरहेको छ ।
चिसो मौसममा यसको जोखिम बढी हुने हो ?
चिसो मौसममा ब्रेन हेम्रेज बढेको देखिन्छ । यो हुनुको कारण हो शरीरमा एक्कासि तापक्रम कम हुनु । तापक्रम कम हुँदा रगत सञ्चालनमा समस्या भएर स्टोक हुने सम्भावना बढी हुन्छ । 

तपाईं लामो समयदेखि यही क्षेत्रमा काम गरिरहनुभएको छ, स्टोकका कस्ता-कस्ता बिरामीको उपचार गर्नुभएको छ ?
म न्युरो सर्जन भएका कारण नसा फुटेका, नसा सुकेका केसहरू मैले हेरेको छु । कहिलेकाहीँ ट्युमरहरू जस्तै ब्रेन ट्युमर लगायत शरीरका अन्य भागहरुमा भएका ट्युमरहरुका कारणले पनि स्टोक भएका केसहरू आउने गरेका छन् । 

यसमा वंशाणुगत असर कत्तिको हुन्छ ?
यसमा नेपालको डाटा अहिलेसम्म बनिसकेको छैन । बाहिरी देशको तथ्याङ्क हेर्ने हो भने मान्छेको जीवनमा हरेक ४ जनामा एक जनालाई कुनै न कुनै प्रकारको स्टोक हुन्छ भन्ने देखाएको छ । त्यसैले यसको जोखिम बढी छ । झाडा बान्ता, टीबी जस्ता रोगलाई उच्च प्राथमिकतामा राखिएको छ तर, यसलाई प्राथमिकतामा नराखिनु आश्चर्यजनक छ ।

उपचार कति खर्चिलो छ ?
उपचार सस्तो महँगो भन्दा पनि यसमा म्यानपावरकै कमी छ । जसका कारण सबै ठाउँमा दक्ष जनशक्ति नपुगेको भएर उपचार अलि महँगो देखिन्छ । सरकारले पनि अन्य बिरामीका लागि विभिन्न ठाउँमा उपचार गर्न सकिने व्यवस्था गरेको छ तर स्टोकका लागि यथेष्ट जनशक्ति नै छैन ।
सरकारको भूमिका कस्तो हुनुपर्छ?
जनसङ्ख्याका आधारमा स्टोक सम्बन्धी उपचार गर्ने अस्पतालको व्यवस्था गर्नुपर्छ । सरकारी दरबन्दी बढाउनुपर्छ । मान्छेमा सामाजिक सुरक्षा छ भन्ने विश्वास बढेपछि यो क्षेत्रमा लाग्ने उत्साही हुन । अहिले के छ भने सरकारले दरबन्दी खुलाएको छैन । जागिरको सुरक्षा नभएपछि स्वत: मानिस काममा जान खुशी हुँदैन । त्यसबाहेक सरकारले ब्रेन स्टोकका बिरामीलाई पनि सुविधा दिनुपर्छ । 

अन्तमा यहाँको सुझाव के छ ?
स्टोक अर्थात प्यारालाइसिस भइसकेपछि उपचार गर्नुभन्दा हुनै नदिनु राम्रो हो । जसको लागि स्वस्थ जीवनशैली अपनाउने, सके दैनिक नभए हप्तामा ५ दिन पसिना आउने गरी शारीरिक व्यायाम गर्ने, धूम्रपान र मद्यपानबाट टाढा रहने, सुगर प्रेसरलाई नियन्त्रणमा राख्ने गर्नुपर्छ । स्टोकको प्रमुख कारण भनेकै उच्च रक्तचाप हो । स्टोकका धेरैजसो बिरामीहरूमा उच्च रक्तचापको समस्या देखिएको छ । त्यस्तै बेला–बेलामा किड्नीको जाँच गराउने  गर्‍यौँ भने प्यारालाइसिसको समस्याबाट बच्न सकिन्छ । 

 

प्रकाशित मिति : ४ पुस २०८०, बुधबार  २ : ४१ बजे

मुग्लिन–नौबिसे सडक दिउँसो बन्द हुने

चितवन – पृथ्वी राजमार्गअन्तर्गत मुग्लिन–नौबिसे सडक खण्ड आइतबारदेखि दिउँसोमा एक

शैक्षिक गुणस्तर सुधारका लागि तातोपानीमा पढाइ मेला

जुम्ला – जुम्लाको तातोपानी गाउँपालिकाले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार

चुरेमा चिउरी रोप्न दाता खोज्दै सरकार

काठमाडौं – चुरे क्षेत्रमा अब चिउरीका बिरुवा रोप्नका लागि यतिबेला

राप्रपाको कार्यसमिति बैठक बस्दै

काठमाडौं–  राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दैछ।

जनकपुरको दुर्गा मन्दिर परिसरमा एक शव भेटियो, हत्या भएको आशंका

काठमाडौंमा– जनकपुरमा एक वृद्धको शव भेटिएको छ। जनकपुरधाम उपमहानगरपालिका–४ स्थित