मेलम्चीको पानी चाँडै काठमाडौँ ल्याउने तयारी « Khabarhub

मेलम्चीको पानी चाँडै काठमाडौँ ल्याउने तयारी


४ पुस २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– मेलम्ची खानेपानी विकास समिति पानीपोखरीले अबको २८ दिनभित्रमा मेलम्चीको पानी काठमाडौँ ल्याउने तयारी भइरहेको जनाएको छ । 

आयोजना र ठेकेदार कम्पनीबीच सहमति भएकाले २८ दिनभित्र पानी पथान्तरण गरिसक्ने गरी तयारी थालिएको समितिका प्रवक्ता राजेन्द्रप्रसाद पन्तले जानकारी दिए । आकस्मिक परिस्थिति पर्न नआएको अवस्थामा निर्धारित समयभित्र काठमाडौँका घरघरमा मेलम्चीको पानी पुग्ने उनको भनाइ थियो ।

समितिले एक विज्ञप्ति प्रकाशित गरी खानेपानी मन्त्रालयका सचिव सुरेश आचार्यको अध्यक्षतामा बसेको बोर्ड बैठकबाट निर्माण व्यवसायीसँग समझदारीपत्रमा हस्ताक्षर गरी तत्काल निर्माण क्षेत्रमा परिचालनका लागि आवश्यक सहजीकरण र समन्वय गर्ने निर्णय भएको उल्लेख गरेको छ ।

‘सहमति अनुसार निर्माण व्यवसायी तत्कालै निर्माण क्षेत्रमा परिचालन हुनेछ । अबको २८ दिनको  तीव्र कार्यतालिका अनुसार दुई सिफ्टमा जनशक्ति परिचालन गरी पानी पथान्तरणका लागि आवश्यक कार्य सम्पन्न गर्ने गरी काम गरिनेछ’, प्रवक्ता पन्तले भने । 

पथान्तरण पश्चात् मेलम्ची नदीको पानी दैनिक १७ करोड लिटरका दरले उपलब्ध गराइने छ । काठमाडौँ उपत्यका खानेपानी लिमिटेडबाट सुन्दरीजल पानी प्रशोधन केन्द्रमा प्रशोधन गरी उपत्यकामा वितरणका लागि पुनः उपलब्ध हुने उक्त विज्ञप्तिमार्फत जनाइएको छ ।

गत असार ८ गते वर्षायामको जोखिमलाई ध्यान दिएर सुरुङमार्फत् मेलम्चीको पानी सञ्चालन बन्द गरिएको थियो । गत साउन २८ र २९ गते मेलम्चीमा बाढी आएपछि पुनः हेडवर्क्स पुरिएकाले पानी पठाउन समस्या भएको प्रवक्ता पन्तले बताएका छन् ।

प्रकाशित मिति : ४ पुस २०८०, बुधबार  ३ : २४ बजे

आजको मौसम पूर्वानुमान : यस्तो छ मौसम

काठमाडौँ – नेपाल मौसम विज्ञान विभागले आज दिउँसो कोशी, बागमती

दसैँ असत्यमाथि सत्यको विजय उत्सव भन्दै राष्ट्रपतिले दिए बडादसैँको शुभकामना

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले बडादसैँ २०८३ का अवसरमा स्वदेश

घ्यूका नाममा बेच्न प्रतिबन्धित चिल्लो पदार्थ बरामद

कर्णाली – खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय सुर्खेतले वीरेन्द्रनगरस्थित

विश्वकप लिग-२ : नेपाल र क्यानडा भिड्दै, किन विशेष छ आजको खेल ?

काठमाडौँ – ओमानमा जारी आइसिसी विश्वकप लिग–२ एकदिवसीय क्रिकेट प्रतियोगितअन्तर्गत

नवरात्रको सातौँ दिन : घरघरमा फूलपाती भित्र्याइँदै

काठमाडौँ – नवरात्रको सातौँ दिन दसैँ घर वा पूजा कोठामा