नेप्से परिसूचकको उकालो यात्रा जारी « Khabarhub

नेप्से परिसूचकको उकालो यात्रा जारी


४ पुस २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचकको उकालो यात्रा आज पनि जारी रह्यो । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ३५ दशमलव ३९ अंकले उकालो लागेर दुई हजार एक सय ४१ दशमलव ८७ मा पुगेको छ ।

ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक चार दशमलव ९३ अंकले उकालो लागेर चार सय दुई दशमलव ६३ मा पुगेको छ । कारोबार भएका कूल १३ उपसमूहमध्ये आज दुई उपसमूहको शेयर मूल्यमा गिरावट आउँदा ११ उपसमूहको शेयर मूल्य भने वृद्धि भएको छ । 

कूल एक करोड ९९ लाख ६३ हजार छ सय चार कित्ता शेयर सात अर्ब ९५ लाख ७५ हजार एक सय ७६ मूल्यमा कारोबार भएको छ । नेप्सेका अनुसार कारोबारका आधारमा शिवम् सिमेन्ट शीर्ष स्थानमा छ । सो कम्पनीको रू ३७ करोड ३४ लाख ९७ हजार दुई सय ६८ मूल्य बराबरको शेयर कारोबार भएको छ ।

सोल्टी होटल रू चौबीस करोड ५३ लाख ७७ हजार छ सय ४०, सोनापुर मिनरल्स रू २० करोड १५ लाख २४ हजार तीन सय ९१, हिमाल दोलखा हाइड्रोपावर रू अठार करोड १३ लाख २३ हजार सात सय छ र नेपाल पूर्वाधार बैंक रू सत्र करोड ५४ लाख ८३ हजार पाँच सय ९० बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भएका छन् । 

नेप्सेका अनुसार आज विभिन्न १३ कम्पनीको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेको छ । यस्तै, कुमारी धन वृद्धि योजना तीन दशमलव ८२, नेरुडे लघुवित्त तीन दशमलव ६५, माथिल्लो मैलुङ तीन दशमलव ६४, साइन रेसुङ्गा डेभलपमेन्ट बैंक तीन दशमलव ४५ र तारागाउँ रिजेन्सी होटलका लगानीकर्ताले तीन दशमलव ३९ प्रतिशतले गुमाएका छन् ।

प्रकाशित मिति : ४ पुस २०८०, बुधबार  ३ : ५३ बजे

जनमत टाढिनुका कारणबारे गम्भीर समीक्षा गर्नुपर्छ : महासचिव पोखरेल

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेलले जनमत

नारायणी किनारमा प्रत्येक साँझ रक्तदान

चितवन – नारायणगढस्थित नारायणी नदी किनारमा पछिल्लो समय साँझपखको चहलपहलसँगै

इरानद्वारा अमेरिकी सैनिक मार्ने वा पक्रने व्यक्तिलाई ३० हजार डलर इनामको घोषणा

तेहरान – अमेरिकी सैनिकलाई मार्ने वा पक्रने व्यक्तिलाई ३० हजार

‘पिपल्स च्वाइस’मा पाँच खेलाडीको नाम सार्वजनिक

काठमाडौं – नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ)को आयोजनामा हुने पल्सर

गुल्मीमा दुई महिनादेखि हवाई सेवा प्रभावित

गुल्मी – प्रतिकूल मौसमका कारण दुई महिनादेखि गुल्मीको हवाई सेवा