सवारी दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते | Khabarhub Khabarhub

सवारी दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते


४ पुस २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


318
Shares
  • change font
  • change font
  • change font

बारा– बाराको निजगढ नगरपालिकामा बुधबार दिउँसो मोटरसाइकल एकआपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । उक्त दुर्घटनामा एक जना घाइते भएका छन् ।

रौतहटबाट निजगढ तर्फ आउँदै गरेको बा ९७ प ९४४ नम्बर र विपरीत दिशाबाट रौतहट जाँदै गरेको प्रदेश १–०५ ००१प ५४९७ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई दुर्घटना हुँदा दुवै मोटरसाइकल चालकको मृत्यु भएको इलाका प्रहरी कार्यालय निजगढले जनाएको छ । 

मृत्यु हुनेमा बा ९७ प ९४४ नम्बरका मोटरसाइकल चालक बागमती ३ का ३१ वर्षीय बुद्धि बहादुर बल र प्रदेश १–०५ ००१प ५४९७ नम्बरका मोटरसाइकल चालक उदयपुर कटारी २ का ३४ वर्षीय चन्द्रदिप लामा रहेका छन् । 

बलको मोटरसाइकलमा सवार २९ वर्षीया बाबुराम सुनुवार घाइते भएका छन् । दुर्घटनामा घाइते भएका उनको निजगढ सामुदायिक अस्पताल निजगढ ९ मा उपचार भइरहेको छ । 

घटनाबारे थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय निजगढले जनाएको छ ।

 

प्रकाशित मिति : ४ पुस २०८०, बुधबार  ६ : १० बजे

भारतविरुद्ध इंग्ल्यान्डको रोमाञ्चक जित, सिरिजमा २–१ को अग्रता

लन्डन– भारतविरुद्धको टेस्ट सिरिजमा इंग्ल्यान्डले दोस्रो जित निकालेको छ ।

पाकिस्तानमा मनसुनको प्रकोपः १११ जनाको मृत्यु, थप वर्षाको चेतावनी

इस्लामाबाद – पाकिस्तानमा जून अन्त्यदेखि सुरु भएको मनसुन वर्षाले अहिलेसम्म

बबई नदीमा नुहाउने क्रममा बेपत्ता भएका दुई जनाको शव भेटियो

दाङ – बबई नदीमा नुहाउने क्रममा आज दिउँसो डुबेर बेपत्ता

माडीमा रेबिजको सङ्क्रमण बढ्दो

चितवन – चितवन को माडी नगरपालिकामा रेबिजको सङ्क्रमण बढेको छ

बीमा प्राधिकरणका अध्यक्ष ओझा निलम्बित, छानबिन गर्न समिति गठन

काठमाडौं – बिमा प्राधिकरणका अध्यक्ष शरद ओझा पदबाट निलम्बित भएका