बजार अनुगमनमा एकरूपता ल्याउनेगरी कार्ययोजना पेश गर्न निर्देशन  « Khabarhub

बजार अनुगमनमा एकरूपता ल्याउनेगरी कार्ययोजना पेश गर्न निर्देशन 


४ पुस २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रतिनिधिसभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले बजार अनुगमनमा एकरूपता ल्याउनेगरी कार्ययोजना बनाएर पेश गर्न केन्द्रीय बजार अनुगमन समितिलाई निर्देशन दिएको छ ।

सिंहदरबारमा बुधबार बसेको समिति बैठकले तीनै तहका कानूनमा एकरूपता ल्याउँदै बजार अनुगमन प्रभावकारी बनाउनका लागि आवश्यक कार्ययोजना बनाएर समितिसमक्ष पेश गर्न केन्द्रीय बजार अनुगमन समितिलाई निर्देशन दिएको दिएको हो ।

बजार अनुगमनका लागि संघ प्रदेश र स्थानीय तहको कानूनमा एकरूपता नभएका कारण अनुगमनमा समस्या र प्रभावकारी हुन नसकेकाले प्रभावकारी रुपमा अनुगमन गर्नका लागि कार्ययोजना बनाएर पेश गर्न निर्देशन दिइएको समिति सभापति अब्दुल खानले जानकारी दिए ।

उनले उपभोक्ताको हक अधिकार स्थापित गर्न मौजुदा कानूनमा संशोधन गर्नुपर्ने विवरण समितिलाई पठाउन उद्योग मन्त्रालयलाई निर्देशन दिएको उनले बताए । उनले अनुगमनलाई प्रभावकारी बनाउन दक्ष जनशक्ति व्यवस्थापन गर्नुपर्ने भएकाले दक्ष जनशक्ति राख्न गर्नुपर्ने व्यवस्थाका बारेमा पनि जानकारी गराउन उद्योग मन्त्रालयलाई निर्देशन दिएको सभापति खानले बताएका छन् ।

त्यस्तै बैठकले उदयपुर र हेटौँडा सिमेन्ट उद्योग सञ्चालनका लागि देखिएका समस्याहरूका बारेमा जानकारी गराउन पनि उद्योग मन्त्रालयलाई निर्देशन दिएको छ । 

प्रकाशित मिति : ४ पुस २०८०, बुधबार  ६ : २० बजे

एनपीएलले आईसीसीको मान्यता पाएसँगै नेपाली क्रिकेट अन्तर्राष्ट्रिय स्तरमा : क्यान

काठमाडौं- नेपाल क्रिकेट संघ (क्यान)ले नेपाल प्रिमियर लिग (एनपीएल)ले आईसीसीबाट

छ सय वर्ष पुरानो खड्गदेवीमा भक्तजनको भीड

दमौली (तनहुँ)- तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा रहेको प्रसिद्ध खड्गदेवी मन्दिरमा

नवरात्रको सातौँ दिन : कालरात्रि देवीको विधिपूर्वक पूजा आराधना

काठमाडौं- नवरात्रको सातौँ दिन दसैँ घर तथा पूजाकोठामा नवदुर्गामध्येकी सातौँ

किशोर श्रेष्ठलाई पक्राउ गरिएकोबारे पत्रकार महासंघले के भन्यो ?

काठमाडौं- नेपाल पत्रकार महासंघले जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठलाई प्रहरीले

एसिया–प्रशान्तको समृद्धिमा जोड दिँदै एपीईसी सम्मेलन

बेइजिङ- एसिया–प्रशान्त क्षेत्रको आर्थिक समृद्धि र सहकार्य प्रवद्र्धन गर्ने उद्देश्यले