तिवारीभञ्ज्याङ–अधेँरीघाट सडक शिलान्यास « Khabarhub

तिवारीभञ्ज्याङ–अधेँरीघाट सडक शिलान्यास


४ पुस २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


111
Shares
  • change font
  • change font
  • change font

भोजपुर – भोजपुरको पौवादुङमा गाउँपालिकामा तिवारीभञ्ज्याङ–अधेँरीघाट सडक कालोपत्र र प्रशासनिक भवनको शिलान्यास भएको छ । तिवारीभञ्ज्याङ–अधेँरीघाट पञ्चकन्या कृषि सडक कालेपत्र र गाउँपालिका केन्द्र च्याङ्ग्रेमा बन्न लागेको प्रशासनिक भवनको बुधबार गाउँपालिका अध्यक्ष किरण राईले शिलान्यास गरेका हुन् ।

तिवारीभञ्ज्याङ–अधेँरीघाट पञ्चकन्या कृषि सडकको ३१ किलोमिटर सडकमध्ये गाउँपालिका केन्द्रसम्मको तीन किलोमिटर सडकको दुई प्याकेजमा कालोपत्र गर्ने गरी कामको थालनी गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवीन भट्टराईले जानकारी दिए।

तिवारीभञ्ज्याङको शून्य विन्दुबाट वडा नं २ को स्वास्थ्यचौकीसम्म पहिलो र स्वास्थ्यचौकीबाट गाउँपालिका केन्द्रसम्म दोस्रो चरणमा काम भइरहेको उनले बताए ।

“तिवारीभञ्ज्याङ–अधेँरीघाट कृषि सडक कालोपत्रको शिलान्यास गरेका छौँ”, प्रशासकीय अधिकृत भट्टराईले भने, “सडकको काम दुई चरणमा भइरहेको छ । सडकलाई आगामी असार महिनासम्ममा सम्पन्न गर्ने सम्झौता छ ।”

“यो सडक हाम्रो गौरवको योजना हो”, अध्यक्ष राईले भने, “धेरै मेहनत गरेर श्रोतको व्यवस्थापन गरी कालोपत्रको काम थालनी गरेका छौँ । बजेट अभावको कारण पहिलो चरणमा गाउँपालिका केन्द्रसम्म कालोपत्र गर्ने योजना छ । ”

प्रशासनिक भवन तीन वर्षमा सम्पन्न गरी सक्ने गरी केन्द्र सरकार र गाउँपालिकाको लागत साझेदारीमा रु छ करोड ८८ लाख लागतमा निर्माण थालिएको गाउँपालिकाले जनाएको छ । तीनतले प्रशासनिक भवनमा सभाकक्षसहित २२ वटा कोठा र व्यापारिक प्रयोजनको लागि १८ वटा कबल बनाइने छ ।

प्रकाशित मिति : ४ पुस २०८०, बुधबार  ८ : २९ बजे

नीति तथा कार्यक्रममा विज्ञान प्रविधि नसमेटिएको भन्दै सरकारमाथि महावीर पुनको रिस

काठमाडौँ । प्रतिनिधिसभाका एक्ला स्वतन्त्र सांसद महावीर पुनले सरकारको नीति

संवैधानिक इजलासमा न्यायाधीशहरूको कित्ताकाट

काठमाडौँ । निजामती कर्मचारी ट्रेड युनियन बन्द गर्ने सरकारको निर्णयमाथि

राष्ट्रपतिले नीति कार्यक्रम प्रस्तुत गरिरहँदा प्रधानमन्त्री बाहिरिएको घटनामा कांग्रेसको आपत्ति

काठमाडौं । नेपाली कांग्रेसले संघीय संसदको संयुक्त बैठकमा राष्ट्रपतिबाट सरकारको

विद्यार्थीलाई बधाई दिँदै शिक्षामन्त्रीले व्यक्त गरे एक महिनामै नतिजा सफल बनाउने शिक्षकप्रति आभार

काठमाडौँ । शिक्षामन्त्री सस्मित पोखरेलले एसईई परीक्षामा सफल सबै विद्यार्थीलाई

एसईई नतिजा : कुन प्रदेशका कति विद्यार्थी ननग्रेड ?

काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई)मा मधेश प्रदेशका ३१ हजार