साइबर अपराधविरुद्ध सचेतना कार्यक्रम सञ्चालन « Khabarhub

साइबर अपराधविरुद्ध सचेतना कार्यक्रम सञ्चालन


४ पुस २०८०, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


126
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – किशोरीमाथि बढ्दै गएको साइबर अपराधलाई मध्यनजर गर्दै अखिल नेपाल महिला संघ केन्द्रीय कमिटिले विद्यालय केन्द्रीत सचेतना कार्यक्रम सञ्चालन गरेको छ । प्रहरीको साइबर ब्यूरोसँग समन्वय गरी अनेमसंघले विद्यालय केन्द्रीत सचेतना कार्यक्रम सञ्चालन गरेको हो ।

महिला हिंंसा विरुद्धको १६ दिने अभियान अन्तरर्गत बुधबार अनेमसंघले काठमाडौको रत्नराज्य लक्ष्मी उच्च माध्यामिक विद्यालयका छात्रछात्राहरु बिच साईबर सुरक्षाका विषय अन्तरगत साईबर अपराध, यसबाट बच्ने उपाय आदिका बारेमा सचेतना कार्यक्रमको आयोजना गरेको हो।

साइईबर सुरक्षा र नेपालको कानुन, साईबर अपराध र अपनाउनु पर्ने सुरक्षा सचेतनताका विषयमा साईबर सुरक्षा विज्ञ काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी निरिक्षक श्री राजेश महर्जनले सहभागिहरुलाई प्रशिक्षण दिएका थिए । त्यसै गरी अनेमसंघ कानुन विभाग प्रमुख अधिवक्ता श्री ममता शर्माले महिला हिंसा र कानूनी प्रावधानका विषयमा व्यवहारिक र सैद्धान्तिक विषयमा प्रशिक्षण दिएका थिए ।

कार्यक्रम अखिल नेपाल महिला संघका अध्यक्ष टुकाभद्र हमालको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रममा सहभागितहरुलाई अनेमसंघका उपाध्यक्ष शर्मिला कार्कीले धन्यवाद ज्ञापन गरे । अनेमसंघका महासचिव पेम्बा लामा र युवा कमिटी प्रमुख बिन्दु अधिकारीले कार्यक्रमको सहजीकरण गरे।

कार्यक्रममा रत्नराज्य उच्चमाद्यामिक विद्यालयका प्रधानअध्यापक श्री रामाशिस यादव, कानुन विभाग सदस्य, केन्द्रीय सदस्य उषा अधिकारी तथा अधिवक्ता पार्वती के.सी को उपस्थिती रहेको थियो । कार्यक्रममा करिब १०० जना छात्रछात्राको सहभागीता रहेको थियो । कार्यक्रम केन्द्रीय युवा कमिटीको संयोजनमा सम्पन्न भएको थियो ।

एक तथ्यांक अनुसार विश्वमा ईन्टरनेट र सामाजिक संजाल प्रयोगकर्ताहरुको संख्या ५ अरब तीस करोड पुगेको छ । २ अरब ५८ करोड जनसंख्या अझै ईन्टरनेटको पहुँच भन्दा टाढा छन् । त्यसैगरी १ करोड ५८ लाख ईन्टरनेट प्रयोगकर्ता नेपालमा छन् भने राजधानी काठमाडौंमा ८२ प्रतिशत युवाहरुले ईन्टरनेट प्रयोग गर्दछन् ।

प्रविधिका कारण आजको सभ्यता र संस्कृति समेत जोखिममा परेको छ । तर त्यस्ता कुराहरुबाट सुरक्षित हुन सचेतनाका विषयमा त्यति चासो राखिएको पाइदैन, जसले गर्दा किशोरकिशोरीदेखि बालबालिका र अन्य उमेर समूहका व्यक्तिहरु समेत जानिनजानि साईवर अपराध तर्फ जान सक्ने अवस्था देखिएकोछ ।

प्रकाशित मिति : ४ पुस २०८०, बुधबार  ८ : ४३ बजे

राप्ती चक्रपथको १५ किलोमिटर सडक कालोपत्र

दाङ – दाङको देउखुरीस्थित राप्ती गाउँपालिकामा निर्माणाधीन राप्ती चक्रपथको हालसम्म

कोलम्बिया र छिमेकी मुलुकमा शक्तिशाली भूकम्प, १८ जनाको मृत्यु

बोगोटा – कोलम्बिया र आसपासका केही ल्याटिन अमेरिकी मुलुकमा सोमबार

अपाङ्गता भएकी किशोरीमाथि जबरजस्ती करणीको आरोपमा एक जना पक्राउ

बागलुङ – बागलुङमा अपाङ्गता भएकी १७ वर्षीया किशोरीमाथि जबरजस्ती करणी

युक्रेनले रूसको निजनेकामस्क सहरमा गरेको ड्रोन आक्रमणमा १३ जनाको मृत्यु

मस्को – गत साता रूसले गरेको आक्रमणको जवाफमा युक्रेनले सोमबार

ब्राउन सुगरसहित एक जना पक्राउ

वीरगञ्ज – प्रहरीले १६.५७ ग्राम ब्राउनसुगरसहित एक जना भारतीय नागरिक