न्यायपरिषद्ले सिफारिस गरेका सबै न्यायाधीश अनुमोदन, राष्ट्रपतिबाट नियुक्त « Khabarhub

न्यायपरिषद्ले सिफारिस गरेका सबै न्यायाधीश अनुमोदन, राष्ट्रपतिबाट नियुक्त


४ पुस २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – न्यायपरिषद्को सिफारिसमा संसदीय सुनुवाइ समितिको अनुमोदनपछि सर्वोच्च अदालतमा ६ न्यायाधीश नियुक्त भएका छन् ।

न्यायपरिषद्ले ५ मंसिरमा सर्वोच्च अदालतको न्यायाधीश सिफारिस गरेको थियो ।

शुक्रबार, आइतबार र सोमबार २/२ जनाको सुनुवाइ गरेको समितिले समितिमा प्राप्त उजुरी र न्यायाधीशले दिएको जवाफ र कार्ययोजनाबारे अध्ययन गर्न सदस्यहरुलाई दुई दिनको समय दिएको थियो ।

अनुमोदन गर्ने वा नगर्ने निर्णय लिन आज विहान ११ बजे समितिको बैठक बोलाइएको थियो ।

१५ सदस्यीय समितिको बैठकमा ११ जना सांसद मात्र उपस्थित थिए । बैठकमा सांसदहरुले समितिमा परेका उजुरी र न्यायाधीशको जवाफबीच मेल खाए नखाएको मूल्यांकन सुनाएका थिए । सांसदहरुको रायपछि समितिबाट न्यायपरिषद्ले सिफारिस गरेका सबै न्यायाधीशको नाम अनुमोदन गरेको हो ।

समितिको अनुमोदनपछि राष्ट्रपतिले सर्वोच्चको न्यायाधीशहरूमा सारङ्गा सुवेदी, अब्दुल अजिज मुसलमान, महेश शर्मा पौडेल, टेकप्रसाद ढुङ्गाना, सुनीलकुमार पोखरेल र बालकृष्ण ढकाललाई नियुक्त गरेका हुन् ।

नवनियुक्त न्यायाधीशको शपथ भोलि हुनेछ । सर्वोच्चमा अझै एक न्यायाधीश पद रिक्त छ ।

प्रकाशित मिति : ४ पुस २०८०, बुधबार  ८ : ५१ बजे

बाढी गएको आठ दिनपछि ओली प्रभावित क्षेत्रमा

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बाढी प्रभावित क्षेत्रको

टिमुरे बगेको २० मिनेटपछि काठमाडौंमा खबर, पहिलो २ घण्टामा सरकारले के-के गर्‍यो ?

काठमाडौं – रसुवास्थित भोटेकोशीमा भदौ १० गते बुधबार आएको विनाशकारी

सुरुङमा फसेकाको उद्धार तत्काल असम्भव, प्रधानमन्त्रीले भने : मौसमले साथ दिएर हिलो सुकेपछि सकिएला

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहले भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण

यतिबेला हामीलाई विश्राम लिने छुट छैन : प्रधानमन्त्री शाह

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहले विपद्का समयमा सरकारलाई थकित भयो भनेर

सम्बोधन सक्नेबित्तिकै संसद्‍बाट हिँडे प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाह प्रतिनिधिसभामा आफ्नो सम्बोधन सकाएर निस्किएका छन्