न्यायपरिषद्ले सिफारिस गरेका सबै न्यायाधीश अनुमोदन, राष्ट्रपतिबाट नियुक्त | Khabarhub Khabarhub

न्यायपरिषद्ले सिफारिस गरेका सबै न्यायाधीश अनुमोदन, राष्ट्रपतिबाट नियुक्त


४ पुस २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – न्यायपरिषद्को सिफारिसमा संसदीय सुनुवाइ समितिको अनुमोदनपछि सर्वोच्च अदालतमा ६ न्यायाधीश नियुक्त भएका छन् ।

न्यायपरिषद्ले ५ मंसिरमा सर्वोच्च अदालतको न्यायाधीश सिफारिस गरेको थियो ।

शुक्रबार, आइतबार र सोमबार २/२ जनाको सुनुवाइ गरेको समितिले समितिमा प्राप्त उजुरी र न्यायाधीशले दिएको जवाफ र कार्ययोजनाबारे अध्ययन गर्न सदस्यहरुलाई दुई दिनको समय दिएको थियो ।

अनुमोदन गर्ने वा नगर्ने निर्णय लिन आज विहान ११ बजे समितिको बैठक बोलाइएको थियो ।

१५ सदस्यीय समितिको बैठकमा ११ जना सांसद मात्र उपस्थित थिए । बैठकमा सांसदहरुले समितिमा परेका उजुरी र न्यायाधीशको जवाफबीच मेल खाए नखाएको मूल्यांकन सुनाएका थिए । सांसदहरुको रायपछि समितिबाट न्यायपरिषद्ले सिफारिस गरेका सबै न्यायाधीशको नाम अनुमोदन गरेको हो ।

समितिको अनुमोदनपछि राष्ट्रपतिले सर्वोच्चको न्यायाधीशहरूमा सारङ्गा सुवेदी, अब्दुल अजिज मुसलमान, महेश शर्मा पौडेल, टेकप्रसाद ढुङ्गाना, सुनीलकुमार पोखरेल र बालकृष्ण ढकाललाई नियुक्त गरेका हुन् ।

नवनियुक्त न्यायाधीशको शपथ भोलि हुनेछ । सर्वोच्चमा अझै एक न्यायाधीश पद रिक्त छ ।

प्रकाशित मिति : ४ पुस २०८०, बुधबार  ८ : ५१ बजे

भारतविरुद्ध इंग्ल्यान्डको रोमाञ्चक जित, सिरिजमा २–१ को अग्रता

लन्डन– भारतविरुद्धको टेस्ट सिरिजमा इंग्ल्यान्डले दोस्रो जित निकालेको छ ।

पाकिस्तानमा मनसुनको प्रकोपः १११ जनाको मृत्यु, थप वर्षाको चेतावनी

इस्लामाबाद – पाकिस्तानमा जून अन्त्यदेखि सुरु भएको मनसुन वर्षाले अहिलेसम्म

बबई नदीमा नुहाउने क्रममा बेपत्ता भएका दुई जनाको शव भेटियो

दाङ – बबई नदीमा नुहाउने क्रममा आज दिउँसो डुबेर बेपत्ता

माडीमा रेबिजको सङ्क्रमण बढ्दो

चितवन – चितवन को माडी नगरपालिकामा रेबिजको सङ्क्रमण बढेको छ

बीमा प्राधिकरणका अध्यक्ष ओझा निलम्बित, छानबिन गर्न समिति गठन

काठमाडौं – बिमा प्राधिकरणका अध्यक्ष शरद ओझा पदबाट निलम्बित भएका