जिम्मेवार पत्रकारिताको प्रवर्द्धन गर्नुपर्छ : देउवा « Khabarhub

जिम्मेवार पत्रकारिताको प्रवर्द्धन गर्नुपर्छ : देउवा


४ पुस २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

कास्की – नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले प्रजातन्त्रलाई सबल तुल्याउन जिम्मेवार पत्रकारिताको प्रवर्द्धन गर्नुपर्नेमा जोड दिएका छन्।

नेपाल पत्रकार महासङ्घ कास्की शाखाद्वारा सञ्चालित तथा सूर्य प्रेम बहुउद्देश्यीय समाजसेवा ट्रष्टद्वारा स्थापित कीर्ति स्मृति पत्रकारिता वृत्ति सम्मान अर्पण समारोहलाई आज पोखरामा सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री देउवाले राष्ट्रलाई योगदान गर्ने किसिमको रचनात्मक पत्रकारिताको प्रवर्द्धन गर्नुपर्ने बताए ।

पुरस्कारको स्थापना गर्ने समाजसेवी एवं राजनीतिक व्यक्तित्व स्व सूर्यबहादुर केसीको योगदानको स्मरण गर्दै सभापति देउवाले पुरस्कृत व्यक्तित्वलाई बधाई तथा शुभकामना व्यक्त गरे ।

कार्यक्रममा सभापति देउवाले एक लाख ११ हजार १११ रुपैयाँ नगदसहित कीर्ति स्मृति पत्रकारिता वृत्ति सम्मान २०७७, २०७८ र २०७९ बाट क्रमशः नेपाल पत्रकार महासङ्घका पूर्वकेन्द्रीय अध्यक्ष डा सुरेश आचार्य, २०७८ बाट प्रेस स्वतन्त्रता सेनानी तथा कास्की शाखाका पूर्वअध्यक्ष माधव शर्मा र २०७९ बाट कास्की शाखाकै पूर्वअध्यक्ष कृष्णप्रसाद बास्तोलालाई सम्मान गरे ।

प्रकाशित मिति : ४ पुस २०८०, बुधबार  १० : ३२ बजे

उपसभामुख ठाकुर रोपाइँमा सहभागी

धनुषा – राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सवका अवसरमा उपसभामुख

देशभर ६२.६८ प्रतिशत क्षेत्रमा मात्र सिँचाइ सुविधा

ललितपुर – देशभर पर्याप्त वर्षा नहुँदा किसानले रोपाइँका बेला सिँचाइ

ब्राजिललाई चुनौती दिन जापान तयार, इतिहास बदल्ने लक्ष्य

काठमाडौं – विश्व फुटबलको महाशक्ति ब्राजिलसँगको नकआउट भिडन्तअघि जापानले आफू

चितवन र मकवानपुरका उत्कृष्ट २१ जना किसान पुरस्कृत

भरतपुर – चितवन र मकवानपुरका उत्कृष्ट २१ जना किसान पुरस्कृत

बजेट निर्माणमा सुधार, ढिला गर्ने स्थानीय तहको संख्या घट्यो

काठमाडौं – स्थानीय तहको बजेट निर्माण प्रक्रियालाई प्रभावकारी बनाउन भूमि