गृहमन्त्री भन्छन्- ‘मिडियाको हेडलाइन बदल्न सक्दिन, पुराना फरारहरु समातिन्छ्न्’ « Khabarhub

गृहमन्त्री भन्छन्- ‘मिडियाको हेडलाइन बदल्न सक्दिन, पुराना फरारहरु समातिन्छ्न्’


७ माघ २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – उपप्रधानमन्त्री तथा गृहमन्त्री रवी लामिछानेले सञ्चारमाध्यमप्रति असन्तुष्टि जनाएका छन् ।

हत्याअभियोग लागेर फरार सांसद संसदमै उपस्थित हुँदासमेत गृहमन्त्री मुख दर्शक बनेको भन्दै आलोचना भएपछि लामिछानेले सामाजिक सञ्जाल फेसबुकमार्फत अभियुक्त समातिने बताएका हुन्। यसअघि मन्त्रालयले एमालेका फरार सांसद लक्ष्मी महतो कोइरीलाई पक्रन प्रहरीलाई निर्देशन दिएको थियो।

प्रतिनिधिसभामा बिहीबार नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले कोइरी पक्राउ नपरेकोसम्बन्धमा गृहमन्त्री लामिछानेको ध्यानाकर्षण गराएका थिए। ‘पुराना फरारहरु समातिन्छन् मात्र होइन धेरै नयाँहरु फरार हुन नपाउन् भन्ने कुराको हेक्का छ।’ उनले लेखेका छन्, ‘हिजो बोलेका शब्द-शब्दको हेक्का छ, भोट माग्दा गरेका वाचाहरूको हेक्का छ।’ लामिछानेले टेलिभिजनमा बोलेका कुराहरु अहिले सामाजिक सञ्जालमा भाइरल भएका छन्।

हिजो पत्रकार हुँदा नेता र सरकारको खेदो खन्ने अहिले आफू जिम्मेवारीमा पुग्दा स्टन्टबाजी र पुरानै नेताको जस्तो हबिगत देखिएको भन्दै विरोध भइरहेको छ। त्यतिमात्र होइन उनले पत्रकारिताप्रति नै असन्तुष्टि जनाएका छन्। ‘मिडियाको हेडलाइन म बदल्न सक्दिन तर जनताको लाइफलाइन बदल्न मेहनत गर्दैछु। धुलो धेरै छ, पुरानो छ.. थोरै पर्खिनु चाहिँ पर्छ!!’ लेखेका छन्।

प्रकाशित मिति : ७ माघ २०७९, शनिबार  ८ : ५१ बजे

बाँसका भौतिक संरचना निर्माणसम्बन्धी मार्गदर्शन-२०८२ सार्वजनिक भएपछि उत्साहित छ ‘रूपाकोट मझुवागढी’

खोटाङ- नेपाल सरकारले बाँसबाट निर्माण हुने भौतिक संरचनाको डिजाइनसम्बन्धी मार्गदर्शन–२०८२

तनहुँ जलविद्युत् आयोजनाका प्रभावितबाट मुआब्जा माग

तनहुँ– तनहुँ जलविद्युत् आयोजनाबाट प्रभावित व्यास नगरपालिका– १३ बेलवासका स्थानीयले

साँघुरा ढोकाले थापाथलीका चार अखडामा गाई पाल्न समस्या

काठमाडौं– एसियाली विकास बैंक (एडीबी) को सहयोगमा पुनर्निर्माण भएका थापाथली

एमालेको आन्तरिक प्रतिष्पर्धा ‘जबज’को जीवन्त अभ्यास : पूर्वराष्ट्रपति भण्डारी

काठमाडौं– पूर्वराष्ट्रपति एवं एमाले पूर्वउपाध्यक्ष विद्यादेवी भण्डारीले नेकपा एमालेको ११औँ

हिंसापीडित बालबालिकाका लागि सुरक्षित आवासको अभाव

भक्तपुर– विभिन्न प्रकारको हिंसामा परेका बालबालिकालाई उद्धारपछि राख्ने सुरक्षित आवासगृहको