सामाजिक सञ्जालमा असंयमित मेयर बालेन « Khabarhub

सामाजिक सञ्जालमा असंयमित मेयर बालेन


७ माघ २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – महानगरले घर भत्काउनेबाहेक अरु काम नगरेको भन्दै प्रश्न उठ्न थालेपछि काठमाडौँ महानगरपालिकाका मेयर बालेन साह सामाजिक सञ्जालमा असंयमित देखिएका छन्। ‘कमेडी क्लब विथ च्याम्पियन’का निर्माता विशाल भण्डारीले भत्काउनबाहेक बनाएको देखिएन भन्ने प्रश्न गर्दा मेयर साहले गैरजेम्मेवारीपूर्ण जवाफ दिएका छन्।

मेयर बालेनले अमर्यादित जवाफ दिँदै प्रतिप्रश्न गरेका छन्, ‘तिम्रो शो पैसाको भोटले जितिन्छ । तिमी पैसा कमाउन आएको हौ । तिम्रो अस्तित्व पैसाबाहेक केही छैन । तिमी जस्तो बिकाउ मान्छेलाई जवाफ दिन जरुरी छैन ।’

भण्डारीलाई सार्वजनिक रुपमा व्यक्तिगत लाञ्छना र उनको व्यवसायमाथि नै असान्दर्भिक आरोप थोपरेपछि मेयर बालेनको कमेन्टमाथि लामै बहस भएको छ ।

त्यसपछि निर्देशक भण्डारीले अर्को स्टाटस लेखेर आफ्नो प्रश्न दोहोर्‍याएका छन् – मैले प्रश्न सोधेको हो । भत्काउनुबाहेक के बनाउनुभयो ? त्यसमा पनि मेयर बालेनले ‘प्रश्न सोध्न पाइन्छ भाइ। काम गरेको मान्छेलाई। रातिराति दारु खाएर दुख दिन पाइँदैन। तिम्रो गाउँको मेयरले के गर्दै छ थाहा छ?’ भनेका छन्।

प्रकाशित मिति : ७ माघ २०७९, शनिबार  १० : ४६ बजे

कोलम्बियाले जेरुसेलममा खोल्यो इजरायलका लागि दूतावास

एजेन्सी– कोलम्बियाले बुधबार जेरुसेलममा इजरायलका लागि आफ्नो दूतावास औपचारिक रूपमा

रास्वपा महिला सांसदको एउटै आवाज- खगेन्द्र सुनारलाई बहिष्कार गर्छौ 

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महिला सांसदहरूले सांसद

चाडपर्वको मुखमा यात्रुलाई दुःख दिने र चालकसँग पैसा माग्ने तीनजना पक्राउ

काठमाडौं– सार्वजनिक यातायातका यात्रुलाई दुःख हैरानी दिने र यातायात कम्पनीमा

चन्द्रपुरमा बसको ठक्करबाट दुई वर्षीया बालिकाको मृत्यु

रौतहट– चन्द्रपुर नगरपालिका–८ मोतीपुरस्थित भित्री सडकखण्डमा स्कुलबसको ठक्करबाट आज एक

४७ थरीका औषधिको आयात र नयाँ उत्पादनमा रोक

काठमाडौं– औषधि व्यवस्था विभागले अन्तर्राष्ट्रिय मापदण्ड पूरा नगरेका ४७ थरीका