ललितपुर बारको नयाँ नेतृत्वका लागि मतदान जारी « Khabarhub

ललितपुर बारको नयाँ नेतृत्वका लागि मतदान जारी


७ माघ २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

ललितपुर – ललितपुर बार एसोसिएसनको नयाँ कार्यसमितिका लागि आज मतदान भइरहेको छ।

निर्वाचन समितिका प्रमुख प्रकाश महर्जनका अनुसार ललितपुर बारमा बिहान ८ बजेबाट मतदान कार्य जारी रहेको छ। उक्त मतदान ४ बजे सकिनेछ।

नयाँ नेतृत्वका लागि दुई समूहले उम्मेदवारी दिएका छन्। निर्वाचनमा अध्यक्ष पदका लागि बृहत् प्रगतिशील, पेसागत लोकतान्त्रिक, समाजवादी र समावेशी समूहबाट शशीकुमार कार्की र गणतान्त्रिक, प्रगतिशील, पेसागत कानुन समूहबाट राम श्रेष्ठ प्रतिस्पर्धामा छन्।

बृहत् प्रगतिशील र लोकतान्त्रिक समूहबाट उपाध्यक्षमा प्रमोदकुमार राय, सचिवमा अनिल श्रेष्ठ, सहसचिवमा अनिल श्रेष्ठ, कोषाध्यक्षमा चन्द्रबहादुर महर्जन, सहसचिव (महिला) मा सजनी श्रेष्ठले उम्मेदवारी दिएका छन् भने महिला सदस्यमा सावन्ता थापा र शिरिसा श्रेष्ठ छन्। सदस्यमा सुभाषचन्द्र राई, दीपेन्द्रराज शिल्पकार, धर्मसिंह कार्की, लीलानाथ घिमिरे, विष्णुकुमार गिरी, राम विष्ट, महेश महत र प्रकाश बुढाथोकीले उम्मेवारी दिनुभएको छ।

त्यस्तै गणतान्त्रिक समूहबाट उपाध्यक्षमा बालकृष्ण महर्जन, सचिवमा छोनम मोक्तान, सहसचिवमा रीता श्रेष्ठ, कोषाध्यक्षमा रमेशकुमार महर्जनले उम्मेदवारी दिएका छन्। महिला सदस्यमा अष्ठकुमारी महर्जन र सुशीला कार्की तथा सदस्यमा भूमेराज आलेमगर, इच्छाराम महर्जन, रत्नबहादुर बुढा, रोहितकुमार कार्की, जीवनकुमार बस्नेत, विराज थापा, विपना योगीले उम्मेदवारी दिएका छन्।

निर्वाचनले दुई वर्षका लागि १५ सदस्यीय नयाँ कार्यसमिति चयन गर्नेछ। उक्त बारमा आठ सय १२ मतदाता छन्।

प्रकाशित मिति : ७ माघ २०७९, शनिबार  ११ : २७ बजे

नेपाल–डेनमार्क द्विपक्षीय परामर्श संयन्त्रको तेस्रो बैठक सम्पन्न

काठमाडौं- नेपाल–डेनमार्क द्विपक्षीय परामर्श संयन्त्रको तेस्रो बैठक आज काठमाडौंमा सम्पन्न

प्राधिकरणका पूर्वमहानिर्देशक गौतमलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश

काठमाडौं– नेपाल नागरिक उड्डयन प्राधिकरणका तत्कालीन महानिर्देशक सञ्जीव गौतमलाई विशेष

प्रदेश बजेटको प्राथमिकतामा परेनन् सामाजिक उत्थान कार्यक्रम

काठमाडौं- सोमबार सातै प्रदेशले बजेट प्रस्तुत गरेका छन् । प्रदेशले

भिडियोले विवाद भएपछि सांसद सृष्टिको बाचा, ‘ट्राफिक नियम मान्छु, भविष्यमा यस्तो गर्दिनँ’

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सृष्टि भट्टराईले सामाजिक सञ्जालमा आफ्नो

संघसंगठनका कार्यालयहरू सरकारी भवनबाट हटाउन निर्देशन

काठमाडौं– जिल्ला प्रशासन कार्यालय काठमाडौंले जिल्लाका सरकारी निकायमा कार्यरत कर्मचारीआबद्ध