सभामुखको आह्वानमा सर्वदलीय बैठक सुरु « Khabarhub

सभामुखको आह्वानमा सर्वदलीय बैठक सुरु


७ माघ २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – सभामुख देवराज घिमिरेको आह्वानमा प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलको सर्वदलीय बैठक सुरु भएको छ ।

नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनमा भर्खरै सुरु भएको बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ध्रुवबहादुर प्रधान, नेकपा (एमाले) का नेता सुवास नेम्वाङ र नेकपा (माओवादी केन्द्र)का हितराज पाण्डे सहभागी छन् ।

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका मुख्य सचेतक रमेश लेखक, नेकपा(एकीकृत समाजवादी)का प्रमुख सचेतक प्रकाश ज्वाला, राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानेन्द्रबहादुर शाही, राष्ट्रिय जनमोर्चाका चित्रबहादुर केसी, नेपाल मजदूर किसान पार्टीका प्रेम सुवाललगायत उपस्थित छन् ।

सभामुख घिमिरेले सभामुखमा निर्वाचित भएपछि सदनका काम कारबाहीलाई व्यवस्थित र चुस्त ढङ्गबाट अघि बढाउन पहिलो पटक सर्वदलीय बैठक बोलाएका हुन् । उनी यही माघ ५ गते सभामुखमा निर्वाचित भएका हुन्। प्रतिनिधिसभाको आजको बैठकमा उपसभामुख चयन गर्ने कार्यसूची छ ।

प्रकाशित मिति : ७ माघ २०७९, शनिबार  ११ : ४६ बजे

भृकुटीमण्डपमा नेकपाको एकता सन्देश सभा र्‍याली (तस्बिरहरू)

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को एकता सन्देश सभा

राप्ती र नारायणीमा भेटिए नौ भाले घडियाल

नवलपुर– चितवन राष्ट्रिय निकुञ्ज भएर बग्ने राप्ती र नारायणी नदीमा

गाजा क्षेत्रमा १६ लाख मानिस गम्भीर खाद्य संकटको जोखिममा

एजेन्सी – संयुक्त राष्ट्र महासचिव एन्टोनियो गुटेरेसले गाजा क्षेत्रमा करिब

गुल्मीका सरकारी कार्यालयमा जनशक्ति अभाव

गुल्मी– राष्ट्रिय सतर्कता केन्द्रले जिल्लामा अधिकांश सरकारी कार्यालयको सेवा प्रवाह

कोरला सीमामा नेपाल–चीन संयुक्त सुरक्षा गस्ती

मुस्ताङ– उत्तरी चीनको स्वशासित क्षेत्र तिब्बतसँग सीमाना जोडिएको (नेपाल–चीन) उत्तरी