शरीरिक तन्दुरुस्ती परीक्षणसम्बन्धी अनुसन्धान कार्यविधि तयार « Khabarhub

शरीरिक तन्दुरुस्ती परीक्षणसम्बन्धी अनुसन्धान कार्यविधि तयार


७ माघ २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – युवा तथा खेलकुद मन्त्रालयले राष्ट्रियस्तरका खेलाडीको शारीरिक तन्दुरुस्ती परीक्षण गर्ने नीति अघि सारेको छ । त्यसका लागि मन्त्रालयले राष्ट्रियस्तरका खोलाडीको शरीरिक तन्दुरुस्ती परीक्षणसम्बन्धी अनुसन्धान कार्यविधि २०७९ निर्माण गरेको छ ।

विज्ञ जनशक्ति भएको सरकारी निकायसँगको सहकार्यमा यस कार्यलाई फत्ते गर्ने कार्यक्रमको ढाँचा तय गरिएको मन्त्रालयले जनाएको छ । खेलकुद शारीरिक क्रियाकलापमा आधारित एक मनोरञ्जन, प्रतिस्पर्धा र कलात्मक विधा हो । मन्त्रालयले खेलकुदमा सीप र रणनीति मात्र नभई त्यसलाई प्रयोग गर्न सक्ने तन्दुरुस्तीको स्तर पत्ता लगाई सोको प्रवद्र्धन गर्ने नीति ल्याएको हो ।

खेल कौशल वृद्धि गर्ने हेतुले मन्त्रालयको चालु आव २०७९-८० वार्षिक कार्यक्रममा राष्ट्रियस्तरका खेलाडीको शारीरिक तन्दुरुस्ती परीक्षण अनुसन्धान कार्यक्रम राखिएको छ । मन्त्रालयले त्यससम्बन्धी अनुसन्धान गर्न मन्त्रालयको खेलकुद महाशाखा प्रमुखको संयोजकत्वमा सात सदस्यीय कार्यशर्त निर्माण तथा सिफारिस समिति गठन पनि गठन गरेको छ।

प्रकाशित मिति : ७ माघ २०७९, शनिबार  १२ : ११ बजे

सिरियामा अमेरिकी प्रतिशोधी कारबाही, ७० भन्दा बढी निशानामा आक्रमण

वाशिङ्टन डीसी– अमेरिकी सेनाले शुक्रबार सिरियामा ७० भन्दा बढी इस्लामिक

काठमाडौंमा ‘जेन-जीसँग विप्लव अन्तरसंवाद’ कार्यक्रम

काठमाडौं – अखिल समाजवादी केन्द्रीय समितिले आज काठमाडौंमा ‘जेन-जीसँग विप्लव

ड्रोन प्रविधि विस्तारका लागि रूसमा जनशक्ति अभाव

एजेन्सी– रूसलाई ड्रोन क्षेत्रमा करिब ४४ हजार दक्ष तथा विशेष

मुलुकको आर्थिक विकासका लागि सबै उद्यमी–व्यवसायी लाग्नुपर्ने

मोरङ– नेपाली कांग्रेसका केन्द्रीय सदस्य शेखर कोइरालाले खस्किँदै गएको मुलुकको

कोलम्बियाको सैन्य बेसमा आक्रमण : ७ सैनिकको मृत्यु, ३० घाइते

काठमाडौं– कोलम्बियाको उत्तरपूर्वी शहर अगुआचिकामा रहेको एक सैन्य बेसमा विद्रोही