पोखरा विमान दुर्घटनाको सत्यतथ्य सार्वजनिक गर्न माग | Khabarhub Khabarhub

पोखरा विमान दुर्घटनाको सत्यतथ्य सार्वजनिक गर्न माग


७ माघ २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

गण्डकी– पोखरामा माघ १ मा भएको यती एयरलाइन्सको विमान दुर्घटनाको सत्यतथ्य चाँडो सार्वजनिक गर्न दुर्घटना पीडित परिवारका सदस्यले माग गरेका छन् ।

‘यती एयरलाइन्स दुर्घटना प्रभावित नागरिक समाज’द्वारा आज पोखरामा आयोजित भेलामा पीडित परिवारजनले दुर्घटना जाँच आयोगले पीडित पक्षलाई दुर्घटनाबारे विश्वसनीय जानकारी दिन नसकेको र आफूहरूसँग सम्पर्कसमेत नगरेको दुःखेसो गरेका छन् । 

दुर्घटनामा परी निधन भएका स्व एसबिन गुरुङका ठूलाबुवा काजीमान गुरुङले दुर्घटनाले निम्त्याएको शोकलाई शक्तिमा बदल्दै स्व आत्माहरूको शान्तिका लागि सत्यतथ्य छानबिन हुनुपर्नेमा जोड दिए । स्थानीय र संघीय सरकारले दुर्घटनास्थलमा स्मारक पार्क बनाउनुपर्ने उनको माग छ । 

नेपाल पत्रकार महासङ्घका केन्द्रीय सदस्य स्व त्रिभुवन पौडेलका परिवारका प्रतिनिधि तथा नागरिक समितिका सदस्य खेमराज शर्माले दुर्घटनाको सत्यतथ्य छिटो बाहिर ल्याउन आग्रह गर्दै दुर्घटनामा पीडित परिवारलाई क्षतिपूर्तिको यथार्थ विवरण थाहा दिन सरकारसँग आग्रह गरे।

भेलामा क्षेत्रगत प्रभावमा परेका अर्का समाजसेवी नागबेली टोलका संयोजक तथा समाजसेवी क्यामबहादुर गुरुङ र ख्यामनारायण शर्मा पौडेलले दुर्घटनापश्चात दमकल र एम्बुलेन्स घटनास्थल पुग्न गाह्रो भएकाले उद्धारमा अवरोध पुगेकोमा दुःख व्यक्त गरे ।

समाजले आगामी माघ १३ मा शोकसभा आयोजना गर्ने अध्यक्ष तथा प्रेस स्वतन्त्रता सेनानी कुसुमकेशव पराजुलीले बताए। समाजका सदस्य घनश्याम भण्डारीले १३औँ दिनमा स्वस्तिशान्ति, पूजापाठ गर्ने सबै तयारी गरिएको बताए। 

प्रकाशित मिति : ७ माघ २०७९, शनिबार  ७ : २० बजे

सुनील शर्मा र कान्छारामको गर्जनले धानेको बीपी विरासत !

बीपी दम्पती रेलबाट घर फर्कदै थिए। बाहिर मुसलधारे पानी दर्किएको

अनारखेतीबाट वर्षमा ५० लाख आम्दानी गर्ने लक्ष्य

डडेल्धुरा– डडेल्धुराको अजयमेरु गाउँपालिका– २ का कृषकले व्यावसायिक रूपमा अनारखेती

राजस्व सङ्कलनमा ७ प्रतिश बढीले वृद्धि

कैलाली– आन्तरिक राजस्व कार्यालय धनगढीले आर्थिक वर्ष २०८१–०८२ मा दुई

म्याग्दीको बेनी–पुरुण्डी सडकखण्डमा कालोपत्र

म्याग्दी- म्याग्दीको बेनी–अर्थुङ्गे–पुलाचौर सडक योजनाअन्तर्गत बेनीबाट अर्थुङ्गे हुँदै पुरुण्डी खण्डको

मुलुकका अधिकांश भूभागमा वर्षाको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल