पन्ध्र किलो बढी चरेससहित दुई पक्राउ « Khabarhub

पन्ध्र किलो बढी चरेससहित दुई पक्राउ


७ माघ २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर – कञ्चनपुरका दुई जनालाई प्रहरीले १५ किलो पाँच सय २० ग्राम लागुऔषध चरेससहित पक्राउ गरेको छ । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी र जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको टोलीले गोप्य सूचनाका आधारमा बझाङ केदारस्यु गाविस वडा नं ७ घरभै भीमदत्त नगरपालिका–३ तिलकपुर बस्ने करन धामीलाई जाँच गर्दा उहाँको साथबाट चरेस बरामद गरेको हो ।

धामीलाई सोधपुछ गर्दा चरेस शुक्लाफाँटा नगरपालिका–१२ देखतभूली बस्ने महेशप्रसाद भट्टलाई समेत बिक्री वितरण गरेको बताएपछि भट्टलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक भरतराज गिरीले बताइ ।

भट्टको साथबाट ७६ ग्राम लागुऔषध चरेस बरामद भएको उनको भनाइ छ । चरेससहित पक्राउ परेका दुवै जनामाथि प्रहरीले थप अनुसन्धानको कार्य गरिरहेको छ । दुवै जनालाई प्रहरीले शुक्रबार साँझ पक्राउ गरे पनि आजमात्रै जानकारी गराएको छ ।

प्रकाशित मिति : ७ माघ २०७९, शनिबार  ८ : १२ बजे

नेकपा (संयुक्त) का प्रदेशस्तरीय बैठक सम्पन्न

काठमाडौं- नेकपा (संयुक्त) को प्रदेशस्तरीय बैठकहरु सम्पन्न भएका छन् ।

आमनिर्वाचन सफल पार्नुपर्छ : उपसभापति वाग्ले

म्याग्दी- राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति स्वर्णीम वाग्लेले देशको राजनीतिक अन्योल

सिरियामा अमेरिकी प्रतिशोधी कारबाही, ७० भन्दा बढी निशानामा आक्रमण

वाशिङ्टन डीसी– अमेरिकी सेनाले शुक्रबार सिरियामा ७० भन्दा बढी इस्लामिक

काठमाडौंमा ‘जेन-जीसँग विप्लव अन्तरसंवाद’ कार्यक्रम

काठमाडौं – अखिल समाजवादी केन्द्रीय समितिले आज काठमाडौंमा ‘जेन-जीसँग विप्लव

ड्रोन प्रविधि विस्तारका लागि रूसमा जनशक्ति अभाव

एजेन्सी– रूसलाई ड्रोन क्षेत्रमा करिब ४४ हजार दक्ष तथा विशेष