कोरला–त्रिवेणीलाई यातायात सञ्जालले जोड्नुपर्छ : मुख्यमन्त्री अधिकारी | Khabarhub Khabarhub

कोरला–त्रिवेणीलाई यातायात सञ्जालले जोड्नुपर्छ : मुख्यमन्त्री अधिकारी


७ माघ २०७९, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले कोरला र त्रिवेणीलाई यातायात सञ्जालले जोड्नुपर्ने बताए । बेनीमा आज सातौँ म्याग्दी महोत्सव तथा प्रदेशस्तरीय कृषि, पर्यटन, औद्योगिक, व्यापार मेलाको समापन गर्दै मुख्यमन्त्री अधिकारीले चीनको कोरला र भारतको त्रिवेणीलाई सडक र यातायात सञ्जालले जोड्न प्राथमिकता दिएको बताए ।

“चीनको सिमाना कोरला र भारतको सिमाना त्रिवेणी नाकालाई सडक सञ्जालले जोडेर दुवै देशसँगको आर्थिक, सामाजिक र धार्मिक सम्बन्ध विस्तारमा हाम्रो प्राथमिकता रहेको छ”, उनले भने, “कालीगण्डकी करिडोर सडक गण्डकी प्रदेशको लाइफ लाइन हो । यहाँको उत्पादन र खनिजजन्य वस्तुको अन्तर्राष्ट्रिय बजारका लागि दुवै नाका सञ्चालनमा हाम्रो जोड रहन्छ ।”

प्रकृृति र संस्कृतिसँग सम्बन्ध कायम गरेर आर्थिक गतिविधिलाई अघि बढाउन मेला महोत्सव सहयोगी हुने बताउँदै मुख्यमन्त्री अधिकारीले धैर्य र साहसतापूर्वक असहज अवस्थाको सामना गर्न उद्योगी व्यवसायीलाई आग्रह गरे ।

“उद्योगी व्यवसायीलाई अहिले गाह्रो परेको सरकारले महसुस गरेको छ”, अधिकारीले भने, “धैर्य गर्नुहोस्, उद्योग व्यवसाय बन्द नगर्नुहोस् । सरकार साथमा छ । साहस बटुलेर परिस्थितिको सामना गर्नुहोस् ।”

सङ्घीय संसद्ले आवश्यक छिटो ऐन, कानुन बनाएर प्रदेश र स्थानीय तहलाई काम गर्न सहज हुने वातावरण बनाइदिने मुख्यमन्त्री अधिकारीले अपेक्षा गरे। उत्पादन वृद्धि र आत्मनिर्भरतामा सरकारको जोड रहेको बताउँदै उनले म्याग्दीमा बन्द रहेका स्लेट, तामा र खरिढुङ्गा खानी सञ्चालनका लागि आवश्यक ऐन, कानुन बनाउने प्रतिबद्धता जनाए ।

बेनी अस्पतालको निर्माणाधीन ५० शय्या क्षमताको भवन निर्माणको ठेक्का लिएका निर्माण व्यवसायी महासङ्घका अध्यक्ष रवि सिंहलाई जतिसक्दो छिटो काम सक्न निर्देशन दिँदै अधिकारीले बेनी बजार संरक्षण, बेनीको खुलामञ्च खेलमैदान निर्माणलगायतका योजनामा प्रदेश सरकारले साथ दिने बताए ।

गण्डकी प्रदेशसभा सदस्य हरिबहादुर भण्डारीले म्याग्दीका धेरै योजना अधुरा, अलपत्र हुँदा नागरिकले सास्ती पाएको बताउँदै भूगोल र आवश्यकतालाई आधार मानेर बजेट, योजना र कार्यक्रम बनाउन मुख्यमन्त्रीको ध्यानाकर्षण गराए ।

जिल्ला समन्वय समितिका प्रमुख राजकुमार थापाले अधुरा र अलपत्र आयोजनालाई पूर्णता दिनै तीनै तहका सरकारको सक्रियता आवश्यक रहेको बताए । महोत्सव मूल आयोजक म्याग्दी उद्योग वाणिज्य सङ्घका अध्यक्ष बेलबहादुर कटुवालले महोत्सवमार्फत म्याग्दीको सम्भावनाको उजागर, कला र संस्कृतिको संरक्षण, आर्थिक गतिविधिलाई चलायमान बनाउन र प्रतिभाको पहिचान गर्न सहयोग पुगेको बताए ।

पुस २८ गतेदेखि बेनीको खुलामञ्चमा सञ्चालन भएको महोत्सवमा दुई सय ६० व्यापारिक कक्ष राखिएका थिए । महोत्सवको अवसरमा पालिकास्तरीय महिला–पुरुष भलिबल, लोकदोहोरी, चेम्बर लोकतारा, पुरुष बास्केटबल, लठो तान्ने, रत्यौली, छेलो फाल्ने, अन्धनिशान प्रतियोगिता आयोजना गरिएको थियो ।

प्रकाशित मिति : ७ माघ २०७९, शनिबार  ८ : १६ बजे

एमालेको विधान महाधिवेशनमा दुई हजारभन्दा बढी प्रतिनिधि सहभागी हुने

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) को यही भदौ २० देखि

प्रधानमन्त्री भेट्दा मिस्रीको बसाइको आसन भाइरल, अरूसँग कसरी भेटे ? (तस्बिरहरू)

काठमाडौं– भारतीय विदेशी सचिव विक्रम मिस्री यतिबेला काठमाडौंमा राजनीतिक भेटघाटको

चाडपर्वको पूर्व सन्ध्यामा सडक यातायात र पूर्वाधारमा सुधार गर्न सरकारलाई निर्देशन

काठमाडौं– प्रतिनिधिसभा अन्तर्गतको पूर्वाधार विकास समितिले चाडपर्वको पूर्व सन्ध्यामा सडक

फर्स्याइला भरत, ठट्टेउला मुन्धुमविद्

भरत तुङघङ र मेरो पहिलो प्रत्यक्ष भेटघाट संयोगले भएको थियो,

माइलस्टोनमा गृह मन्त्रालय सर्वोत्कृष्ट : लेखकको नेतृत्वमा पाँच वर्षयताकै प्रगति उच्च

काठमाडौं– नेपाल सरकारको नीति तथा कार्यक्रम र बजेट कार्यान्वयनको माइलस्टोनमा