बढी धुवाँ फाल्ने २७ सवारी साधान कारबाहीमा | Khabarhub Khabarhub

बढी धुवाँ फाल्ने २७ सवारी साधान कारबाहीमा


७ माघ २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – वन तथा वातावरण विभागले काठमाडौँ उपत्यकामा मापदण्डभन्दा बढी धुवाँ फालेर वायुप्रदूषण गराउने २७ वटा सवारीसाधनलाई कारबाही गरेको छ ।

काठमाडौं को बबरमहलमा वातावरण विभाग तथा ट्राफिक प्रहरीद्वारा गरिएको प्रदूषण जाँचका क्रममा मापदण्डभन्दा बढी धुवाँ फाल्ने २७ वटा गाडीलाई जरिवानासहित कारबाही गरिएको विभागका महानिर्देशक वनराज घिमिरेले जानकारी दिए ।

उहाँका अनुसार कारबाहीमा परेका गाडीमा भाडाका मिनीबस १४, पिकअप भ्यान आठ, भाडाका माइक्रोबस तीन र कार दुई छन् । वातावरण विभाग बबरमहल र काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयबाट संयुक्तरूपमा खटिएको टोलीले बबरमहलमा ५३ वटा सवारीसाधन जाँच गर्दा २७ सवारीसाधान कारबाहीमा परेका हुन् ।

गाडी मर्मतपछि तोकिएको जरिवाना तिरी ट्राफिक प्रहरीले नियन्त्रणमा लिएका कागजपत्र फिर्ता दिने जनाइएको छ । मापदण्डभन्दा बढी धुवाँ फाल्ने सवारी चलाउँदा वायु प्रदूषण बढ्न गई मानव स्वास्थ्यमा गम्भीर समस्या हुनुका साथै दुर्घटनाको जोखिमसमेत हुने भएकाले सवारीसाधनको अवस्था जाँच गरी चुस्तदुरुस्त अवस्थामा राख्न चालकलाई उपत्यका ट्राफिक प्रहरी कार्यालयका वरिष्ठ प्रहरी उपरीक्षक तथा प्रवक्ता राजेन्द्रप्रसाद भट्टले अनुरोध गरेका छन् ।

प्रकाशित मिति : ७ माघ २०७९, शनिबार  ८ : ५८ बजे

डोल्पामा हिउँ चितुवाको सङ्ख्या नेपालमै उच्च

डोल्पा । हिमाली जिल्ला डोल्पामा दुर्लभ वन्यजन्तु हिउँ चितुवाको सङ्ख्या

सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले लिए अनुमति

काठमाडौं । यस वर्षको वसन्तयाममा सगरमाथा आरोहणका लागि तीन सय

काठमाडाैंमा ‘रोडसाइड रोलकल’ सडक संवाद सुरु

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले आज स्वयम्भूस्थित महाचैत्य प्राङ्गणमा

भारतले रोक्यो नेपाली चियाको निर्यात

झापा । भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर

त्रिभुवन विमानस्थलबाट आठ सय ५० ग्राम सुनसहित एक महिला पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले करिब आठ सय ५०