बढी धुवाँ फाल्ने २७ सवारी साधान कारबाहीमा « Khabarhub

बढी धुवाँ फाल्ने २७ सवारी साधान कारबाहीमा


७ माघ २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – वन तथा वातावरण विभागले काठमाडौँ उपत्यकामा मापदण्डभन्दा बढी धुवाँ फालेर वायुप्रदूषण गराउने २७ वटा सवारीसाधनलाई कारबाही गरेको छ ।

काठमाडौं को बबरमहलमा वातावरण विभाग तथा ट्राफिक प्रहरीद्वारा गरिएको प्रदूषण जाँचका क्रममा मापदण्डभन्दा बढी धुवाँ फाल्ने २७ वटा गाडीलाई जरिवानासहित कारबाही गरिएको विभागका महानिर्देशक वनराज घिमिरेले जानकारी दिए ।

उहाँका अनुसार कारबाहीमा परेका गाडीमा भाडाका मिनीबस १४, पिकअप भ्यान आठ, भाडाका माइक्रोबस तीन र कार दुई छन् । वातावरण विभाग बबरमहल र काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयबाट संयुक्तरूपमा खटिएको टोलीले बबरमहलमा ५३ वटा सवारीसाधन जाँच गर्दा २७ सवारीसाधान कारबाहीमा परेका हुन् ।

गाडी मर्मतपछि तोकिएको जरिवाना तिरी ट्राफिक प्रहरीले नियन्त्रणमा लिएका कागजपत्र फिर्ता दिने जनाइएको छ । मापदण्डभन्दा बढी धुवाँ फाल्ने सवारी चलाउँदा वायु प्रदूषण बढ्न गई मानव स्वास्थ्यमा गम्भीर समस्या हुनुका साथै दुर्घटनाको जोखिमसमेत हुने भएकाले सवारीसाधनको अवस्था जाँच गरी चुस्तदुरुस्त अवस्थामा राख्न चालकलाई उपत्यका ट्राफिक प्रहरी कार्यालयका वरिष्ठ प्रहरी उपरीक्षक तथा प्रवक्ता राजेन्द्रप्रसाद भट्टले अनुरोध गरेका छन् ।

प्रकाशित मिति : ७ माघ २०७९, शनिबार  ८ : ५८ बजे

औसत मिति रट्यो : अझै मनसुन भित्रिएन

काठमाडौं– नेपालमा केही दिन मनसुन सुरु हुन ढिला हुने भएको

परराष्ट्रमन्त्री खनाल र सिपिपिसिसीका अध्यक्ष वाङबीच भेटवार्ता

काठमाडौं– चीनको चारदिने औपचारिक भ्रमणमा रहेका परराष्ट्रमन्त्री शिशिर खनाल र

बारामा घरको छतबाट खसेर एक जनाको मृत्यु

निजगढ– बाराको कोल्हवी नगरपालिका–३ जुगुवा टोलमा आज बिहान घरको छतबाट खसेर

स्वास्थ्य मन्त्रालयले माग्यो परिषद् र निकायका पदाधिकारीका लागि आवेदन

काठमाडौं– स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले विभिन्न परिषद्हरुसंगै शहीद गंगालाल

सुनको मूल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– स्थानीय बजारमा आज सुनको मूल्य बढेको छ । नेपाल