हाम्रा पाइप राणाकालीन छन् : खानेपानीमन्त्री | Khabarhub Khabarhub

हाम्रा पाइप राणाकालीन छन् : खानेपानीमन्त्री


९ फाल्गुन २०७९, मंगलबार  

पढ्न लाग्ने समय : 3 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

मंसिर ४ को संघीय प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा जनताले नयाँ राजनीतिक दलहरुलाई विश्वास गरेका थिए । केही नयाँ राजनीतिक दललहरु सरकारमा समेत सामेल भएका छन् । तर, ती राजनीतिक दलहरुले हिजो निर्वाचनको बेलामा जनतालाई दिएको आश्वासन अनुसार संसदमा र सरकारमा आफ्ना भूमिका निर्वाह गर्न खोजिरहेका छन् त ? यसै विषयमा आधारित रही खानेपानी तथा सरसफाईमन्त्री तथा जनमत पार्टीका उपाध्यक्ष अब्दुल खानसँग सुशील पाण्डेले गरेको कुराकानीको सम्पादित अंश-

खानेपानीको पहुँचबाट बञ्चित भएका जनताको समस्यालाई सम्बोधन गर्ने स्थानमा पुग्नुभएको छ, खानेपानीको समस्या समाधानका लागि के कस्तो उपाय अपनाउन सकिन्छ ?

देशमा संविधान र मूल कानून छ । देश संविधानले चल्ने हो । संविधानले प्रत्येक नागरिकलाई स्वच्छ खानेपानी खान पाउने अधिकार प्रत्याभूत गरेको छ । संविधानको धारा ३५ को उपधारा ४ मा नागरिकलाई खानेपानीको अधिकार दिइएको छ । धारा ३० मा प्रत्येक नागरिकलाई सरसफाइको व्यवस्था हुनुपर्ने भनिएको छ । संविधान बुझेर काम गर्ने हो भने संविधानको पालना र जनताको भलाई दुबै हुने थियो

सरकारले अहिले ल्याएको नीतिगत प्राथामिकता र न्यूनतम साझा कार्यक्रमले जनतालाई पानीको बारेमा धेरै जानकारी गराउँछ । जसमा सूचना पाउनु प्रत्येक नागरिकको हक हो ।

आफ्नो गुनासा प्रत्येक ठाउमा राख्नु नागरिकको हक अधिकार हो । त्यो अधिकारबाट बञ्चित गराउनु अपराध हो । खानेपानी मन्त्रालय तथा अन्य सम्पूण मन्त्रालयले आ आफ्नो स्थानमा सबल पक्ष ओगटेको हुन्छ । खानेपानीको धेरै समस्या रहेको छ । खानेपानी दैनिक नभई नहुने त्यस बिना बाच्न नसक्ने अवस्था सिर्जना भएको छ ।

काठमाडौ उपत्यकामा पानी होईन हावा आउछ त्यो हावा आएको शुल्क तिर्नु पर्छ, यस्ता समस्यालाई समाधान गर्न के गर्नुपर्ला ?

त्यसका लागि काठमाडौँ उपत्यका खानेपानी लिमिटेड केयुकेएल, परियोजना कार्यान्वयन निर्देशनालय (पीआईडी) सबैसँग छलफल गरिरहेका छौँ । समयअनुसार लागि परेका छौँ र सुधार भएको छ । हाम्रा पाइपहरू राणाकालीन छन् ।

टुटीमा पानी होइन हावा नै आएको पाइन्छ । अहिले मेलम्चीको १७ करोड लिटर पानी आइरहेको छ । याङरीलार्ज दोस्रो फेजको योजना रहेको छ जुन मेलम्चीबाट नै हो । मेलम्चीको भत्केको संरचनामा तीन वटा टावर बनाउन सकेमा ५१ करोड लिटर पानी आउने अवस्था रहेको छ जुन काठमाडौँलाई सफिसेन्ट हुन्छ ।

यो काम गर्न कति समय लाग्छ ?

एक वर्षमा पूरा काम सम्पन्न हुन्छ । यहाँ पानी छ, गुणस्तर भने छैन । मैले भनेको थिएँ, सिंहदरबारभित्र पानी ल्याउँछु । मैले मन्त्रालय सम्हालेको २२ २५ दिनभन्दा बढि भएको छैन । र, मैले बोलेका कुरा पूरा गरेको छु ।

तपाई भन्नु भएको थियो नि, पानी ५ सय लिटरको पनि हुने रहेछ, हजार लिटरको पनि हुने रहेछ, नेपालको पानी तथा विदेशबाट आयात भएको पानी भन्न खाज्नुभएको हो ?

यो सबै नेपालको पानी हो । नेपालको जस्तो पानी कहाँ हुन्छ ? आजकल पानी निकाल्न बोरिङ लगाएर अनेक थरी गरेर ठगी गर्ने प्रवृत्ति देखिएको छ ।

यस्ता कार्य रोक्ने उच्च पदमा तपाई हुनुहुन्छ त ?

मैले काम गर्ने वातावरण पाउनु पर्यो । जसकारण कहाँ के कस्ता कार्य भएका छन् त्यो खोतलेर बसेको छु । पानीमा राजनीति हुनु हुँदैन

पानीमा कसरी राजनीति र मनोमानी भएको छ ?

सबै पार्टी नेताहरूलाई आग्रह गर्न चाहन्छु मिडियामार्फत राजनीति गर्नुस्, तर पानी निर्यात गर्नेतर्फ राजनीति नगर्नुस् । पेट्रोलियम पदार्थको आयात धेरै भयो अब हाम्रो देशको पानीको निर्यात गर्नतर्फ प्रोत्साहन हुन जरुरी रहेको छ । नेपालको पानी निर्यात गर्न विदेशीलाई आग्रह गर्न सकिन्छ । यस किसिमका कार्य अगाडि बढाउन प्रबल शक्ति जरुरी छ ।

पानी व्यावसायहरुको चित्त नबुझ्दा कुनै समय पानीको हड्ताल भएको थियो, अब पनि त्यो खालको स्थिती आउनसक्छ ?

त्यो आउनसक्छ । त्यो आउनुभन्दा पहिला पूर्वतयारी गरेर राख्नुपर्छ । यसका निम्ति उहाँहरूसँग सहकार्य गर्न म तयार छु भने उहाँहरूले किन हडताल गर्ने ? एक त हडताल गर्ने बाटो नै दिन्नँ । हस्पिटलमा मान्छे औषधि गराउन आएको हुन्छ, पैसा हुँदैन । त्यहाँ ३० रुपैयाँको पानी किनेर खानुपर्ने अवस्था छ । त्यस्ता मेजर ठाउँमा सार्वजनिक धाराको व्यवस्था गरी पानी सर्वसुलभ उपलब्ध गराउने योजना मेरो हो ।

सार्वजनिक स्थलमा स्वच्छ तथा निःशुल्क पानी पिउन पाउछन् जनताले ?

निःशुल्क भन्दापनि सर्वसुलभ रुपमा हो । सबै कुरा १०० प्रतिशत निःशुल्क हुनु पनि हुँदैन । मिनिमम शुल्क हुनुपर्छ । जस्तो, ३० रुपैयाँको ठाउँमा ३ रुपैयाँ दिए भयो, त्यो किसिमको योजना मैले सोचेको छु । यसको बारेमा मन्त्रालयमा समेत छलफल भएको छ । काठमाडौँको लागि धेरै सोच्नु नै प्रदैन १५ करोड लिटर पानीले छेलोखेलो हुन्छ । जुन मेलम्चीबाट ल्याउने प्रयास भइरहेको छ ।

भित्रभित्र पानीको कार्ययोजना बनिरहेको तर सार्वजनिक हुन मात्र बाँकी हो ?

धेरै योजना बनिसकेका छन् । पानीमा खास धेरै बजेट खर्च भएको छैन । अझ तराई पहाडमा योजना बाँकी छ, त्यो पूरा गर्नु मेरो दायित्व हो ।

कहिलेसम्म ती योजनाहरु आउँछन् ?

एक हप्ताभित्र नै आउँछन् । तराई मधेसलगायत सात वटा नै प्रदेशमा पानी टेस्ट गर्ने भेनहरु सञ्चालन गर्नेछौँ । गाउँगाउँमा पानीको अवस्था कस्तो छ, त्यसमा कुन तत्त्वको मात्रा कति रहेको छ, कहाँ कति खराबी गर्ने तत्त्वहरू छन्, त्यसको स्थिति बुझेर ट्याङकीको व्यवस्था गरेर पानी सप्लाइ गर्दा सहज हुन्छ ।

पानीमा राजनीति धेरै छ, पानीमा माफियाको धेरै कुरा भए, पानीमा राजनीति के हुने रहेछ ?

यो केयुकेएलमा पानीको राजनीति भएर समितिमा नै विवाद छ । योजनाहरू सञ्चालन गर्ने नाम एक जनाको अधिकार अर्कोले जमाउने भएको छ । म भने पानीको समानुपातिक वितरण गर्न तर्फ लाग्ने छु । तराईमा गुणस्तरयुक्त पानी दिने हो ।

अहिले राजनीतिमा पानीको समस्याभन्दा राष्ट्रपति कसलाई बनाउने, कसलाई कुन पद दिने सत्ता समीकरणमा को बस्ने भन्नेमा बढी ऊर्जा र क्षमता खर्च भएको हो ?

हाम्रो इच्छा एक मन्त्रालय मात्र बनाउने होइन । चार पाँच वटा मन्त्रालय भए हुने थियो । यसबाट सबै स्थानमा सजिलोगरी काम गर्न पाइने थियो । राजनीति गरिसकेपछि राजनीति हुनुपर्यो । जसको माध्यमबाट पानीको समस्या चाँडो समाधान गर्ने प्रयास भइरहेको छ ।

प्रस्तुति- कुसुम गौतम

प्रकाशित मिति : ९ फाल्गुन २०७९, मंगलबार  ७ : २२ बजे

राष्ट्रिय सभा बैठक बस्दै

काठमाडौं– संघीय संसद अन्तर्गत राष्ट्रिय सभाको बैठक आज बस्दैछ ।

स्पानियोलसँग रियल म्याड्रिड पराजित

काठमाडौं – स्पेनिस ला लिगमा रियल म्याड्रिडले पराजयको सामना गरेको

शिक्षा समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसद अन्तर्गत रहेको शिक्षा, स्वास्थ्य तथा सूचना समितिको

लुम्बिनी प्रदेशका सहकारीको वर्गीकरण गरिँदै

दाङ– लुम्बिनी प्रदेश सरकारले सहकारी संस्थाको वर्गीकरण गर्ने भएको छ

नटिङघम फरेस्ट : ब्रिङटनविरुद्ध ७ शून्यको शानदार जित

काठमाडौं – इङ्लिस प्रिमियर सिपको खेलमा नटिङघम फरेस्टले शानदार जित