प्रधानमन्त्री प्रचण्डद्वारा ग्याल्बाे ल्होसारको शुभकामना « Khabarhub

प्रधानमन्त्री प्रचण्डद्वारा ग्याल्बाे ल्होसारको शुभकामना


९ फाल्गुन २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ग्याल्बाे ल्होसारको उपलक्ष्यमा सम्पूर्ण शेर्पा दिदीबहिनी दाजुभाइमा सुख, शान्ति, सुस्वास्थ्य र प्रगतिको शुभकामना व्यक्त गरेका छन् । ग्याल्बाे ल्होसार नेपाली बौद्धमार्गी एवं हिमाली आदिवासी शेर्पा समुदायले प्राचीनकालदेखि नै मनाउँदै आएका छन् ।

उनले शुभकामना सन्देशमार्फत ग्याल्बाे ल्होसार नेपालका विभिन्न भू-भागमा बसोबास गर्ने शेर्पा समुदायको नयाँ वर्ष, ऐतिहासिक र प्रेरणादायी दिन भएको बताएका छन् । 

ग्याल्बाे ल्होसारको ऐतिहासिक दिनले आन्तरिक राष्ट्रियता सुदृढ गर्दै आपसी सद्भाव, सहकार्य र एकतालाई थप मजबुत बनाउने उनको विश्वास छ ।

शेर्पालगायत हिमाली भेगका बासिन्दाले आज ग्याल्बो ल्होसार मनाउँदैछन् । ग्याल्बो ल्होसार मान्ने समुदायले आजको दिन गाउँघर र टोलको बाटोघाटो तथा पानीका श्रोतको सरसफाइ, लेनदेनको हिसाब मिलानलगायत काम गरी नयाँ वर्षको स्वागत गर्ने चलन छ ।

नेपालमा तमु, सोनाम र ग्याल्बो गरी तीनवटा ल्होसार मनाउने चलन छ ।

प्रकाशित मिति : ९ फाल्गुन २०७९, मंगलबार  ६ : ४१ बजे

शाहरूख खानको ‘किङ्ग’ को प्रदर्शन मिति घोषणा

काठमाडौं– बलिउडका सुपरस्टार शाहरूख खानको नयाँ एक्शन–थ्रिलर फिल्म ‘किङ्ग’ दर्शकहरूबीच

एमाले अध्यक्ष ओलीकै शैलीमा कांग्रेस नेताको टिप्पणी, ‘विध्वंस मच्चाएर देश खरानी पार्नेहरू बालेन र सुदन’

काठमाडौं- नेपाली कांग्रेसका नेता मीनबहादुर विश्वकर्माले भदौ २३ र २४

शकिबको पुनरागमन खुला

ढाका- बङ्गलादेश क्रिकेट बोर्डका अधिकारीहरूले पूर्वकप्तान तथा स्टार अलराउन्डर शकिब

‘पूर्णबहादुरको सारङ्गी’ टिमका तीन कीर्तिमानीको सहकार्य ‘सिन्दुरे’मा हुँदै

काठमाडौं – नायक विजय बराल र नायिका अञ्जना बराइलीको कीर्तिमानी