रुस-युक्रेन युद्ध र पोल्यान्डको मानवता | Khabarhub Khabarhub

रुस-युक्रेन युद्ध र पोल्यान्डको मानवता


९ फाल्गुन २०७९, मंगलबार  

पढ्न लाग्ने समय : 4 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

जुन समयमा रुसले युक्रेनमा आक्रमण गरेको थियो, सोही समयदेखि प्रेजमसिलसम्मको रेल यात्रा धेरैका लागि जीवन यापनको माध्यम बनेको थियो। अहिले दैनिक पाँच परिवार त्यो प्लेटफर्मबाट पोल्यान्डको सुरक्षित स्थानतर्फ जाने गरेका छन्। सुरुवाती दिनमा जस्तो धेरै भीडभाडमा त त्यहाँ छैन। परन्तु, शरणार्थी जाने क्रम भने रोकिएको छैन। यो साता उनीहरूलाई थप डर पनि छ। कतै राष्ट्रपति पुटिनले युद्ध दोस्रो वर्षमा प्रवेश गरेसँगै आक्रमणको नयाँ नीति त लिने होइनन् भन्ने बारेमा धेरै चिन्तित छन्।

रुसले युद्धको सुरुवात गरेपछि ओल्गा र उनका परिवारले डेढ महिना रुसी सेनाको आक्रमणबाट बचेर जीवन धानेका थिए। त्यही बेसमेन्टको बसाइ उनका लागि कठिन हो। यसै कारण उनी उत्तरी युक्रेन छाडेर अन्यत्र कतै टाढा जाने निर्णय गरेकी हुन्। मार्च महिनामा उनीहरू त्यही बेसमेन्टमा कठिन जीवन बिताउन बाध्य भएका थिए। अलिकति खाद्यान्न जम्मा गरेर उनीहरूले छेवैको सडकमा आगो बालेर पकाउने गरेका थिए।

कतै राष्ट्रपति पुटिनले युद्ध दोस्रो वर्षमा प्रवेश गरेसँगै आक्रमणको नयाँ नीति त लिने होइनन् भन्ने बारेमा धेरै चिन्तित छन्।

‘हामी सुरक्षित महसुस भएपछि मात्र जाने छौं। जब हामी सुतेको समयमा मिसाइल प्रहार हुँदैन, त्यसपछि हामी जाने छौं’, ओल्गाले भनेकी छन्। शिविरको ओछ्यानमा उनीसँगै अन्य दुई जना बच्चा सुती रहेका छन्। तिनीहरूसँगै टाँसिएर एउटा कुकुर पनि बसेको छ।

पुरानो एउटा सपिङ मलमा हजारौँ शरणार्थी बसेका थिए। सहायताका लागि सीमा छेउमा रहेका उनीहरूलाई स्वयंसेवकले खाद्यान्न उपलब्ध गराएका छन्। अहिले त्यहाँ तीन सय जनाले रात कटाउने गरेका छन्। बच्चासहित ओल्गा जर्मनी जाने योजनामा छिन्।

‘म केही सुरक्षित स्थानतर्फ जान खोजी रहेको छु। भविष्यका बारे सोचेर केही योजना बनाउने विचारमा छु। मानिस हामी हराएको भन्ठानेका छन्। तर, हामी भविष्यका बारे सोची रहेका छौ,’ स्लाभियचको घरेलु भूमिमा फर्किएर विगतको त्यो कहालीलाग्दो अवस्था सम्झिएकी छन्। फ्रन्ट लाइनका धेरै युवाको अन्त्येष्टि त उनले कहिल्यै पनि भुल्न सक्ने छैनन्।

उनले १८ वर्ष पुरा भएको जेठो छोरा र कान्छो भाइलाई युक्रेनमै छाडेकी छिन्। यी दुवैको युद्ध लड्ने उमेर पुरा भएको छ। त्यसका लागि दुवै जना तयार भएका छन्। क्रमेजीयल एड सेन्टरका कार्यरत रेडक्रस सेन्टरकी अन्ना मियस्याकमा पनि चिन्ता ठानिएको छ। युद्धमा पीडित कसरी समायोजन गर्ने भन्ने चिन्ता उनीहरूलाई छ। उनीहरूमा रहेको त्यो पीडा कसरी कम गर्ने भन्ने चासो उनमा छ।

सहायताका लागि सीमा छेउमा रहेका उनीहरूलाई स्वयंसेवकले खाद्यान्न उपलब्ध गराएका छन्। अहिले त्यहाँ तीन सय जनाले रात कटाउने गरेका छन्।

‘धेरैलाई लागेको छकी, जब त्यहाँ युद्ध सकिन्छ। उनीहरू सामान्य जीवनमा फर्कने छन्। तर, वास्तवमा त्यो होइन। उनीहरूलाई अझ सहयोगको खाँचो छ। उनीहरूका कथाहरू हृदय विदारक छन्’, पछिल्लो साता मियस्याक पार गर्नेलाई सहयोग उपलब्धि गराउँदै उनले भनेकी छिन्।

युद्धको पहिलो तीन महिनामा ४० लाख शरणार्थी युक्रेनबाट पोल्यान्डमा प्रवेश गरेका थिए। ती मध्येका धेरै जना घर फर्किसकेका छन्। धेरै जना अन्त कतै पनि गएका छन्। रुस युक्रेन युद्ध प्रभावित लाखौँ जना अहिले युरोपका धेरै देशमा शरणार्थीको रूपमा जीवन बिताइ रहेका छन्।
प्रेजमसिलको जनसङ्ख्या मुस्किलले १० प्रतिशतले मात्र बढेको छ। तर, सहयोगी संस्था र दाताहरू के कुरामा सहमत छन् भने पोल्यान्ड सरकारको न्यानो अभिवादनमा चिसो पन आएको छैन। ‘प्रेजमसिलका मानिसहरूको प्रतिक्रिया साँच्चै आश्चर्य जनक छ। ओजोसके बासुयनले भने ‘त्यहाँ युक्रेनबाट आउने ७० प्रतिशत मानिसको काम पाउने गरेका छन्।

‘धेरै जनाले त्यहाँको जनजीवन सामान्य बनाउने कोसिस गरेका छन्। ‘उनीहरूको जीवन सामान्य बनाउनु हाम्रो पनि दायित्व हो ,’ सहयोगमा संलग्न धेरै जनाले भन्ने गरेका छन्। युक्रेन र पोल्यान्डको सीमामा देखिएको त्यो मानवता, त्यो हार्दिकता र त्यो भातृत्वलाई संसारको इतिहासले धेरै वर्षसम्म सम्झने छ। ‘हाम्रो इतिहास धेरैपछि लेखिन सक्ने छ। सायद सन् २१५० मा पनि यो इतिहास लेखिने छ। त्यस समयका हरेकले सम्झने छन् कि सीमामा पोल्यान्ड र युक्रेन बीचको सम्बन्ध कत्ति राम्रो थियो भनेर,’ मेयर बाकुनले भनेका छन्।

युद्धको पहिलो तीन महिनामा ४० लाख शरणार्थी युक्रेनबाट पोल्यान्डमा प्रवेश गरेका थिए। ती मध्येका धेरै जना घर फर्किसकेका छन्।

स्थानीय विद्यालयमा भर्ना भएकी ११ वर्षीया सोफियाका लागि त्यहाँ कुनै अप्ठेरो छैन। खार्किभबाट पोल्यान्ड आएको एक वर्षपछि उनले त्यहीँ बसेर अध्ययन गर्ने निष्कर्ष निकालेकी हुन्। पोल्यान्ड सरकारले क्षतिपूर्तिको रूपमा शरणार्थीलाई शिक्षा र स्वास्थ्यको सुविधा दिएको छ।

पोलिस भाषा सिक्ने क्रममा सोफियालाई रमाइलो पनि महसुस भएको थियो। केही रुसी जस्तो, केही युक्रेनी मिसिए जस्ता अनौठो अनुभव उनलाई भइरहेको छ। उनलाई अहिले पनि गृह सहरको याद आइरहन्छ। त्यसरी याद आइरहँदा उनलाई अनौठो आभास भएको छ। उनले आमासँग धेरै दिनसम्म बेसमेन्टमा कुकुर, बिरालो छाउरो र लोखर्केसँग बिताएकी थिइन्।

ठूलाहरूले युद्ध भएको भन्थे। तर, बिचरी ती सोफियाले त कसरी बुझ्न सकुन् के भएको हो ? भन्ने कुरा। अहिले भने उनको दिन फरक बनेको छ। विद्यालयको काममा नै उनको दिन बित्ने गरेको छ। ‘म अहिले युक्रेन सम्झन पनि चाहन्छ। त्यहाँ जान पनि चाहन्न। ती सबै सम्झँदा मेरो आँखाबाट आँसु आउँछन्। म अहिले भएको कुरा सम्झिरहेको छु। भविष्यको होइन। त्यस कारण म त्यहाँ जान सक्दिन,’ सोफियाले भनिन्।

सहयोगी संस्था र दाताहरू के कुरामा सहमत छन् भने पोल्यान्ड सरकारको न्यानो अभिवादनमा चिसो पन आएको छैन।

सोफिया पढ्ने विद्यालयमा ३३ जना युक्रेनी छन्। यो कुल विद्यार्थी सङ्ख्याको एक तिहाइ हो। त्यहाँका शिक्षक र कर्मचारीले सबैलाई समान व्यवहार गरेका छन्। प्रो फिल भन्ने संस्थाले उनीहरूलाई मनोचिकित्सकबाट काउन्सिल गर्ने गरेको छ। दूर दराजमा पनि मनोचिकित्सकको व्यवस्था छ।

आफै शरणार्थीको रूपमा त्यहाँ पुगेकी टाटीयान बोइको प्रो फिलका लागि काम गर्ने गरेकी छिन्। उनी यस संस्थाको कामले बाल बालिकालाई नयाँ र सुरक्षित भविष्य दिनका लागि सहयोग गर्ने बताएकी छिन्।

ओल्गा र उनका बच्चाका लागि भने पोल्यान्ड एउटा ट्रान्जिट जस्तो मात्र हो। प्रेजमसिलको प्लेटफर्मबाट उनी बच्चासहित अर्को देशका लागि जाने छिन्। उनलाई अर्नोल्ड कुकुरले स्वयंसेवकको काम गरिरहेको छ।

उनले पोल्यान्डमा रहेका सबै जना सुरक्षित भए पनि बारम्बार युक्रेनमा जारी युद्धले झस्काइ रहने भएकाले मनोवैज्ञानिक रूपले उपचार गर्न जोड दिएकी छिन्। जे जस्तो भए पनि हरेक दिनको जीवनबाट केही सान्त्वना लिनुको विकल्प नभएको उनी बताउँछिन्। ओल्गा र उनका बच्चाका लागि भने पोल्यान्ड एउटा ट्रान्जिट जस्तो मात्र हो। प्रेजमसिलको प्लेटफर्मबाट उनी बच्चासहित अर्को देशका लागि जाने छिन्। उनलाई अर्नोल्ड कुकुरले स्वयंसेवकको काम गरिरहेको छ।

मानिस मात्र होइन जनावरका लागि पनि पोलिसहरू उदार छन्। शरणार्थी शिविरबाट मुर्का हराएकी छिन्। युक्रेनबाट आफ्नो घरधनीसँगै छाउरो मुर्का पनि पोल्यान्ड पुगेको हो। पोल्यान्डको त्यो हार्दिकताबाट ओल्गा प्रभावित नभएकी होइनन्। यसका बाबजुद उनको योजना टाढा जाने छ। उनको मनमा अलिकति डर त नलागेको होइन। तथापि, यी सबैलाई पार गर्दै उनी अगाडि बढेकी छिन्। ओल्गा अहिले हरेक कुरा सम्झिएकी छिन्। विगतको यादले बारम्बार सताएको छ। यसका बाबजुद उनी ज्यान जोगाउन पाएकोमा खुसी छिन्।

विगत एक वर्षदेखि रुसी आक्रमण र ज्यादतीको कारण युक्रेनी समस्यामा छन्। पोल्यान्डले भने यस बीचमा मानवताका उदाहरण देखाएको छ। राष्ट्रियता भन्दा मानवताको सोचले नै मानिसलाई महान् बनाउँछ भन्ने उदाहरण पोलिस भएका छन्।
स्रोतः बीबीसी

प्रकाशित मिति : ९ फाल्गुन २०७९, मंगलबार  ८ : २३ बजे

गड्डाचौकीमा आवागमन सहज बनाउन एसएसबीसँग छलफल गर्न गृहमन्त्रीको निर्देशन

काठमाडौं – गृहमन्त्री रमेश लेखकले पश्चिमी सीमानाका गड्डाचौकी भएर ओहोरदोहोर

एक होइन, अनेक सम्भावनाको क्षेत्र हो कर्णाली मुख्यमन्त्री : कँडेल

कर्णाली – कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले कर्णाली प्रदेश

माल्टामा राहदानी घुम्ती सेवा शिविर सञ्चालन हुने

पोर्चुगल – राहदानीलगायतका कागजातसम्बन्धी समस्यामा परेका नेपाली नागरिकलाई सेवा दिन

अफगानिस्तानविरुद्ध नेपालको शानदार जित

काठमाडौं । अन्तरराष्ट्रिय मैत्रीपूर्ण फुटबलमा नेपालले अफगानिस्तानलाई पराजित गरेको छ

‘विद्यालय तहमा कृषि शिक्षालाई जोड दिइने’

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले विद्यालय तहमा