खो खोको उपाधिका लागि ठाकुरबाबा र कीर्तिपुर भिड्दै « Khabarhub

खो खोको उपाधिका लागि ठाकुरबाबा र कीर्तिपुर भिड्दै


९ फाल्गुन २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

भक्तपुर– भक्तपुर नगरपालिकाको आयोजनामा भएको अन्तरनगर पुरुष खो खोको प्रतियोगिताको उपाधिका लागि मंगलबार ठाकुरबाबा र कीर्तिपुर नगरपालिका भीड्दै छन् । यस्तै तेश्रो स्थानका लागि धनगढी उपमहानगरपालिका र आयोजक भक्तपुर नगरपालिकाबीच मंगलबार नै हुँदैछ ।

सोमबार भएको सेमिफाइन खेलमा धनगढी उपमहानगरपालिकालाई हराउँदै ठाकुरबाबा नगरपालिका विजयी बनेको थियो । साथै भक्तपुर नगरपालिका बीलाई हराउँंदै कीर्तिपुर नगरपालिकाले फाइनल यात्रा  तय गरेको थियो ।

विजयी टोलीलाई सांसद प्रेम सुवालबाट पुरस्कार तथा प्रमाणपत्र वितरण गर्ने कार्यक्रम तय गरिएको छ । प्रतियोगितामा प्रथम हुने टिमलाई १ लाख ५० हजार, दोस्रो हुनेलाई  १ लाख र तेस्रो हुनेलाई ५० हजार नगद पुरस्कार प्रदान गरिने छ । साथै प्रत्येक खेलमा सहभागी नगरपालिकाहरूलाई नगद ५ हजार पुरस्कारको व्यवस्था पनि गरिएको छ । खेल महेश्वरी खेल मैदान भक्तपुरमा हुने छ । 

भक्तपुर नगरपालिकाले प्रत्येक वर्ष अन्तर नगर खेलकुद प्रतियोगिता गर्दै आइरहेको छ । यस अन्तर्गत पहिलो वर्ष भलिबल, दोस्रो वर्ष कराँते, तेस्रो वर्ष एथ्लेटिक्स र चौथो वर्ष बुद्धिचाल प्रतियोगिता सफलताका साथ सम्पन्न गरेको थियो । त्यस अनुसार यो वर्ष खो खो प्रतियोगिता भएको हो । प्रतियोगिता फागुन ५ गतेदेखि सुरु भएको थियो ।

प्रकाशित मिति : ९ फाल्गुन २०७९, मंगलबार  १० : ३१ बजे

महाअष्टमीमा सुदूरपश्चिमकै प्रसिद्ध उग्रतारा भगवती मन्दिरमा भक्तजनको घुइँचो

डडेलधुरा – महाअष्टमी पर्वका अवसरमा सुदूरपश्चिमकै प्रसिद्ध धार्मिक शक्तिपीठ उग्रतारा

चङ्गा : अन्तर्राष्ट्रिय खेल पर्यटनदेखि दसैँको उत्सवसम्म

दसैँको सिजन आउँदा सहरका घरका छतहरूबाट चङ्गा उडाउने दृष्य अब

कञ्चनपुरको गड्डाचौकीमा ‘अल्फा’ र ‘डेल्टा’ को ड्युटी: सीमापार अपराध रोक्न कडा सुरक्षा कडाइ

महेन्द्रनगर – नेपाल-भारत सीमावर्ती क्षेत्रमा हुनसक्ने आपराधिक गतिविधि, लागूऔषध ओसारपसार

दसैँको मुखमा नुवाकोटवासीलाई राहत, ढुङ्गे र त्रिशूली बजार जोड्ने झोलुङ्गे पुल सञ्चालन

नुवाकोट – गत भदौ १० गते भोटेकोशीको बाढीले नुवाकोटको विदुर

१२ शय्याबाट सुरु भएको यात्रा: करोडौँको दृष्टि परीक्षण र लाखौँ शल्यक्रिया

काठमाडौँ – कुनै समय पूर्वी नेपालका नागरिकलाई आँखामा सामान्य समस्या