खो खोको उपाधिका लागि ठाकुरबाबा र कीर्तिपुर भिड्दै « Khabarhub

खो खोको उपाधिका लागि ठाकुरबाबा र कीर्तिपुर भिड्दै


९ फाल्गुन २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

भक्तपुर– भक्तपुर नगरपालिकाको आयोजनामा भएको अन्तरनगर पुरुष खो खोको प्रतियोगिताको उपाधिका लागि मंगलबार ठाकुरबाबा र कीर्तिपुर नगरपालिका भीड्दै छन् । यस्तै तेश्रो स्थानका लागि धनगढी उपमहानगरपालिका र आयोजक भक्तपुर नगरपालिकाबीच मंगलबार नै हुँदैछ ।

सोमबार भएको सेमिफाइन खेलमा धनगढी उपमहानगरपालिकालाई हराउँदै ठाकुरबाबा नगरपालिका विजयी बनेको थियो । साथै भक्तपुर नगरपालिका बीलाई हराउँंदै कीर्तिपुर नगरपालिकाले फाइनल यात्रा  तय गरेको थियो ।

विजयी टोलीलाई सांसद प्रेम सुवालबाट पुरस्कार तथा प्रमाणपत्र वितरण गर्ने कार्यक्रम तय गरिएको छ । प्रतियोगितामा प्रथम हुने टिमलाई १ लाख ५० हजार, दोस्रो हुनेलाई  १ लाख र तेस्रो हुनेलाई ५० हजार नगद पुरस्कार प्रदान गरिने छ । साथै प्रत्येक खेलमा सहभागी नगरपालिकाहरूलाई नगद ५ हजार पुरस्कारको व्यवस्था पनि गरिएको छ । खेल महेश्वरी खेल मैदान भक्तपुरमा हुने छ । 

भक्तपुर नगरपालिकाले प्रत्येक वर्ष अन्तर नगर खेलकुद प्रतियोगिता गर्दै आइरहेको छ । यस अन्तर्गत पहिलो वर्ष भलिबल, दोस्रो वर्ष कराँते, तेस्रो वर्ष एथ्लेटिक्स र चौथो वर्ष बुद्धिचाल प्रतियोगिता सफलताका साथ सम्पन्न गरेको थियो । त्यस अनुसार यो वर्ष खो खो प्रतियोगिता भएको हो । प्रतियोगिता फागुन ५ गतेदेखि सुरु भएको थियो ।

प्रकाशित मिति : ९ फाल्गुन २०७९, मंगलबार  १० : ३१ बजे

मुस्ताङ भन्सारबाट एघार अर्बको समान निकासी पैठारी

मुस्ताङ– कोरला नाकास्थित मुस्ताङ भन्सार कार्यालयबाट ११ अर्ब एक करोड

बंगलादेश प्रिमियर लिग : सन्दीपको टिमले आज पहिलो खेल खेल्दै

काठमाडौं – बङ्गलादेश प्रिमियर लिग (बीपीएल)मा आबद्ध भएका नेपाली लेग

ज्येष्ठ नागरिक दिवस : विभिन्न कार्यक्रमका साथ मनाइँदै

काठमाडौं–  ‘हाम्रो साझा अभियानः ज्येष्ठ नागरिकप्रति श्रद्धा र सम्मान’ भन्ने

महाधिवेशन विवाद : कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै

ललितपुर – महाधिवेशनको विवाद फेरि चर्किदै गएको नेपाली कांग्रेसको केन्द्रीय

मुग्लिनमा आजदेखि सुन्तला महोत्सव तथा फुड फेस्टिबल

मुग्लिन– आजदेखि दोस्रो इच्छाकामना सुन्तला महोत्सव तथा ‘फुड फेस्टिबल’ सुरु