निजी सवारीसाधनले बढी भाडा असुल्दा कुशे आवतजावतमा सास्ती « Khabarhub

निजी सवारीसाधनले बढी भाडा असुल्दा कुशे आवतजावतमा सास्ती


९ फाल्गुन २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

जाजरकोट– हिउँदयाममा मात्र सडकको पहुँचमा हुने कुशे गाउँपालिकामा निजी सवारीसाधनले निर्धारित भाडाभन्दा बढी असुल गरेको पाइएको छ। रातो प्लेटको यातायातका साधनले सार्वजनिक यातायातजस्तै गरेर भाडा असुलेर सञ्चालन गर्न नपाइने भए पनि सदरमुकामबाट कुशे आउने अधिकांश सवारीसाधन धेरै रकम उठाइरहेको सरोकारवालको गुनासो छ।

जाजरकोटबाट काठमाडौँ गएको भन्दा बढी भाडा सदरमुकामबाट कुशे गाउँपालिकाको प्रशासकीय केन्द्र भाम्र आएको भाडा रहेको बताइएको छ। रातो प्लेटमा सञ्चालनमा रहेको निजी सवारीसाधनले यात्रुलाई राखेर जबरजस्ती भाडा असुल गरिरहेको स्थानीय कर्णबहादुर थापाले गुनासो गरे। कुशे आवतजावत गर्न सास्ती  हुने गरेको यात्रुको भनाइ छ।

 पाँच यात्रु अट्ने गाडीमा २० यात्रु राखेर गाडी चलाएको प्रहरीले देखे पनि नियन्त्रणतर्फ ध्यान नदिएको उनले बताए।

गाउँपालिकाको केन्द्र जोड्ने सरुगाडमा पुल नहुँदा अर्को समस्या हुँदै आएको छ। साबिकको पैँक, ढिक, खुर्पा, समाइलालगायतका ठाउँलाई पालिकासँग जोड्नका लागि सरुगाड पार गर्नुपर्ने हुन्छ। पालिका भार्म सरुगाडभन्दा पारिपट्टि छ । अर्छानी, टालेगाउँलगायतका ठाउँसमेत सरुगाडभन्दा पारिपट्टि छन्। हिउँदयाममा खोलाको पानी कम भए पनि वर्षायाममा यो बाटोमा यातायातका साधन खोलाकै कारण ठप्प हुँदै आएका छन्। गाउँपालिका स्थापना भएको पहिलो कार्यकाल पूरा भएर दोस्रो काल सुरु हुँदासम्म सडक र पुल निर्माणमा ध्यान नजाँदा सर्वसाधारणले हैरानी खेप्नुपरेको छ।

सबै पालिकाको मुकामका पक्की सडक निर्माण गर्ने सङ्घीय सरकारको नीति रहेको छ। कुशेमा यातायातको साधन चढ्न निकै मुस्किल मात्र होइन, चुनौतीसमेत हुँदै गएको सर्वसाधारण बताउँछन्। छेडा–कुशे र खलङ्गा–कुशे सडक स्तरोन्नतिमा ध्यान नदिए बर्सेनि यहाँका नागरिकले दुःख पाउने क्रम नरोकिने सर्वसाधारण बताउँछन्।

प्रकाशित मिति : ९ फाल्गुन २०७९, मंगलबार  १२ : ०७ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै