‘राजनीतिमा किसुनजीजस्ता निष्ठावान् नेताको खाँचो छ’ « Khabarhub

‘राजनीतिमा किसुनजीजस्ता निष्ठावान् नेताको खाँचो छ’


९ फाल्गुन २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपालको प्रजातान्त्रिक आन्दोलनमा कृष्णप्रसाद भट्टराई किसुनजीले पुर्‍याएको योगदान अविस्मरणीय रहेको बुद्धिजीवीहरुले बताएका छन् । स्व. कृष्णप्रसाद भट्टराई किसुनजी प्रतिष्ठानले ७३औँ प्रजातन्त्र दिवसको अवसरमा आयोजना गरेको विचार गोष्ठी एवम् सम्मान कार्यक्रममा स्वामी आनन्द अरुण र संस्कृतिविद डा. जगमान गुरुङले किसुनजीको व्यक्तित्व सरल, सादगी र निष्ठायुक्त रहेको चर्चा गरे ।

वरिष्ठ पत्रकार युवराज घिमिरेले नेपालको राजनीतिमा किसुनजी जस्ता निष्ठावान् नेताको खाँचो रहेको औँल्याए । कार्यक्रममा बागमती प्रदेशसभाका पूर्व सदस्य नरोत्तम वैद्यले किसुनजीले सदाचारी राजनीतिज्ञको परिचय बनाएको बताए ।

सो अवसरमा प्रतिष्ठानका अध्यक्ष एवम् नेपाली कांग्रेस बागमती प्रदेशका महामन्त्री राजु श्रेष्ठले पार्टी सभापतिजस्तो पदमा हुँदासमेत दुईवटा खल्तीको प्रयोग गरी किसुनजीले व्यक्तिगत कामका लागि आफ्नै खर्च र पार्टीको कामका निम्ति मात्र पार्टीको कोष खर्च गर्ने गरेको घटना स्मरण गरे ।

कार्यक्रममा जिउँदो सहिदका रूपमा मुकेश कायस्थको परिवारलाई सम्मान गरिएको थियो । सहिदका रूपमा भीमबहादुर तामाङको परिवारलाई सम्मान पत्र प्रदान गरिएको थियो ।

प्रकाशित मिति : ९ फाल्गुन २०७९, मंगलबार  १ : २८ बजे

एक महिलासँगको टेलिफोन अडियो प्रकरणमा सांसद सुनारमाथि रास्वपाबाट छानबिन सुरु

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना सांसद खगेन्द्र सुनारमाथि

कांग्रेस महिलातर्फ केन्द्रीय सदस्यमा बासना थापालाई धेरै मतको अग्रता

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्य महिलातर्फ १५

‘डिजिटल त्रिवि’देखि ‘रिसर्च युनिभर्सिटी’सम्म : के–के हुँदैछन् नयाँ काम ?

काठमाडौँ- त्रिभुवन विश्वविद्यालयले आफ्नो प्रशासनिक, शैक्षिक तथा प्राज्ञिक संरचनालाई समयानुकूल

पोखरा-भरतपुर-लुम्बिनीबीच ‘सिल्भर ट्रयाङ्गल’ पर्यटन प्रवर्द्धनको पहल

पाेखरा- देशका मुख्य पर्यटकीय गन्तव्य पोखरा, भरतपुर र लुम्बिनीलाई समेटेर

पोखरामा दसैँका लागि भेडाच्याङग्रा बिक्री गर्न हाटबजार सञ्चालन

कास्की– बडासैँलाई लक्षित गरी पोखरामा १४ हजार ८०० भेडाच्याङ्ग्रा भित्रिएका