इलामको पाथीभरा मन्दिर गाउँपालिकाको स्वामित्वमा  « Khabarhub

इलामको पाथीभरा मन्दिर गाउँपालिकाको स्वामित्वमा 


९ फाल्गुन २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

मङ्गलबारे- इलामको रोङ गाउँपालिकास्थित पाथीभरा मन्दिर गाउँपालिकाको स्वामित्वमा आएको छ । हासपोखरीस्थित कुट्टीडाँडामा अवस्थित पाथीभरा मन्दिरको संरक्षण र प्रवर्द्धनको जिम्मा गाउँपालिकामा आएको हो ।

पालिकाले नयाँ समिति बनाएर व्यवस्थापनको जिम्मा लगाएको छ । उपप्रधानमन्त्री तथा जलस्रोत, सिँचाइ र ऊर्जामन्त्री राजेन्द्र लिङ्देनको उपस्थितिमा गाउँपालिका अध्यक्ष मनिकुमार स्याङ्बोले दिलीप राईको अध्यक्षतामा समिति गठन गरी व्यवस्थापनको जिम्मा लगाइएको हो । गाउँपालिकाले बनाएको समितिले काम सुरु गरिसकेको छ । मन्दिरको विकास, प्रवर्द्धनलगायत काम गर्ने गरी जिम्मेवारी हस्तान्तरण गरिएको गाउँपालिकाका अध्यक्ष मनिकुमार स्याङ्बोले जानकारी दिए ।

छुट्टै एक संस्थाको मातहतमा रहेको उक्त मन्दिरको सञ्चालन तथा व्यवस्थापनको सम्पूर्ण जिम्मेवारी अब गाउँपालिकामा रहने गरी ल्याउन लामो समयदेखि पहल भइरहेको थियो । गाउँपालिकाले पाथीभरा संरक्षण तथा व्यवस्थापन ऐन, २०७९ तयार गरी गाउँ सभाबाट गत माघ ११ गते पारित गरेको थियो । स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ११ अनुसार कार्यविधि बनाइ जैविक विविधता तथा धार्मिक क्षेत्रको संरक्षण गर्ने गरी उक्त मन्दिर गाउँपालिकाको स्वामित्वमा ल्याएको हो ।

राईको अध्यक्षतामा स्थानीयवासी, माला व्यवसायी, गैरसरकारी संस्था, चन्दादाता, शिक्षक र प्रत्येक वडाबाट एक एक जना गरी १९ सदस्यीय समिति निर्माण गरी मन्दिर व्यवस्थापनको जिम्मा दिइएको छ । बर्सेनि पाँच लाख भक्तजन भित्र्याएर एक करोड रुपैयाँ भन्दा बढी आम्दानी गर्ने लक्ष्य  गाउँपालिकाको छ ।

प्रकाशित मिति : ९ फाल्गुन २०७९, मंगलबार  ३ : ०९ बजे

महाअष्टमीमा मैतीदेवी मन्दिरमा भक्तजनको घुइँचो (तस्बिरहरू) 

काठमाडौँ- बडादसैँको आठौँ दिन महाअष्टमीका अवसरमा काठमाडौंको मैतीदेवी मन्दिरमा बिहानैदेखि दर्शनार्थीको

रुबियो भारत भ्रमणमा, ऊर्जा र व्यापार सहकार्य प्राथमिकतामा

वासिङ्टन– अमेरिकी विदेशमन्त्री मार्को रुबियो भारत र उज्बेकिस्तानको भ्रमणका लागि

चितवन कारागारका कैदीबन्दीमा छैन दसैँको उत्साह

चितवन- विगतका वर्षमा खेलकुद, सांस्कृतिक कार्यक्रम, नाचगान र सामूहिक भोज गरेर

जलजला बाढीपहिरो प्रभावितलाई प्रवासीबाट साढे सात लाखभन्दा बढी सहयोग

म्याग्दी- पछिल्लो मनसुनजन्य विपद्बाट प्रभावित पर्वतको जलजला गाउँपालिकालाई अस्ट्रेलियामा रहेका

महाअष्टमीमा सुदूरपश्चिमकै प्रसिद्ध उग्रतारा भगवती मन्दिरमा भक्तजनको घुइँचो

डडेलधुरा – महाअष्टमी पर्वका अवसरमा सुदूरपश्चिमकै प्रसिद्ध धार्मिक शक्तिपीठ उग्रतारा