उत्कृष्ट पथप्रदर्शक पुरस्कृत « Khabarhub

उत्कृष्ट पथप्रदर्शक पुरस्कृत


९ फाल्गुन २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

भक्तपुर- भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले सरकारले काठमाडौँ उपत्यकालाई सांस्कृतिक क्षेत्र घोषणा गरी पर्यटकीय गन्तव्य स्थल बनाउन माग गरेका छन् ।

आज भक्तपुर नगरपालिकाले आयोजना गरेको ३४औँ अन्तर्राष्ट्रिय पथप्रदर्शक दिवसमा बोल्दै उनले सांस्कृतिक सहरलाई राज्यले सांस्कृतिक क्षेत्र घोषणा गर्नुपर्ने बताएका हुन् । पर्यटनबाट आउने प्रतिफल सर्वसाधारण जनतासम्म पुर्‍याउन भक्तपुर नगरपालिकाले यसमा संलग्न पर्यटनकर्मीलाई रोजगारीको अवसर सृजना गरिरहेको उनले बताए ।

भक्तपुरका उत्कृष्ट पथप्रदर्शकहरू माधव कपाली, राजकुमार आचार्य, विष्णुप्रसाद सुवाल र रत्नकृष्ण प्रजापतिलाई उनले सो अवसरमा पुरस्कार प्रदान गरे । कार्यक्रममा भक्तपुर नपाका उपप्रमुख रजनी जोशीले पथप्रदर्शकले पर्यटकहरूलाई सत्य तथ्य सूचना प्रवाह गरी नगरको प्रवर्द्धनमा टेवा पुर्‍याउन प्रेरित गर्नुपर्ने बताए ।

स्थानीय पथप्रदर्शक परिचालन समितिका संयोजक गौतमप्रसाद लासिवाले भक्तपुर नगरमा कार्यरत स्थानीय पथप्रदर्शकको परिपालना, शिष्टता, नियमित योगदान, पहिरन, दक्षता, लगनशीलता आदि विषयमा मूल्याङ्कन गरी उत्कृष्ट पथप्रदर्शकलाई पुरस्कृत गर्ने निर्णय गरेको बताए ।

प्रकाशित मिति : ९ फाल्गुन २०७९, मंगलबार  ३ : ५४ बजे

सिधा सडकले जोडियो ढोरपाटन–तकसेरा

बागलुङ– बागलुङको ढोरपाटन र पूर्वी रुकुमको तकसेरा गाउँ सिधा सडक

हिजबुल्लाहको रकेट आक्रमणपछि इजरायलले गर्‍यो बेरुतमा बमबारी

काठमाडौं – इजरायलको उत्तरी क्षेत्र हाइफा नजिकै रहेको सैन्य अखडामा

‘लालिमा’को ट्रेलर सार्वजनिक, २४ घण्टा नबित्दै ट्रेन्डिङमा

काठमाडौं – चुनावका कारण फिल्मी गतिविधि शून्यप्रायः रहेका बेला फिल्म

भारत सरकारबाट नेपाललाई ३० थान ‘वान टन’ सवारी हस्तान्तरण

वीरगञ्ज– भारत सरकारले प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गरी नेपाललाई ३०

आगलागीका घटनामा वृद्धि, सावधानी अपनाउन प्राधिकरणको आग्रह

काठमाडौं– राष्ट्रिय विपद् जोखिम न्यूनीकरण प्राधिकरणले यही फागुन १६ गते