फोहोरमैला व्यवस्थापन गर्न डोटीका व्यापारीलाई डोको « Khabarhub

फोहोरमैला व्यवस्थापन गर्न डोटीका व्यापारीलाई डोको


९ फाल्गुन २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

डोटी- डोटीको बोगटान फुड्सिल गाउँपालिका–१ अन्तर्गतको छिडीखान क्षेत्रका व्यापारीलाई फोहोरमैला व्यवस्थापनका लागि डोको वितरण गरिएको छ।

‘युएम एन डोटी’ र ग्रामीण सामुदायिक विकास केन्द्रको संयुक्त साझेदारीमा सञ्चालित क्लाइमेट परियोजनाअन्तर्गत बोगटान फुड्सिल–१ सितको समन्वयमा २० व्यापारीलाई डोको वितरण गरिएको हो । स्थानीय स्तरमा उपलब्ध हुने बाँस तथा निगालोबाट बनाइएका डोकालाई डस्टबिनका रूपमा प्रयोग गर्दा बजार क्षेत्रमा सरसफाइमा सहयोग पुग्नाका साथै प्लास्टिक मुक्त क्षेत्रमा मद्दत पुग्ने बोगटान फुड्सिल–१ वडाध्यक्ष खेमबहादुर घर्तिमगरले बताए।

उनले भने, ‘डस्टबिनका रूपमा डोकोको प्रयोग गर्दा स्थानीय स्तरमा निर्माण गरिएका कच्चापदार्थको बजारीकरणमा सहयोग पुग्नाका साथै नागरिकले सहज रूपमा प्रयोगमा ल्याउन सक्ने छन् ।’  स्थानीय स्तरमै बाँस–निगालाबाट निर्माण गरिएका डोका डस्टबिनका रूपमा डोटीमा पहिलो पटक प्रयोगमा ल्याइएका हुन् ।

प्रकाशित मिति : ९ फाल्गुन २०७९, मंगलबार  ४ : ४७ बजे

महाअष्टमीमा मैतीदेवी मन्दिरमा भक्तजनको घुइँचो (तस्बिरहरू) 

काठमाडौँ- बडादसैँको आठौँ दिन महाअष्टमीका अवसरमा काठमाडौंको मैतीदेवी मन्दिरमा बिहानैदेखि दर्शनार्थीको

रुबियो भारत भ्रमणमा, ऊर्जा र व्यापार सहकार्य प्राथमिकतामा

वासिङ्टन– अमेरिकी विदेशमन्त्री मार्को रुबियो भारत र उज्बेकिस्तानको भ्रमणका लागि

चितवन कारागारका कैदीबन्दीमा छैन दसैँको उत्साह

चितवन- विगतका वर्षमा खेलकुद, सांस्कृतिक कार्यक्रम, नाचगान र सामूहिक भोज गरेर

जलजला बाढीपहिरो प्रभावितलाई प्रवासीबाट साढे सात लाखभन्दा बढी सहयोग

म्याग्दी- पछिल्लो मनसुनजन्य विपद्बाट प्रभावित पर्वतको जलजला गाउँपालिकालाई अस्ट्रेलियामा रहेका

महाअष्टमीमा सुदूरपश्चिमकै प्रसिद्ध उग्रतारा भगवती मन्दिरमा भक्तजनको घुइँचो

डडेलधुरा – महाअष्टमी पर्वका अवसरमा सुदूरपश्चिमकै प्रसिद्ध धार्मिक शक्तिपीठ उग्रतारा