बागलुङको बरेङ गाउँपालिकाले किसानसँग छलफल गरी योजना बनाउने « Khabarhub

बागलुङको बरेङ गाउँपालिकाले किसानसँग छलफल गरी योजना बनाउने


९ फाल्गुन २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

बलेवा- कृषि तथा पशुजन्य उत्पादन वृद्धि र बजारीकरणका लागि बागलुङको बरेङ गाउँपालिकाले किसानसँग छलफल थालेको छ । गाउँपालिकाले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट बनाउनु पूर्व किसानसँग छलफल थालेको हो । किसानका समस्या एकातर्फ र गाउँपालिकाको बजेट तथा कार्यक्रम अर्कोतर्फ हुने गरेकाले किसानका समस्या पहिचान गर्न छलफल थालिएको गाउँपालिका अध्यक्ष कृष्णप्रसाद शर्माले बताए ।

बरेङले योजना निर्माण पूर्व व्यावसायिक किसानसँग छलफल थालेको यो पहिलो पटक हो । ‘हामीले कृषि क्षेत्रमा धेरै लगानी गरिरहेका छौँ, त्यसको प्रगति, किसान सन्तुष्ट छन् कि छैनन् भनेर खोजी गर्न विज्ञसहितको छलफल थालेका हौँ’, अध्यक्ष शर्माले भने, ‘हामीले कल्पना गरेका भन्दा फरक समस्या र चुनौती किसानले सुनाउनुभएको छ, अब योजना निर्माण गर्दा समस्याको समाधान गर्ने गरी काम गर्छौँ ।’

‘हामीले गोठ व्यवस्थापनको योजना बनाउने, किसानलाई खोर व्यवस्थापन आवश्यक हुने’,उनले भने,’बीउ मल चाहिने बेला सिँचाइ र सिँचाइ चाहिने बेला बीउ मलको चर्चा हुने परिपाटीको अन्त्य गर्न सम्बन्धित किसानसँगै छलफल थालिएको हो ।’ पालिकाले सोमबार ६३ जना व्यावसायिक किसानलाई भेला गरेर कृषि विज्ञसँग छलफल गराएको थियो । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना बागलुङ, चितवन र ललितपुरमा कार्यरत कृषिविज्ञ सुजित पौडेल, नारायण पौडेल, दीपक शर्मा, इन्द्र ढुङ्गाना, माधव पौडेलसँग किसानले छलफल गरेका  थिए ।

किसानले उत्पादनमा एकरूपता नहुनु, बजारीकरणमा समस्या, उत्पादन समयमा बजार पुर्याउन नसक्दा लागत बढ्नु व्यावसायिक किसानका समस्या भएको बताए । ‘हामीले उत्पादन गरेका बङ्गुरले बजार पाउँदैनन्, बाहिरी बजारबाट आएको मासुले मूल्य घटाइदिन्छ’, किसान सन्त श्रीषले भने, ‘थोरै उत्पादन बजार नपुग्ने, एउटै किसानले धेरै उत्पादन गर्न नसक्ने समस्या छ ।’ किसानले एकीकृत खेती प्रणाली, सामूहिक लगानी र उत्पादन तथा बजारीकरण गर्नुपर्नेमा जोड दिएका थिए ।

किसानले कृषि उपजको बजारीकरण सहज बनाउन सन्त श्रीषको संयोजकत्वमा १५ सदस्यीय समिति गठन गरेको छ । किसानले कृषि उपज सङ्कलन केन्द्र, बजारीकरण र उत्पादन लागतमा सहयोग गर्न पालिकालाई आग्रह गरेका थिए ।

प्रकाशित मिति : ९ फाल्गुन २०७९, मंगलबार  ४ : ५८ बजे

व्यक्तिगत स्वार्थभन्दा माथि उठेर देश र जनताका लागि केन्द्रित हुनुपर्छ : अध्यक्ष बिजुक्छे

भक्तपुर – नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले सत्तामा

खोरसोरमा पर्यटकको आकर्षण : ‘गोविन्दे’ र ‘रोनाल्डो’ को रजगज

नारायणगढ – पर्यटकीय दृष्टिकोणले ‘अफसिजन’ (बेमौसम) मानिने वर्षातको समयमा पनि

भदौरे वर्षातले धानबालीलाई राहत

महोत्तरी – भदौरे वर्षातले महोत्तरीमा धानबालीलाई राहत मिलेको छ ।

पार्टी पुनर्गठनको हल्ला बेमौसमी बाजा र अध्यक्षबाट मलाई हटाउने षड्यन्त्र हो : ओली

काठमाडौं – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टी पुनर्गठनको

ट्याक्टरले च्यापिएर चालकको मृत्यु

गोरखा – गोरखामा बारी जोत्ने ट्याक्टरले चेपेर चालकको मृत्यु भएको