कर्जा लिँदा ब्याजदरबारे पूर्ण जानकारी लिन नेपाल राष्ट्र बैंकको आग्रह « Khabarhub

कर्जा लिँदा ब्याजदरबारे पूर्ण जानकारी लिन नेपाल राष्ट्र बैंकको आग्रह


९ फाल्गुन २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिँदा ब्याजदरबारे पूर्ण जानकारी लिन नेपाल राष्ट्र बैंकले आग्रह गरेको छ । राष्ट्र बैंकले ब्याज र आम्दानीमा तालमेल नभएमा कर्जा भुक्तानीमा समस्या आउन सक्नेतर्फ सचेत पनि गराएको छ ।

राष्ट्र बैंकले एक सूचना जारी गर्दै निश्चित आय भएका व्यक्तिले परिवर्तनशील ब्याजदरमा कर्जा उपयोग गर्दा आम्दानी र खर्चबीच सामञ्जस्यता हुन नसक्ने र कर्जा भुक्तानीमा समस्या हुने अवस्थालाई ध्यान दिई व्यक्तिगत कर्जाहरु स्थिर ब्याजदरमा उपलब्ध गराउनुपर्ने व्यवस्था गरिएको जनाएको छ ।

स्थिर ब्याजदरमा कर्जाको उपयोग गर्दा ब्याज रकम बढ्दैन भने निर्धारित अवधिमै कर्जा भुक्तानी गर्न सकिने र निश्चित आय भएका व्यक्तिको वित्तीय अवस्थामा नकारात्मक असर नपार्ने उक्त सुचनामा उल्लेख गरीएको छ । बैंकले ब्याजदर निर्धारण र ब्याजदर परिवर्तन हुने सर्त बुझेर मात्र कर्जाको उपयोग गर्न ऋणीलाई आग्रह पनि गरेको छ ।

प्रकाशित मिति : ९ फाल्गुन २०७९, मंगलबार  ५ : ५७ बजे

नवलपरासीमा बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते

नवलपरासी– नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को विनयी त्रिवेणी गाउँपालिका–२ एस मोडस्थित

बाढीपछि उजाडियो सेतीवेणी, करोडौँको क्षति

पर्वत– असोज ८ गतेदेखि लगातार वर्षा हुने पूर्वसूचना पाए पनि

उडिरहेको जहाजमा चक्कु प्रहारबाट घाइते पाइलट स्मित मच्छरसँग भारतीय प्रधानमन्त्री मोदीको टेलिफोन संवाद

काठमाडौँ– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले फ्लाईदुबईका घाइते पाइलट क्याप्टेन स्मित

धादिङको फुर्केखोला वैकल्पिक सडक पाँच घण्टा बन्द हुने

धादिङ– पृथ्वी राजमार्गअन्तर्गत धादिङको गजुरी गाउँपालिका–२ स्थित फुर्केखोलाको पुल बगाएपछि

यी भूभागमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल