बहराइनका नरेशद्वारा डा. रुइतलाई ईसा अवार्ड प्रदान « Khabarhub

बहराइनका नरेशद्वारा डा. रुइतलाई ईसा अवार्ड प्रदान


९ फाल्गुन २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– वरिष्ठ नेत्ररोग विशेषज्ञ डा. सन्दुक रुइतले बहराइनको प्रतिष्ठित ईसा अवार्ड प्राप्त गरेका छन् । मानवताका लागि सेवा गरेको भन्दै बहराइनका नरेश हमाद बिन इशा अल खलिफाले डा. रुइतलाई १० लाख अमेरिकी डलर अर्थात् १३ करोड नेपाली रुपैयाँभन्दा बढीसहित सम्मान गरेका हुन् ।

बहराइनको राजधानी मनामास्थित इसा साँस्कृतिक केन्द्रमा आयोजित एक समारोहमाझ डा. रुइतलाई अवार्ड प्रदान गरिएको हो ।

समारोहमा बहराइनका नरेश अल खलिफाले डा. रुइतले गरेका मानवीय कार्य उदाहरणीय रहेको बताए ।

समारोहमा डा. रुइतले आफूले प्राप्त गरेको अवार्ड आफ्ना लाखौँ बिरामी, उनीहरुका परिवार, आफ्नो टिम र सारा नेपाली जनताप्रति समर्पित रहेको बताए ।

प्रकाशित मिति : ९ फाल्गुन २०७९, मंगलबार  ६ : १८ बजे

रास्वपाको दुईदिने ‘नीति, सङ्गठन र नेतृत्व’ मन्थन सुरु

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय सदस्यका लागि आयोजना गरेको

बागमती प्रदेशलाई पर्यटकको हब बनाउने योजना

भक्तपुर– बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले प्रदेशलाई धार्मिक पर्यटकीय क्षेत्रको

जनकपुरका पोखरीलाई अतिक्रमणमुक्त बनाउन डोजर चलाइयो

जनकपुरधाम– जनकपुरधामका पोखरीको जग्गा अतिक्रमण गरी निर्माण गरिएका संरचना हटाउन

चार महिनामा विपद्का पाँच हजार बढी घटना, २५० जनाको मृत्यु

काठमाडौँ– बितेको चार महिनामा देशका विभिन्न भागमा पाँच हजारभन्दा बढी

बर्खामा पनि दोहन भइरहेछ कालीगण्डकी (तस्बिर)

बागलुङ– कानुनतः वर्षातको समयमा नदीजन्य पदार्थ उत्खनन् गर्न पाइँदैन ।