औद्योगिक क्षेत्र निर्माणमा सबै क्षेत्रको सहयोग र समन्वय आवश्यक : मन्त्री भण्डारी « Khabarhub

औद्योगिक क्षेत्र निर्माणमा सबै क्षेत्रको सहयोग र समन्वय आवश्यक : मन्त्री भण्डारी


९ फाल्गुन २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले औद्योगिक क्षेत्र निर्माणमा सबै क्षेत्रको सहयोग र समन्वय आवश्यक रहेको बताएका छन् ।

कोहलपुर उद्योग वाणिज्य सङ्घले आज आयोजना गरेको अन्तरक्रियामा मन्त्री भण्डारीले राजनीतिक खिचातानीका कारण देशमा औद्योगिक क्षेत्रको विकास हुन नसकेको बताए ।

उनले औद्योगिक क्षेत्र निर्माण कार्य हुन नसक्दा वार्षिकरुपमा विकास बजेट फिर्ता हुने समस्याप्रति चिन्ता व्यक्त गर्दै नौवस्ता औद्योगिक क्षेत्र निर्माण कार्य सम्पन्न गर्नसके लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको केन्द्रबिन्दुका रुपमा स्थापना हुने विश्वास व्यक्त गरे ।

उद्योग व्यवसायको विकासबाट मात्रै मुलुकमा आर्थिक समृद्धि हासिल हुने भएकाले स्थानीयस्तरमा देखिएका समस्या समाधान गरी औद्योगिक क्षेत्र निर्माणमा सबै क्षेत्रको समन्वय आवश्यक रहेको मन्त्री भण्डारीको भनाइ छ ।

उनले अहिले मुलुकमा ठूला व्यापारीका कारण आर्थिक सङ्कट देखा परेको टिप्पणी गर्दै उद्योगी र व्यापारीलाई चर्को शुल्क लिने नेपाल सरकार मातहत रहेका बैंक नभएको दाबी गरे । उनले सबै निजी बैंक तथा वित्तीय संस्थाका सञ्चालक नै उद्योगी रहेको उल्लेख गर्दै निजी बैंकको घेराबन्दीका कारण साना तथा मध्यम व्यापारीलाई थप समस्या देखा परेको बताए ।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासङ्घका केन्द्रीय सदस्य चक्र अधिकारी, कोहलपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष लक्ष्मणराज पौडेल, उद्योगी डोलनाथ खनाल, यातायात व्यवसायी मनप्रसाद आचार्यलगायतको उपस्थिती रहेको थियो ।

प्रकाशित मिति : ९ फाल्गुन २०७९, मंगलबार  ७ : ५८ बजे

१४ हजार विद्यार्थीको जन्मजात मुटु रोग तथा बाथ मुटु रोग परीक्षण गर्दै कामपा

काठमाडौं– काठमाडौँ महानगरपालिकाले विद्यालय उमेरका १४ हजार बालबालिकाको जन्मजात मुटु

इरानमा सत्ता अनिश्चितता, खामेनेई कोमामा

लन्डन– इरानको नेतृत्वबारे अनिश्चितता बढिरहेका बेला सर्वोच्च नेता मोजताबा खामेनेई

लागुऔषधसहित दुईजना भारतीय पक्राउ

काठमाडौं– लागूऔषध नियन्त्रण ब्युरो कोटेश्वरको टोलीले गए राति काठमाडौँ महानगरपालिका–९ पिङ्गलास्थानबाट

चन्द्र उडानपछि फर्किँदै आर्टेमिस टोली

ह्युस्टन– इतिहास रेकर्ड तोड्दै चन्द्रमाको दुर्लभ दृश्यहरूको साक्षी बनेको आर्टेमिस

घुस लिएको आरोपमा सप्तरीको कञ्चनपुर प्राधिकरणका प्रमुख दास अख्तियारको नियन्त्रणमा

सप्तरी– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सप्तरीस्थित नेपाल विद्युत प्राधिकरण कञ्चनपुर,