औद्योगिक क्षेत्र निर्माणमा सबै क्षेत्रको सहयोग र समन्वय आवश्यक : मन्त्री भण्डारी « Khabarhub

औद्योगिक क्षेत्र निर्माणमा सबै क्षेत्रको सहयोग र समन्वय आवश्यक : मन्त्री भण्डारी


९ फाल्गुन २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले औद्योगिक क्षेत्र निर्माणमा सबै क्षेत्रको सहयोग र समन्वय आवश्यक रहेको बताएका छन् ।

कोहलपुर उद्योग वाणिज्य सङ्घले आज आयोजना गरेको अन्तरक्रियामा मन्त्री भण्डारीले राजनीतिक खिचातानीका कारण देशमा औद्योगिक क्षेत्रको विकास हुन नसकेको बताए ।

उनले औद्योगिक क्षेत्र निर्माण कार्य हुन नसक्दा वार्षिकरुपमा विकास बजेट फिर्ता हुने समस्याप्रति चिन्ता व्यक्त गर्दै नौवस्ता औद्योगिक क्षेत्र निर्माण कार्य सम्पन्न गर्नसके लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको केन्द्रबिन्दुका रुपमा स्थापना हुने विश्वास व्यक्त गरे ।

उद्योग व्यवसायको विकासबाट मात्रै मुलुकमा आर्थिक समृद्धि हासिल हुने भएकाले स्थानीयस्तरमा देखिएका समस्या समाधान गरी औद्योगिक क्षेत्र निर्माणमा सबै क्षेत्रको समन्वय आवश्यक रहेको मन्त्री भण्डारीको भनाइ छ ।

उनले अहिले मुलुकमा ठूला व्यापारीका कारण आर्थिक सङ्कट देखा परेको टिप्पणी गर्दै उद्योगी र व्यापारीलाई चर्को शुल्क लिने नेपाल सरकार मातहत रहेका बैंक नभएको दाबी गरे । उनले सबै निजी बैंक तथा वित्तीय संस्थाका सञ्चालक नै उद्योगी रहेको उल्लेख गर्दै निजी बैंकको घेराबन्दीका कारण साना तथा मध्यम व्यापारीलाई थप समस्या देखा परेको बताए ।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासङ्घका केन्द्रीय सदस्य चक्र अधिकारी, कोहलपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष लक्ष्मणराज पौडेल, उद्योगी डोलनाथ खनाल, यातायात व्यवसायी मनप्रसाद आचार्यलगायतको उपस्थिती रहेको थियो ।

प्रकाशित मिति : ९ फाल्गुन २०७९, मंगलबार  ७ : ५८ बजे

नमोबुद्धमा ‘सेभेन ए साइड’ फुटबल प्रतियोगिता हुँदै

काभ्रेपलाञ्चोक– सोनाम ल्होसारका अवसरमा काभ्रेको नमोबुद्ध नगरमा राष्ट्रिय फुटबल प्रतियोगिताको

हेटौँडाको महाशक्ति साबुन उद्योगमा आगालगी

मकवानपुर– मकवानपुरको हेटौँडा उपमहानगरपालिका–८ स्थित औद्योगिक क्षेत्रभित्र रहेको महाशक्ति साबुन

मैदान फेरियो तर लक्ष्य उही छ : ज्ञानेन्द्र मल्ल

काठमाडौं – पूर्व क्रिकेटर एवम् राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) समानुपातिक

त्रिभुवन विश्वविद्यालयले अतिरिक्त क्रियाकलापलाई शैक्षिक अङ्कभार दिने

काठमाडौं– त्रिभुवन विश्वविद्यालयका विद्यार्थीले अब शैक्षिक प्रमाणपत्रमा पढाइसँगै उनीहरूले गरेका

एक तोला सुनको मूल्य : ३ लाख ३ हजार ८०० रुपैयाँ

काठमाडौं– नेपाली बजारमा सुनको मूल्यले आज पनि नयाँ रेकर्ड बनाएको