इथियोपियाद्वारा रंगशाला निर्माण गरिरहेको चिनियाँ कम्पनीसँगको सम्झौता रद्द « Khabarhub

इथियोपियाद्वारा रंगशाला निर्माण गरिरहेको चिनियाँ कम्पनीसँगको सम्झौता रद्द


९ फाल्गुन २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अफ्रिकी मुलुक इथियोपियाले चिनियाँ निर्माण कम्पनीसँगको सम्झौता रद्द गरेको छ । इथियोपियाले राजधानी आदिस अबाबामा निर्माणधीन आदे अबाबा राष्ट्रिय रंगशालाको सम्झौता रद्द गरेको हो ।

दुई पक्षबीच रंगशाला निर्माणका लागि हुन आउने खर्चका बारेमा सहमति जुट्न नसकेपछि चिनियाँ कम्पनीसँग सम्झौता रद्द गरेको हो । इथियोपियाबाट प्रकाशित हुने इथियोआनेगरी अनलाइनले जनाएअनुसार मुलुकको सँस्कृति, खेलकुद तथा पर्यटन मन्त्रालयले चिनियाँ कम्पनी चाइना कन्स्ट्रक्सन एण्ड डिजाइन कर्पोरेसनसँगको सम्झौता रद्द गरेको हो ।

मन्त्रालयले उक्त कम्पनीलाई १२ अर्ब ५० करोड इथियोपियन बीर अर्थात् २३ करोड अमेरिकी डलरभन्दा धेरै तिर्न तयार भएपनि कम्पनीले १७ अर्ब बीर अर्थात् करिब ३१ करोड ६० लाख अमेरिकी डलरको माग गरेको जनाइएको छ ।

कम्पनीले माग गरेको रकम तिर्न नसकिने इथियोपियाका सँस्कृति एवम् खेलकुदमन्त्री केजेला मेगेर्साले बताएका छन् ।

प्रकाशित मिति : ९ फाल्गुन २०७९, मंगलबार  ८ : ३९ बजे

५६ वर्षमा डिग्री गरेका सुजयराजको अनुभव : पढाउनेले झन् धेरै पढ्नु पर्छ

काठमाडौं– उमेरले होइन, इच्छाशक्तिले मानिसलाई सफलताको शिखरसम्म पुर्‍याउँछ । बुढ्यौली

दश घण्टापछि कुमार बेनको घरबाट बाहिरिए बालेन

ललितपुर– काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह ललितपुर तरेको १० घण्टापछि

प्रेस चौतारी अध्यक्ष पाण्डेलाई संकट, संगठनका २३ नेतृले कसे मोर्चा

काठमाडौं- नेकपा एमालेको भ्रातृसंगठन राष्ट्रिय युवा संघका नेता मञ्जिब क्षेत्रीलाई

जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता भिनाटियरबारे रूसी प्रस्ताव, रिहाइको सम्भावना बढ्यो

एजेन्सी – मस्कोले जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता लरेन्ट भिनाटियरको बारेमा