भारतीय साझेदारसँग मिलेर चिप्स र विद्युतीय गाडी उत्पादन गर्ने ताइवानी कम्पनी फक्सकनको इच्छा « Khabarhub

भारतीय साझेदारसँग मिलेर चिप्स र विद्युतीय गाडी उत्पादन गर्ने ताइवानी कम्पनी फक्सकनको इच्छा


७ चैत्र २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- ताइवानको प्रविधि कम्पनी फक्सकनले चिप्स र विद्युतीय गाडी उत्पादन गर्नका लागि भारतीय साझेदारसँग मिलेर काम गर्ने इच्छा प्रकट गरेको छ ।

अमेरिकी टेलिभिजन केबल न्युज नेटवर्क (सीएनएन) ले जनाएअनुसार फक्सकनको होन हाई प्रविधि समूहका अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकारी योङ लिउले भारतको भ्रमण गरेपछि यस्तो इच्छा जाहेर गरेका हुन् ।

गत वर्ष चीनमा आपूर्ति क्षेत्रमा समस्या आएपछि फक्सकनले चीनको विकल्पका रुपमा भारतमा आफ्ना गतिविधिलाई विस्तार गर्न चाहेको बताइएको छ ।

भारतमा ठूलो जनसङ्ख्या रहेको र आफ्नो भारत भ्रमणबाट सेमिकन्डक्टर र विद्युतीय सवारीका क्षेत्रमा साझेदारी गर्ने प्रयास थप सुढृढ भएको योङ लिउको भनाइ छ ।

उनले यसका लागि भारत सरकारसँग नियमित सम्पर्कमा रहने समेत जानकारी दिएका छन् । भारतमा यस कम्पनीले तामिल नाडु र आन्ध्र प्रदेशमा कारखाना स्थापना गरेको छ भने कर्णाटकमा पनि आफ्नो कारखाना विस्तार गर्ने लक्ष्य राखेको छ ।

प्रकाशित मिति : ७ चैत्र २०७९, मंगलबार  ३ : ३४ बजे

कोशी कटान नियन्त्रणमा पहल गर्ने ऊर्जामन्त्रीको प्रतिबद्धता

सुनसरी – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले सप्तकोशी नदीको

साङ्गीतिक भविष्य खोजिरहेका केशव भावुक

खोटाङ – खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–२ सोल्माका केशव भावुक

पोखराको धार्मिक पर्यटकीय क्षेत्र पुम्दीभुम्दीको प्रवर्द्धन गर्न ‘हाइकिङ’

कास्की – पोखरा महानगरपालिका–२२ मा अवस्थित विशाल महादेवको मूर्तिसहितका धार्मिक

गोरखाको जङ्गलमा पाँच थान भरुवा बन्दुक भेटियो

गोरखा – गोरखाको एक जङ्गलमा पाँच थान भरुवा बन्दुक बेवारिसे

नित्यनाथ मन्दिर पुनर्निर्माण सम्पन्न

काठमाडौं – काठमाडौं महानगरपालिका–८ जयवागेश्वरीस्थित नवालीटोलमा रहेको लिच्छविकालीन नित्यनाथ मन्दिर