विपद् पूर्वतयारीमा जुट्न निर्देशन लुम्बिनीका मुख्यमन्त्री गिरीको निर्देशन « Khabarhub

विपद् पूर्वतयारीमा जुट्न निर्देशन लुम्बिनीका मुख्यमन्त्री गिरीको निर्देशन


७ चैत्र २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- लुम्बिनी प्रदेशका मुख्यमन्त्री लीला गिरीले विपद् पूर्वतयारीमा जुट्न निर्देशन दिएका छन् । प्रदेश विपद् व्यवस्थापन परिषद्को आज बसेको बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री गिरीले विपद् आउनु पूर्वनै यसको रोकथामको तयारी र जोखिमयुक्त स्थानमा विपद् पूर्व तयारी थाल्न ढिलाइ गर्न नहुने बताए ।

उनले प्रदेशभित्र धेरै क्षेत्र विपद्को उच्च जोखिमयुक्त रहेको उल्लेख गर्दै विपदबाट हुने प्राकृतिक र मानवीय क्षति न्यूनीकरण गर्नतर्फ सरकार योजना बनाएर लाग्ने बताए । “लुम्बिनी प्रदेश विपद्को उच्च जोखिम रहेको क्षेत्रभित्र पर्दछ । यहाँ बाढीपहिरो, डुवान, आगलागीजस्ता विपद् हुने गरेका छन्”, मुख्यमन्त्री गिरीले भने, “विपद् जुनसुकै बेला पनि आउनसक्छ । त्यसैले यसको जोखिम रोकथाम गर्न सरकार योजना बनाएर लाग्छ । विपदबाट हुने प्राकृतिक र मानवीय क्षति न्यूनीकरण गर्ने दायित्व सरकारले बहन गर्छ ।”

विपद् व्यवस्थापनसम्बन्धी आवश्यक कानून निर्माण गर्न ढिलाइ गर्न नहुने भन्दै मुख्यमन्त्री गिरीले कानून निर्माणको कार्य थालनी गर्न पनि निर्देशन दिए । कार्यक्रममा आन्तरिक मामिला, कानून तथा सहकारीमन्त्री चेतनारायण आचार्यले विपद् जोखिम न्यूनीकरणका लागि प्रदेश विपद् व्यवस्थापन परिषद् गठन गरेको बताए ।

प्रदेशभित्र हुने विपद्को जोखिम रोकथाम र न्यूनीकरणका लागि विपद् जोखिम न्यूनीकरण रणनीतिक कार्ययोजना निर्माण गरेको भन्दै मन्त्री आचार्यले यसैको जगमा विपद् जोखिम न्यूनीकरण गर्नतर्फ सरकार लागिपर्ने बताए । लुम्बिनी प्रदेशको विपद् जोखिम न्यूनीकरण रणनीतिक कार्ययोजना पारित भएको छ । प्रदेश विपद् व्यवस्थापन परिषद्को बैठकले आन्तरिक मामिला कानुन तथा सहकारी मन्त्रालयले तयार पारेको कार्ययोजना पारित गरेको हो ।

प्रकाशित मिति : ७ चैत्र २०७९, मंगलबार  ४ : ३१ बजे

काठमाडौँ जिल्ला अदालतमा नक्कली शरणार्थी प्रकरणका चार प्रतिवादीले दिए बयान

काठमाडौँ- नक्कली भूटानी शरणार्थी प्रकरणका आरोपितमध्ये आज चार जना प्रतिवादीको

ढुङ्गागिटी र बालुवा निकासी नीतिप्रति शान्ति समाजको असन्तुष्टि

काठमाडौँ- ढुङ्गा गिटी र बालुवा निकासीका लागि सरकारले अवलम्बन गर्न

रास्वपा सभापति लामिछाने भारत प्रस्थान

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने भारत प्रस्थान गरेका

भारतले नेपालका भू–भाग समेटेर नक्सा राखेको विरोधमा बागमती प्रदेशसभामा सङ्कल्प प्रस्ताव पारित

काठमाडौँ- बागमती प्रदेशसभामा नेकपा (एमाले) बागमती प्रदेशका प्रमुख सचेतक मधुसुदन

दिनभर आज: यी हुन् तपाईंले छुटाउन नहुने आजका मुख्य समाचारहरू

आज दिनभरमा नयाँ दिल्लीमा प्रधानमन्त्री प्रचण्डलाई भारतीय विदेश मामिला राज्यमन्त्री