१० दलीय गठबन्धनलाई सफल बनाउने जिम्मा कांग्रेसकै काँधमा : नेता कोइराला « Khabarhub

१० दलीय गठबन्धनलाई सफल बनाउने जिम्मा कांग्रेसकै काँधमा : नेता कोइराला


७ चैत्र २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले १० दलीय गठबन्धनलाई सफल बनाउने जिम्मा कांग्रेसकै काँधमा रहेको बताएका छन् ।

मंगलबार काठमाडौं आयोजित ‘नागरिक स्वतन्त्रताका लागि गिरिजाप्रसाद कोइरालाको योगदान’ विषयक विचार गोष्ठीलाई सम्बोधन गर्दै उनले अहिलेको परिस्थितिलाई कांग्रेसले गम्भीर रुपमा नियालिरहेको उल्लेख गर्दै अब कांग्रेसलाई कुनै पनि गल्ती गर्ने छुट नभएको बताए ।

नेता कोइरालाले नेपाली कांग्रेस अब केही दिनभित्र नै सरकारमा गइरहेको उल्लेख गर्दै कुनै किसिमको कमी कमजोरी नेपाली कांग्रेसबाट हुन नहुने बताए ।

नेता कोइरालाले नागरिक स्वतन्त्रता र प्रेस स्वतन्त्रतामा नेपाली कांग्रेस नचुकेको बताए । उनले प्रेस स्वतन्त्रताबिना लोकतन्त्र चल्न नसक्ने बताए ।

प्रकाशित मिति : ७ चैत्र २०७९, मंगलबार  ५ : ५५ बजे

कर्तव्य ज्यान मुद्दाका फरार कैदी पक्राउ

काठमाडौं– जेन-जी आन्दोलनका क्रममा कारागार कार्यालय जगन्नाथदेवलबाट फरार एक कैदी

विशेष महाधिवेशनको दबाब बढेपछि महामन्त्रीद्वयसँग वार्ता गर्न तयार भए देउवा

काठमाडौं- दोस्रो विशेष महाधिवेशनका कारण तीव्र दबाबमा परेका नेपाली कांग्रेसका

फ्लप भयो प्रदीप खड्का स्टारर ‘एक्लो’

काठमाडौं – नायक प्रदीप खड्काको अभिनय रहेको फिल्म ‘एक्लो’ बक्स

मेलुङका वडाअध्यक्ष, सचिव र कार्यालय सहयोगीविरुद्ध भ्रष्टाचार मुद्दा 

दोलखा– जिल्लाको मेलुङ गाउँपालिका वडा नम्बर-१ वडा अध्यक्ष तथा सचिव

बंगलादेशी फिल्म ‘शार्क’को पोस्टरमा यस्तो देखिए प्रमोद अग्रहरी

काठमाडौं – नेपाली नायक प्रमोद अग्रहरीको डेब्यू बंगलादेशी फिल्म ‘शार्क’को