गुणस्तरीय शिक्षा प्रदान गर्न साझा प्रयत्न आवश्यक : राष्ट्रपति पौडेल « Khabarhub

गुणस्तरीय शिक्षा प्रदान गर्न साझा प्रयत्न आवश्यक : राष्ट्रपति पौडेल


७ चैत्र २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाल शिक्षक सङ्घले राष्ट्रपति रामचन्द्र पौडेललाई आज राष्ट्रपति पदमा निर्वाचित भएकोमा बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेको छ ।

सो अवसरमा राष्ट्रपति पौडेलले गुणस्तरीय शिक्षा प्रदान गर्न सबैको साझा प्रयत्न आवश्यक रहेको भन्दै सङ्घले त्यसका लागि विशेष भूमिका खेल्नुपर्ने धारणा व्यक्त गरे । उनले शिक्षा नै विकासको मूल आधार भएकाले गुणस्तरीय शिक्षा प्रदानमा सबैको ध्यान जानुपर्नेमा जोड दिए ।

सङ्घका अध्यक्ष राजेन्द्र पौडेलले शिक्षाको सुधारबिना मुलुकको हित नहुने भन्दै सङ्घीय शिक्षा ऐन नआउँदा भएका तथा गुणस्तरीय शिक्षा प्रदानमा रहेका चुनौतीबारे प्रकाश पारेका थिए । सङ्घका अध्यक्ष पौडेलले राष्ट्रपति पौडेललाई सो अवसरमा सम्मानपत्र प्रदान गरेका थिए ।

प्रकाशित मिति : ७ चैत्र २०७९, मंगलबार  ६ : ३४ बजे

भोलि खुलामञ्चमै कांग्रेस केन्द्रीय समिति बैठक

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक सोमबार बिहान १०

रक्षा बमको कटाक्ष : धन्न जेनजीहरूले रगत बगाइदिए, प्रधानमन्त्री हुन पाए

काठमाडाैं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को टिप्पणीप्रति जेनजी अभियन्ता रक्षा

बालेनलाई सचिनको जवाफ : ‘धन्न कांग्रेसले लोकतन्त्र स्थापना गरेछ, टिप्पणी गर्न पाएका छन्’

काठमाडाैं – नेपाली कांग्रेसका युवा नेता सचिन तिमिल्सिनाले प्रधानमन्त्री बालेन्द्र

यस्तो छ कांग्रेसको निर्वाचन कार्यक्रम, मनोनयन दर्ता मंगलबार

काठमाडौं । नेपाली कांग्रेसले निर्वाचन कार्यक्रम सार्वजनिक गरेको छ  ।

गगनको अभिव्यक्तिपछि बालेनले भने : ‘धन्न खुलामञ्च राम्रो बनाइएछ’

काठमाडाैं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले नेपाली कांग्रेसको १५औँ महाधिवेशन