नागरिक स्वतन्त्रता र प्रेस स्वतन्त्रताप्रति कांग्रेस सधैँ अडिग रहन्छ : नेता कोइराला « Khabarhub

नागरिक स्वतन्त्रता र प्रेस स्वतन्त्रताप्रति कांग्रेस सधैँ अडिग रहन्छ : नेता कोइराला


७ चैत्र २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले नागरिक स्वतन्त्रता र प्रेस स्वतन्त्रताप्रति कांग्रेस सधैँ अडिग रहने बताएका छन् ।

नेपाली कांग्रेसका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री स्व गिरिजाप्रसाद कोइरालाको १३ औँ स्मृति दिवसका अवसरमा नेपाल प्रेस युनियन केन्द्रीय कार्यसमितिले आज काठमाडौँमा आयोजना गरेको ‘नागरिक स्वतन्त्रताका लागि गिरिजाप्रसाद कोइरालाको योगदान’ विषयक विचार गोष्ठीमा उनले कांग्रेस सधैँ नागरिक स्वतन्त्रता र प्रेस स्वतन्त्रताको पक्षमा रहेको बताएका हुन् ।

“प्रेस स्वतन्त्रता बिना लोकतन्त्र फस्टाउन सक्दैन, कांग्रेसले सञ्चार क्षेत्र र प्रेस स्वतन्त्रतालाई सधैँ सकारात्मकरूपमा हेर्दै आएको छ”, उनले भने । उनले आगामी केही दिनभित्रै कांग्रेस सरकारमा जान लागेको जानकारी दिँदै कांग्रेसलाई सरकारमा गएर गल्ती गर्ने कुनै छुट नभएको बताए।

नेता डा कोइरालाले सरकारमा गएर दश दलीय गठबन्धनलाई सफल बनाउने जिम्मा कांग्रेसको भएको उल्लेख गर्नुभयो । वर्तमान सत्ता गठबन्धलाई राम्रोसँग सञ्चालन गर्ने जिम्मा कांग्रेसको भएको उनको भनाइ थियो ।

कांग्रेस महामन्त्री गगनकुमार थापाले शान्ति प्रक्रियाका बाँकी कामलाई चाँडो टुङ्गोमा पु¥याउनुपर्ने बताए । “शान्ति प्रक्रियाका बाँकी कामलाई टुङ्गोमा पु¥याउन ढिलासुस्ती गरे भविष्यमा यसले थप जटिलता निम्याउन सक्छ, पीडितको भावनामाथि चोट पु¥याउने काम गर्नुहुँदैन”, उनले भने। शान्ति प्रक्रियालाई पूर्णता दिँदा पीडितको भावनामाथि चोट पु¥याउने र अन्तर्राष्ट्रिय मूल्य, मान्यताविपरीत जान नहुने उनको भनाइ थियो ।

महामन्त्री थापाले गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा सुरु भएको शान्ति प्रक्रियालाई टुङ्गोमा पु¥याउने कामको नेतृत्व नेपाली कांग्रेसले नै लिनुपर्ने बताए । गिरिजाप्रसाद कोइराला नेतृत्वको २०४८ सालको सरकारले लिएको आर्थिक नीति र निर्णयकै आधारमा मुलुकको अर्थतन्त्र अहिले पनि चलिरहेको उनको भनाइ थियो ।

 

प्रकाशित मिति : ७ चैत्र २०७९, मंगलबार  ८ : ५३ बजे

एउटै वडाबाट एक करोडभन्दा बढीको सुन्तला बिक्री

तनहुँ- तनहुँको व्यास नगरपालिका–१४ स्थित केशवटारबाट यस वर्ष १ करोडभन्दा

पर्सामा कारबाट बरामद भयो एक क्वीन्टल बढी गाँजा, दुई जना पक्राउ

पर्सा– जिल्ला प्रहरी कार्यालय पर्साले १०४ केजीभन्दा बढी गाँजा बरामद

बेलायतमा ७ बालिका र १ महिलामाथि बलात्कार गरेको कसुरमा नेपालका ढकाललाई २५ वर्ष जेल सजाय

काठमाडौँ– बेलायतमा ७ बालिका र १ महिलामाथि बलात्कार तथा यौन

मार्तडी आगलागीबाट २ करोड क्षतिको अनुमान

बाजुरा- बाजुराको सदरमुकाम मार्तडीमा एक डिपार्टमेन्ट पसलमा आगलागी हुँदा २

मनास्लु घुम्न आउने पर्यटकबाट चुमनुब्री गाउँपालिकाले गर्‍यो ८० लाख आम्दानी

गोरखा- उत्तरी गोरखाको चुमनुब्री गाउँपालिकाले मनासलु संरक्षण क्षेत्र (एमक्याप) आउने