बर्दिवासका सरकारी स्कुलमा विद्यार्थीकाे चाप « Khabarhub

बर्दिवासका सरकारी स्कुलमा विद्यार्थीकाे चाप


८ बैशाख २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


588
Shares
  • change font
  • change font
  • change font

महोत्तरी- विद्यालयको शैक्षिक गुणस्तरलाई ध्यान दिए गाडी रोकेर हैन, निजी विद्यालय छाडेर आफै सामुदायिक विद्यालय आउँछन् भन्ने बर्दिवासकै वडाको एउटा सामुदायिक विद्यालयले प्रमाणित गरेको छ ।

वडा न.३ मा रहेको जनता माध्यमिक विद्यालय गौरिडाडामा वरपरका मात्र हैन ३ जिल्लाका विद्यार्थीहरूको आकर्षण गन्तव्य अहिले यही विद्यालय बनेको छ ।

‘धनुषा, सर्लाही, सिन्धुलीका विद्यार्थीहरूको हाम्रो विद्यालयमा निक्कै चाप छ,’ विद्यालयका प्रधानाध्यापक दिपकराज बरालले भने । ‘६ देखि ९ सम्म ३०० जना र १ देखि ५ सम्म झन्डै २५० जनाले प्रवेश परीक्षा पास गरिसकेका छन् ।’

व्यवस्थापन समितिको निर्णय अनुसार एउटा कक्षामा ५५ जना मात्र पढाउने निर्णय भए तापनि त्यो सङ्ख्या बढ्न सक्ने विद्यालयको अनुमान छ। अहिले प्रायः कक्षाहरूको २ वटासम्म सेक्सन छुट्टाइएको छ ।

जनता माध्यमिक विद्यालयमा नै आफ्ना बोर्डिङ पढिरहेका छोरीहरूले बल्ल नाम निकालेको भन्दै बर्दिबास-७ का विजय यादवले  खुसी व्यक्त गरे ।’यहाँ पढाउन त निक्कै कष्ट पो गर्नुपर्छ ।’ उनले भने ।

विद्यार्थी भर्नामा विद्यालयले कोटा निर्धारण गरेभन्दा प्रवेश परीक्षा दिनेहरू चौबर बनेको विद्यालय प्रशासनले जनाएको छ ।

जनजागृती माध्यमिक विद्यालयलाई लक्षित गरि विद्यार्थी बढाउने अभियान अन्तर्गत अध्यक्ष विराट विष्टले निजी विद्यालयका गाडीहरू प्रवेशमा गरेको निषेध आफैमा गलत हो भन्ने उनकै वरपर रहेका विद्यालयले प्रमाणित गरिदिएका छन् ।

यो विद्यालयबाट ४ किलोमिटर मात्र दुरीमा रहेको  विद्यालयमा सोही गाउँका विद्यार्थी पनि बाक्लै भर्ना हुन आएको विद्यालय प्रशासनको भनाइ छ ।

जनप्रतिनिधिहरूलाइ जिम्मेवारीवोध गराउन सक्ने  जनता माध्यमिक विद्यालय मात्र एक्लो उदाहरण हैन बर्दिबासका धेरै सामुदायिक विद्यालयले फड्को मारेका छन् ।

बर्दिबासकै भित्री बस्तीमा रहेको जनहित नन्दलाल माध्यमिक विद्यालयको पनि सरकारको भर्ना अभियान कै क्रममा निक्कै आकर्षण बढेको छ ।

निजी विद्यालय छाडेर यो विद्यालयमा पढ्न आउनेहरूको सङ्ख्या अधिक बनिरहेको विद्यालयले जनाएको छ  । अहिले पनि यो विद्यालयमा मधेस प्रदेश र बागमती प्रदेश गरि ७ जिल्लाका विद्यार्थी अध्ययन गरिरहेका छन् ।

विद्यालयका प्रधानाध्यापक कुमार घिमिरेको अनुसार निजी विद्यालयबाट अध्ययन गर्न आएका विद्यार्थीहरूको गुणस्तरलाई मापन गरी सोही अनुसार अध्यापन भइरहेको छ ।

प्रकाशित मिति : ८ बैशाख २०८०, शुक्रबार  १ : ५८ बजे

सरकारी स्वास्थ्य संस्थामा सीजीएएस प्रणाली लागू गर्न स्वास्थ्य मन्त्रालयको निर्देशन 

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले देशभरका सरकारी स्वास्थ्य संस्थालाई सरकारी

मुटु, प्रेसर र कोलेस्ट्रोलको लागि वरदान सावित, तिलका १० चमत्कारी फाइदा 

जाडो मौसम र हाम्रो परम्परासँग जोडिएको ‘तिल’ को वैज्ञानिक महत्त्व

नबिल बैंकद्वारा नबिल एसएसईको ‘सेलिब्रेटिङ फेलोसिप, जर्नी अफ इम्प्याक्ट’ कार्यक्रम सम्पन्न

काठमाडौं– नबिल बैंक लिमिटेडले ‘नबिल स्कुल अफ सोसल इन्टरप्रेनरसिप’ (नबिल

कांग्रेस फुट नजिक पुग्दा सानेपामा संस्थापनका नेता (तस्बिरहरू)

काठमाडौं– बुधबारका लागि नेपाली कांग्रेस संस्थापन पक्षले बोलाएको केन्द्रीय कार्यसमिति बैठकमा

देउवाको जवाफ : कानुनले दिए प्रतिनिधि सभाको टिकटमा अर्कैले हस्ताक्षर गरे हुन्छ

काठमाडौं– नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले महामन्त्रीहरू विश्वप्रकाश शर्मा र