तुलसीपुरभित्रका किसानलाई ‘क्रेडिट कार्ड’ दिइने « Khabarhub

तुलसीपुरभित्रका किसानलाई ‘क्रेडिट कार्ड’ दिइने


८ बैशाख २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

तुलसीपुर– दाङ तुलसीपुर उपमहानगरपालिकाभित्रका किसानलाई ‘क्रेडिट कार्ड’ दिने गरी तयारी गरिएको छ । यसका लागि कार्यविधिको मस्यौदा तयार गरिएको उपमहानगरपालिकाका प्रवक्ता माधव वलीले जानकारी दिए । ‘ड्राफ्टको दोस्रो मस्यौदा तयार भएको छ’, उनले भने, ‘त्यसमा विद्यायक समितिले हेरफेर गर्छ, अनि कार्यपालिकामा गएर छलफल भएपछि हामीले कार्यान्वयनमा गर्छौं ।’

किसानलाई क्रेडिटकार्ड दिएपछि दुई लाखसम्मको सहुलियत कर्जा पाउँछन् । यसअघि तुलसीपुर उपमहानगरपालिका–१६ का किसानलाई क्रेडिट कार्ड वितरण गरिएको थियो । सिसा परियोजना र मेघा बैंकको समन्वयमा वडाका १३ जना किसानलाई क्रेडिट कार्ड वितरण गरिएको थियो । क्रेडिट कार्डले किसानलाई डिजिटल बैंकिङ कारोबार गर्न सहज बनाउने भन्दै यो किसानलाई खुसीको कुरा भएको उनले बताए। 

अर्थाभावले कृषि खेतीमै प्रभाव पार्ने अवस्था आउन सक्ने भन्दै त्यसलाई न्यूनीकरण गर्न यसले भूमिका खेल्ने उनको भनाइ छ । क्रेडिट कार्ड प्राप्त किसानलाई बिना धितो सरकारले रु दुई लाखसम्म ऋण दिन्छ । सहुलियत कर्जाका रूपमा पाउने त्यो ऋण किसानले कृषि उत्पादन बिक्रीपछि प्राप्त गरेको रकमले पनि तिर्न सक्छन् । उनीहरूले त्यो ऋण कृषि सामग्री खरिदभन्दा अन्य कामका लागि प्रयोग गर्न पाउँदैनन् । 

त्यस्तै डेबिट कार्डबाट किसानले अनुदान सहयोग, क्षतिपूर्ति हालिदिनका लागि प्रयोग हुनेछ । क्रेडिट कार्ड प्रत्येक वर्ष नवीकरण गर्नुपर्छ भने डेबिट कार्ड पाँच-पाँच वर्षमा नवीकरण गर्नुपर्छ ।

 सिसा परियोजनाको आयोजनामा किसान क्रेडिट कार्ड कार्यान्वयन सहयोगसम्बन्धी कार्यविधि २०७९ का विषयमा अन्तरक्रिया भएको छ । त्यस अवसरमा बैंकका प्रमुख, जनप्रतिनिधि, किसानलगायत सरोकारवालाले ‘क्रेडिट कार्ड’ले किसानलाई व्यावसायिकरुपमा फाइदा पुर्‍याउने बताएका थिए ।  

प्रकाशित मिति : ८ बैशाख २०८०, शुक्रबार  २ : १९ बजे

सरकारी स्वास्थ्य संस्थामा सीजीएएस प्रणाली लागू गर्न स्वास्थ्य मन्त्रालयको निर्देशन 

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले देशभरका सरकारी स्वास्थ्य संस्थालाई सरकारी

मुटु, प्रेसर र कोलेस्ट्रोलको लागि वरदान सावित, तिलका १० चमत्कारी फाइदा 

जाडो मौसम र हाम्रो परम्परासँग जोडिएको ‘तिल’ को वैज्ञानिक महत्त्व

नबिल बैंकद्वारा नबिल एसएसईको ‘सेलिब्रेटिङ फेलोसिप, जर्नी अफ इम्प्याक्ट’ कार्यक्रम सम्पन्न

काठमाडौं– नबिल बैंक लिमिटेडले ‘नबिल स्कुल अफ सोसल इन्टरप्रेनरसिप’ (नबिल

कांग्रेस फुट नजिक पुग्दा सानेपामा संस्थापनका नेता (तस्बिरहरू)

काठमाडौं– बुधबारका लागि नेपाली कांग्रेस संस्थापन पक्षले बोलाएको केन्द्रीय कार्यसमिति बैठकमा

देउवाको जवाफ : कानुनले दिए प्रतिनिधि सभाको टिकटमा अर्कैले हस्ताक्षर गरे हुन्छ

काठमाडौं– नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले महामन्त्रीहरू विश्वप्रकाश शर्मा र