गुरु अस्त भएका बेला पशुपतिमा महायज्ञ गरिएपछि चौतर्फी विरोध « Khabarhub

गुरु अस्त भएका बेला पशुपतिमा महायज्ञ गरिएपछि चौतर्फी विरोध


८ बैशाख २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


108
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- वृहस्पति अस्त भएका बेला स्वआत्मनिर्भर नेपालको निर्माण, आर्थिक उन्नति एवम् औद्योगिक क्रान्तिका लागि भन्दै श्री अयुतचण्डी महायज्ञ र श्री गणपति महायज्ञ आयोजना गरिएकामा विद्वानले विरोध जनाएका छन् ।

शास्त्रीय आधारमा वृहस्पति (गुरु) अस्त भएका बेला यस्तो यज्ञ गर्न नसकिने भन्दै संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयअन्तर्गत रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिसमेतले विज्ञप्ति जारी गरेर विरोध जनाएको छ । समितिलगायत दर्जनौँ सङ्घ संस्थाले पनि विरोध गरेका छन् ।

गुरु अस्तका बेला यस्तो महायज्ञ गर्दा विपरीत फल हुने ज्योतिष एवम् वास्तुविद् शिवप्रसाद पोखरेल बताउँछन् । देशका लागि भनी गरिएको यो यज्ञका लागि राज्य एवम् सरकारका प्रतिनिधिसँग कुनै परामर्श नभएको जनाइएको छ । महायज्ञ पशुपति क्षेत्रमा आयोजना गरिएको भए पनि यस विषयमा पशुपति क्षेत्र विकास कोषसँग पनि आयोजकले भने परामर्श भने गरेका छैनन् ।

कोषका सूचना अधिकारी गौरीशङ्कर पराजुलीले तोकिएको भाडा लिएर हंसमण्डप क्षेत्र आयोजक समितिलाई उपलब्ध गराएको बताए । शास्त्रले निषेध गरेको समयमा महायज्ञ आयोजना गरिएको भन्दै सामाजिक सञ्जालमा पनि व्यापक विरोध भएको छ ।

धर्मशास्त्रविद् तोयराज नेपाल गर्नै नहुने समयमा महायज्ञ गरिएको बताउँछन् । पहिले नै गरेको यज्ञ पनि गुरु, शुक्र अस्त र मलमासका बेलामा पहिलेकै सङ्ख्यामामात्र निरन्तरता दिन सकिने उनको भनाइ छ ।

सरकारले विसं २०७७ पुस २० गते नेपाल पञ्चाङ्ग निर्णायक विकास समिति गठन आदेश जारी गरी धर्म, संस्कृति, चाडपर्वलगायतको साइत र पात्रो एवम् भित्तेपात्रोको स्वीकृति दिने अधिकार दिएको छ । समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुङ्गेलले एक साताअघि नै विज्ञप्ति जारी गरी अशुद्ध समयमा कुनै पनि महायज्ञ गर्न नसकिने जानकारी गराइसकेका छन् ।

आयोजक समितिका महासचिव प्रमोद अग्रवाल भने फागुनदेखि नै यज्ञ सुरु गरिएकाले अहिले गर्न समस्या नरहेको दाबी गर्छन् । महायज्ञ गर्ने निर्णय प्रखरजी महाराज र पञ्चाङ्ग निर्णायक विकास समितिका सदस्य वासुदेवकृष्ण शास्त्रीले गरेको बताउँछन् । अक्षय तृतीयाको साइत राम्रो हुने भएकाले त्यसै दिनदेखि विस्तारित कार्यक्रम गरिने उनले सुनाए ।

कथावाचक एवम् हिन्दू जागरण नेपालका संयोजक रामकृष्ण उपाध्याय व्यक्तिगत रुपमा गरिएको यज्ञ भए चासो नदिने भए पनि देशको नाम जोडेर आयोजना गर्दा अशुद्ध समयमा गरिएकाले आवाज उठाउन बाध्य हुनुपरेको बताउँछन् । १० दिनपछि वृहस्पति उदय भएपछि यज्ञ गर्न सकिने भए पनि पहिले सुरु गर्नुको रहस्य खोजी भइरहेको उनले बताए ।

प्रकाशित मिति : ८ बैशाख २०८०, शुक्रबार  ६ : ०४ बजे

बीमाका लागि पशुको नामसारी अनिवार्य

चितवन– पशु बिक्री गर्दा बीमा नामसारी अनिवार्य गर्न आग्रह गरिएको

‘सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छ’

काठमाडौं– युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले ट्राफिक प्रहरीले सवारी चालक, सहचालकप्रति

मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी : स्वास्थ्यमन्त्री

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा सुधा गौतमले पछिल्लो समय मानसिक

जनकपुर–ढल्केबर सडकखण्डका तीन स्थानमा आकासे पुल निर्माण हुँदै

धनुषा– मधेस–प्रदेश राजधानी जनकपुरधाम प्रवेश गर्ने मुख्य सडकमार्ग जनकपुर–ढल्केबर छ

रूस–युक्रेन युद्धबारे पुटिनसँग मोदीले भने : भारत तटस्थ होइन, शान्तिको पक्षमा छ

नयाँदिल्ली- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शुक्रबार हैदराबाद हाउसमा रूसी राष्ट्रपति