युवकको हत्या गरेर फरार रहेका दम्पती पक्राउ « Khabarhub

युवकको हत्या गरेर फरार रहेका दम्पती पक्राउ


८ बैशाख २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

बारा– बाराको बिश्रामपुरमा एक युवकको हत्या गरी फरार रहेका दम्पतीलाई प्रहरीले चार महिनापछि पक्राउ गरेर शुक्रबार सार्वजनिक गरेको छ । विश्रामपुर गाँउपालिका-५ इटियाहीमा मंसिर २७ गते भएको उक्त घटनामा संलग्न रहेको अभियोगमा प्रहरीले पतीपत्नीलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा वीरगन्ज महानगरपालिका १५ भिष्वाका २४ वर्षीय रामु भन्ने कैलाश महतो र उनकी पत्नी २० वर्षीया रौशनी देवी रहेका छन् । जीतपुरसिमरा उपमहानगरपालिका ८ राजानगरका २२ वर्षीय महेश साहको हत्या गरी भारतको विभिन्न क्षेत्रमा लुक्दै आएका उनीहरूलाई नेपाल–भारत सीमा क्षेत्रबाट बुधबार पक्राउ गरेको बाराका प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले जानकारी दिए ।

प्रहरी उपरीक्षक बोगटीका अनुसार उनीहरूले महेशको हत्या गरी इटियाहीस्थित भुलन चौरसियाको खेतमा रहेको परालको भुसमा शव लुकाएर फरार भएका थिए । डिस ‘केवल’ को तारले घाँटी कसेर महेशको हत्या गरेको र अपराध लुकाउन परालको भुसमा शव लुकाएर उनीहरू फरार भएको प्रहरी उपरीक्षक बोगटीले जानकारी दिए ।

मृतक महेश र कैलाशकी पत्नी रौशनीबीच प्रेम सम्बन्ध रहेको र सोही कारण घटना भएको प्रहरीको भनाई छ । प्रहरीका अनुसार महेश र रौशनी लामो समयदेखि ‘लिभिङ टुगेदर’ सम्बन्धमा रहँदै आएका थिए । घटनाको दिन महेश र रौशनीबीच इटियाहीमा भेट्दै गर्दा पति कैलाश आएको र सोही समयमा विवाद भएपछि पतीपत्नी मिलेर हत्या गरेको प्रहरी उपरीक्षक बोगटीले बताए ।

‘दुवैजना लिभिङ टुगेदरमा बस्दै आएका थिए । दुवैबीच विवाह हुने कुरा समेत भएको थियो । तर रौशनी विवाहित भएका कारण महेशका परिवारले मानेको थिएन,’ प्रहरी उपरीक्षक बोगटीले भने। ‘ रौशनी र महेश मंसिर २७ गते भेट गरिरहेको स्थानमा कैलाश पुगे र सोही क्रममा विवाद भएपछि दुवै पतिपत्नी मिलेर हत्या गरेको देखियो ।’

घटनापछि रौशनी र कैलाश भारतको बिहार, दिल्ली, केरलामा लुकेर बसेका थिए । भारत प्रहरीसँगको समन्वयमा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ८ बैशाख २०८०, शुक्रबार  ६ : २५ बजे

एमाले बैठकमा झपट रावलले भने : हामी नसुध्रिए योभन्दा दुर्दिन टाढा छैन

काठमाडौं- नेकपा एमालेको ललितपुरमा जारी केन्द्रीय कमिटी बैठकमा केन्द्रीय सदस्य

२०औँ एसियाली खेलकुद : महिला कबड्डीमा नेपाल विजयी

काठमाडौं– जापानको इची–नागोयामा भइरहेको २०औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत महिला कबड्डीमा

राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन प्रधानमन्त्री शाह अमेरिका प्रस्थान

काठमाडौं  – प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन

रासायनिक मल आपूर्तिका लागि अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति

काठमाडौं  – आगामी याममा किसानलाई आवश्यक पर्ने रासायनिक मल सहज रूपमा